अर्थ

विदेशी पर्यटकको रोजाइमा शुक्लाफाँटा

२०७२ कार्तिक २८ गते १३:३०

कञ्चनपुर, २८ कात्तिक-शुक्लाफाँटा वन्यजन्तु आरक्ष पश्चिमी सीमा नाका गड्डाचौकीबाट नेपाल आउने विदेशी पर्यटकको रोजाइमा पर्न थालेको छ । पश्चिमी नाकाबाट पोखरा, काठमाण्डु र बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकले पछिल्लो समय शुक्लाफाँटासमेत जाने गरेका छन् । गड्डाचौकीस्थित अध्यागमन कार्यालयका सूचना अधिकारी माधवप्रसाद जोशीले मासिक...

यस्तो छ मुस्ताङको पर्यटन व्यावसायको स्थिति

२०७२ कार्तिक २७ गते १५:२७

मुस्ताङ, २७ कात्तिक-पर्यटकीय जिल्ला मुस्ताङको पर्यटन व्यवसाय पछिल्लो समय आन्तरिक पर्यटकको भरमा चल्दै आएको छ । भूकम्प तथा देशमा चलिरहेको बन्द हडतालका कारण जिल्लामा ६ महिनाको अवधिमा ५० प्रतिशत पर्यटक आवागमन घटेको छ । बाह्य पर्यटक नआएपनि आन्तरिक पर्यटकको सङ्ख्या उत्साहजनक रुपमा बढेको छ...

पर्यटकीय सम्भावना बोकेको फूलबारी ओझेलमा

२०७२ कार्तिक २७ गते १२:२९

म्याग्दी, २७ कात्तिक-पर्यटकीय सम्भावनायुक्त म्याग्दीको हिस्तान गाविस– ६ रिमाअन्तर्गत पर्ने रमणीयस्थल फूलबारी ओझेलमा परेको छ । घना गुराँसे जङ्गलको बीचमा रहेको समथर भागमा अवस्थित फूलबारी पर्यटकको पर्खाइमा छ । त्यहाँबाट ४५ मिनेट उकालो हिँडेपछि पुगिने पुनहिलमा दैनिक सयौँ पर्यटकको चहलपहल भए पनि फूलबारी सुनसान...

भारतीय बजारमा नेपाली ग्राहकको भीड

२०७२ कार्तिक २७ गते ८:०१

धनगढी, २७ कात्तिक – भारतले लगाएको अघोषित नाकबन्दीको परवाह नगरी मालसामान किनमेलका लागि सीमावर्ती गौरीफँटा बजारमा यतिबेला नेपालीको भीड लागेको छ । नाकाबन्दीका कारण धनगढी अत्तरियालगायतका बजार क्षेत्रमा खाने तेल, मरमसला, चिनी, दालका साथै लत्ता कपडाको मूल्य वृद्धि भएको भन्दै केही सस्तो मूल्यमा सामान...

नाकाबन्दीले चमेलियाको काम प्रभावित

२०७२ कार्तिक २६ गते १३:४२

भीमदत्तनगर, २६ कात्तिक-भारतको अघोषित नाकाबन्दीका कारण दार्चुलामा निर्माणाधिन चमेलिया आयोजनाको काम प्रभावित बनेको छ । नाकाबन्दीका कारण इन्धन तथा निर्माण सामग्री नपाउँदा आयोजनाको काम प्रभावित बनेको आयोजनाका उपप्रबन्धक पुष्पराज जोशीले बताए । आयोजनाको सुरुङ्ग बाहेक अन्य काम यसअघि सुरु भएपनि अहिले सामग्री अभावले निर्माणकार्य...

भारतीय बजारमा घुइँचो

२०७२ कार्तिक २६ गते १३:०१

परासी, २६ कात्तिक-दीपावली तथा छठ पर्वलाई लक्षित गरी नवलपरासीका सीमावर्ती भारतीय  बजारमा यतिबेला नेपाली उपभोक्ताको किनमेलका लागि निकै घुइँचो लागेको छ । भारतमा सस्तो र सजिलै सामान किन्न पाउने भएकाले नेपाली उपभोक्ताको भारतीय बजारमा भीडभाड लागेको हो । नेपाली बजारका भारतको अघोषित नाकाबन्दी र...

