काठमाण्डु, २१ कात्तिक-काठमाण्डुका बजारमा दालको व्यापक मूल्यवृद्धि भएको छ । बजारमा दालको मूल्यमा अस्वभाविक रुपमा वृद्धि भए पनि सरकारले कुनै कदम नचालेको उपभोक्ताहरुले गुनासो गरेका छन् । भान्सामा दैनिक पाक्ने रहरको दालको भाउ आकाशिएर अहिले प्रतिकिलो २८० पुगेको छ । गत वर्ष सो दालको...
काठमाण्डु, २१ कात्तिक-निरन्तर ओरालो लागेको नेप्से परिसूचकमा यो साता केही सुधार भएको छ । नेपाल–भारतको सीमा क्षेत्रमा भएको पारवहन असहजताका कारण अर्थतन्त्रमा परेको नकारात्मक प्रभावका कारण पुँजी बजारमा पनि त्यसको नकारात्मक असर परेको हो । गत साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २९.०१ अङ्कले...
उदयपुर, २१ कात्तिक – तीन महिनादेखि निरन्तर तराई बन्द तथा डेढ महिना यता आएर भारतले गरेको सीमा नाकाबन्दीको कारण देश कै ठूलो उदयपुर सिमेन्ट उद्योग १७ करोड रुपैयाँ घाटामा गएको छ । उदयपुर जिल्लाको जलजलेमा रहेको सरकारी स्वामित्वमा रहेको देशकै सबैभन्दा ठूलो सिमेन्ट उद्योगमा...
झापा, २१ कात्तिक– पूर्वी नाका काँकडभिट्टा भएर पाँच दिनदेखि पेट्रोलियम पदार्थ बोकेका सवारीसाधन नेपाल भित्रन सकेका छैनन् । पेट्रोलियम पदार्थ बोकेका सवारीसाधन नेपाल भित्रन नसक्दा झापासहित मेची अञ्चलमा पेट्रोलियम पदार्थको चरम अभाव उत्पन्न भएको छ । भारतले गरेको अघोषित नाकाबन्दीका कारण पेट्रोलियम पदार्थ बोकेका...
काठमाण्डु, २० कात्तिक-चाडवाडको समयमा व्यस्त रहने काठमाण्डुको नयाँ सडक बजारमा तराई आन्दोलन तथा पेट्रोलियम पदार्थको अभावको असर परेको छ । बाह्रै महिना व्यस्त रहने नयाँ सडकमा किनमेलका लागि आउने सर्वसाधरणको सङ्ख्या निकै कम भएको व्यापारीहरु बताउँछन् । पहिले भूकम्पका कारणले घटेको व्यापार व्यवसाय अहिले...
कावासोती, २० कात्तिक-रोजगारीका लागि संयुक्त अरब इमिरेटस (युएइ) पुगेका यहाँका ४१ जना युवाले तीन करोडमा कावासोतीमा आधुनिक किनमेल केन्द्र सञ्चालनमा ल्याएका छन् । उनीहरुले युवायुवती, बालबच्चादेखि सबैलाई हुने कपडा, जुत्ता चप्पलदेखि खाद्यान्नसहितको किनमेल केन्द्र सञ्चालनमा ल्याएका हुन् । युएइमा रहँदा मासिक ५० दिराम बचाएको...
ललितपुर, २० कात्तिक- मुलुकमा हाल रहेको विद्युत् तथा इन्धनको अभाव न्यूनीकरणका लागि ऊर्जा किफायत नै एक मात्र विकल्प रहेकामा जोड दिइएको छ । जर्मन विकास सहयोग (जिआइजेड)को सहयोगमा ऊर्जा मन्त्रालयअन्तर्गत सञ्चालित नेपाल ऊर्जा दक्षता कार्यक्रम (निप)द्वारा यहाँ आयोजित गोष्ठीमा सहभागी वक्ताहरुले मुलुकमा ऊर्जाको जथाभावी...
काठमाण्डु, १९ कात्तिक- राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.युवराज खतिवडाले भूकम्पपछिको पुनःनिर्माणलाई आफूले पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । बिहीबार आफ्नो पद बहालीपछि कुरा गर्दै उनले गत वैशाख १२ गतेको ‘गोरखा भूकम्प’ र त्यसपछिका परकम्पका कारण पैदा भएको समस्या समाधान गर्न तथा पुनःनिर्माण...
कास्की, १९ कात्तिक-भारतका ५८ वर्षीय तरुणकुमार घोष र ४६ वर्षीय जयदीप यो पटकको शरद ऋतुमा पनि नेपाल आए । कलकत्ताका दुई भाइले इन्धन अभावकै कारण लमजुङ सदरमुकाम बेसीसहर जान पाएनन् । उनीहरु मनाङको डोना हिमताल क्षेत्रको भ्रमणलाई कास्कीकै माछापुच्छ्रे मोडल टेकतिर मोड्न बाध्य भए...
काठमाण्डु, १९ कात्तिक– भारतको अघोषित नाकाबन्दीका कारण खाना पकाउने ग्यासको चरम अभाव भएपछि सरकारले आधा सिलिण्डर ग्यास भरेर उपभोक्तालाइृ वितरण गर्न थालेको छ । तर आधा सिलिण्डर ग्यास पनि सबै उपभोक्ताले अझै पाउन सकेका छैनन् । ग्यासको लागि बिहीबार पनि विभिन्न डिलरहरुमा उपभोक्ताको लामो...
रसुवा, १९ कात्तिक – चीनले अनुदानस्वरुप दिएको पेट्रोलियम पदार्थ आउने क्रम उत्तरी नाका रसुवागढीबाट निरन्तर भइरहेको छ । जिल्ला प्रहरी प्रमुख अवदेश विष्टका अनुसार चारवटा ट्यांकर अहिले धुन्चेबाट काठमाण्डु प्रस्थान गरिसकेको र हालसम्म २४ वटा ट्यांकर इन्धन काठमाण्डुतर्फ गइसकेको छ । उता सशस्त्र प्रहरी...
काठमाण्डु, १६ कात्तिक – पर्यटन व्यवसायीहरुले भूकम्प र नाकाबन्दीको मारमा परेको पर्यटन क्षेत्रलाई क्रियाशील गरी पुरानै अवस्थामा फर्काउन सरकार असक्षम भएको आरोप लगाएका छन् । रिपोर्टर्स क्लबले बुधबार गरेको साक्षात्कार कार्यक्रममा उनीहरुले अर्थतन्त्रमा देशको मेरुदण्डको रुपमा भूमिका निर्वाह गर्दै आएको पर्यटन व्यवसायलाई भूकम्प, नाकाबन्दी...