कालोबजारी विरुद्ध वाणिज्य विभागको विशेष अभियान

२०७२ कार्तिक २६ गते ११:४२

काठमाण्डु, २६ कात्तिक– चाडपर्वको अत्याधिक कालोबजारी र र अनियमितता भएको उजुरी परेपछि वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले विशेष अुनगमन शुरु गरेको छ । २ महिनादेखि भारतले लगाउँदै आएको नाकाबन्दीको फाइदा उठाउँदै व्यवसायीले चरम मुल्य वृद्धि गरेपछि विभागले विशेष अनुगमन थालेको जनाएको छ । सादा...

एक जोर केराको थामलाई ५००

२०७२ कार्तिक २६ गते ७:४१

बर्दिवास, २६ कात्तिक – दीपावली पर्वको अवसरमा महोत्तरीका सर्वसाधारणले केराको थाम बेचेरै हजारौँ आम्दानी गरेका छन् । पर्वका अवसरमा बुधबार घर घरमा देवी लक्ष्मीको स्वागतका लागि द्वार बनाउने प्रयोजनमा केराको थाम नै बेचेर जिल्लाका बजारबाट सर्वसाधारणले हजारौँ आम्दानी गरेका हुन् । खासगरी बजार क्षेत्रका...

सुन्तला उत्पादन बीस प्रतिशतले बढ्ने

२०७२ कार्तिक २५ गते १५:०३

पर्वत, २५ कात्तिक – यस वर्ष पर्वतमा झण्डै २० प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि हुने अनुमान गरिएको छ । अनुकूल मौसम, सुन्तला खेती विस्तार तथा बगैँचा सुधार गरिएका कारण उत्पादनमा वृद्धि हुने अनुमान गरिएको हो । जिल्लामा गत वर्ष तीन हजार ८०० मेट्रिक टन सुन्तला...

वीरगन्ज–पथलैया करिडोरका एक दर्जन सिमेन्ट उद्योग बन्द

२०७२ कार्तिक २५ गते १२:२०

पर्सा, २५ कात्तिक – वीरगन्ज–पथलैया औद्योगिक करिडोरमा रहेका एक दर्जन सिमेन्ट उद्योग बन्द हडताल र नाकाबन्दीका कारण धराशायी हुने अवस्थामा पुगेका छन् । संविधान संशोधन र सीमांकनको विरोध गर्दै मधेस केन्द्रित दलहरुले गर्दै आएको बन्द हडताल र भारतले गरेको अघोषित नाकाबन्दीका कारण कच्चा पदार्थको...

ह्वात्तै बढ्यो विद्युतको माग

२०७२ कार्तिक २४ गते १५:३२

काठमाण्डु, २४ कात्तिक-तिहारको समयमा अत्याधिक विद्युत् माग हुने भएकाले प्रयोगमा मितव्ययिता अपनाउन नेपाल विद्युत् प्राधिकरणले उपभोक्तालाई आग्रह गरेको छ । भारतले अघोषित रुपमा नाकाबन्दी जारी राखेको अवस्थामा खाना पकाउनका लागिसमेत विद्युत्कै प्रयोग भइरहेको र बत्तीको पर्व तिहारमा माग बढी हुने भएकाले कम प्रयोग गर्न...

जिरी विमानस्थल सञ्चालनमा आउने

२०७२ कार्तिक २४ गते १४:२०

जिरी, २४ कात्तिक-पर्यटकीय नगरी जिरीमा रहेको विमानस्थल बन्द भएको २५ वर्षपछि पुनः सञ्चालनमा आउने भएको छ । उद्योग वाणिज्य सङ्घ जिरीले मंगलबार आयोजना गरेको चियापान तथा शुभकामना आदनप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले जिरीलाई पर्यटकीय केन्द्रका रुपमा विकास गर्न...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us