अर्थ

कलोबजारी र कृतिम अभाव सिजृना गर्ने अपराधी हुन्ः पुन

२०७२ कार्तिक १८ गते १६:०४

काठमाण्डु, १८ कात्र्तिक– आपूर्तिमन्त्री गणेशमान पुनले इन्धनको कालोबजारी र कृतृम अभाव गर्नु आपराधिक काम भएको बताएका छन् । बुधबार संसदीय मामिला पत्रकार समाजसँगको भेटमा मन्त्री पुनले भारतलेनाकाबन्दी लगाएर इन्धन तथा अन्य सामाग्रीको हाहाकार भएको बेलामा कालोबजरी गर्नेलाई सरकारले कारवाही गर्ने चेतावनी दिए । उनले...

आलो माछा किलोको ५००, सुकुटी माछा ५०००

२०७२ कार्तिक १८ गते १५:३०

बागलुङ, १८ कात्तिक– बागलुङको दरमखोलामा पाइने असला माछा सुकाएर बेच्दा प्रतिकिलो पाँच हजारमा बिक्री हुने गरेको छ । आलो माछाको मूल्य भने प्रतिकिलो पाँच सय रहेको छ । दुई वर्षअघि तीन हजार पर्ने ‘सुकुटी माछा’को मूल्य अहिले बढेर रु पाँच हजार पुगेको हो ।...

छठ पर्व नजिकिएसँगै बाँसको चोयाका समान बनाउने चटारो

२०७२ कार्तिक १८ गते ९:१७

बर्दिवास, १८ कात्तिक– महोत्तरीसहितका मिथिला क्षेत्रका डोम जातिको बसोबास रहेका बस्तीमा अहिले बाँसको चोयाका समान बनाउने चटारो बढेको छ । मिथिला क्षेत्रमा निष्ठासाथ मनाइने छठ पर्व नजिकिएसँगै सो बस्तीमा बाँसको चोयाले बनिने सामानको चटारो बढेको हो । मिथिला संस्कृतिको महत्वपूर्ण अंग नै बनेको छठ...

चीनबाट तेल ल्याउने बाटो हेर्न रसुवागढी जाँदैछन् मन्त्री पुन

२०७२ कार्तिक १८ गते ८:३६

काठमाण्डु, १७ कात्तिक– बाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुन चीनबाट इन्धन आयात गर्ने रसुवागढी नाका अवलोकन गर्न त्यसतर्फ जाने भएका हुन् । मन्त्री पुन आगामी २३ कात्तिकमा मन्त्रालयका अधिकारीसहित रसुवागढी जान लागेका हुन् । भारतीय नाकाबन्दीका कारण इन्धन संकट गहिरिँदै गएपछि सरकारले भारतीय आयल कपोेरेशन...

जलविद्यु्त् कम्पनीको सेयरमा उल्लेख्य सहभागिता

२०७२ कार्तिक १७ गते १९:१०

काठमाण्डु, १७ कात्तिक-जलविद्युत् लगानी तथा विकास कम्पनीले सर्वसाधारणका लागि जारी गरेको साधारण सेयरमा उत्साहपूर्ण सहभागिता रहेको छ । कम्पनीले कुल दुई अर्बको साधारण सेयर जारी गरेको हो । यही कात्तिक १२ गतेदेखि खुल्ला गरिएको साधारण सेयरमा आम नागरिकको उल्लेख्य सहभागिता रहेको छ । सर्वसाधारणका...

आयल निगमले पेट्रो चाइनालाई लेख्यो यस्तो पत्र

२०७२ कार्तिक १७ गते १८:०७

काठमाण्डु, १७ कात्तिक-नेपाल आयल निगमले चिनियाँ पेट्रोलियम कम्पनी –पेट्रो चाइनासँग पेट्रोलियम पदार्थको मूल्यसूची उपलब्ध गराउन आग्रह गरेको छ । निगमले मंगलबार पेट्रो चाइनालाई एक पत्र पठाएर मूल्यसूची उपलब्ध गराउन आग्रह गरेको हो । निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले पेट्रो चाइनालाई मंगलबार पत्र पठाइएको जानकारी...

तीन कृषकले पाए राष्ट्रपति उत्कृष्ट पुरस्कार

२०७२ कार्तिक १७ गते १५:५९

इलाम, १७ कात्तिक-पैत्तिसऔँ विश्व खाद्य दिवसको अवसर पारेर जिल्ला कृषि विकास कार्यालयले सोमबार तीन जना कृषकलाई राष्ट्रपति उत्कृष्ट पुरस्कारबाट पुरस्कृत गरेको छ । पुरस्कृत हुनेमा किवीफल उत्पादनतर्फ साँखेजुङ–७ का गङ्गाबहादुर विष्ट, अलैँची नर्सरीतर्फ माइमझुवा–१ का गिरीराज खनाल र ताजा तरकारी उत्पादनतर्फ इलाम नगरपालिका–३ का...

विशेष आर्थिक क्षेत्र एक वर्षभित्र सञ्चालनमा आउँछ: उद्योगमन्त्री

२०७२ कार्तिक १७ गते १५:०३

बुटवल, १७ कात्तिक-उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले भैरहवामा रहेको देशको एक मात्र विशेष आर्थिक क्षेत्र (सेज) एक वर्षभित्र सञ्चालनमा आउने बताएका छन् । प्रेस चौतारी नेपाल रुपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले सेज सञ्चालनका लागि नीतिगत परिवर्तन गरेर भए पनि चाँडै सञ्चालनमा ल्याइने...

नाकाबन्दीलाई अवसरका रुपमा बदल्नुपर्छ: गभर्नर

२०७२ कार्तिक १६ गते १५:०८

पर्वत, १६ कात्तिक- नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले भारतले नेपालमा लगाएको नाकाबन्दीलाई मुलुक निर्माणको अवसरका रुपमा बदल्न आग्रह गरेका छन् । पर्वतको कुस्माबजारमा केन्द्रीय कार्यालय रहेको जनसेवी लघुवित्त वित्तीय संस्थाको आइतबार उद्घाटन गर्दै गभर्नर नेपालले नाकाबन्दीबाट पाठ सिकेर मुलुक निर्माणमा सबै लाग्न...

२९ करोडको सुन फेला

२०७२ कार्तिक १६ गते १४:२९

मेलम्ची, १६ कात्तिक– जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले ६५ केजी छ तोला २९ लाल सुन बरामद गरेको छ । जिल्लाका विभिन्न प्रहरी जाँचचौकीबाट उक्त सुन बरामद गरिएको हो । विभिन्न मितिमा विभिन्न व्यक्तिद्वारा शरीरलगायत विभिन्न सवारीसाधनबाट लुकाइछिपाई तातोपानी नाकाबाट बाह्रबिसे, पाँचखाल हुँदै काठमाडौँ ल्याउने क्रममा...

सिरहामा ग्यासको कालोबजारी बढ्यो

२०७२ कार्तिक १६ गते ८:४२

लहान, १६ कात्तिक – संयुक्त मधेसी मोर्चाले विगत अढाइ महिनादेखि जारी राखेको आमहडतालको मौका छोपी सिरहामा खाना पकाउने ग्यासको कालाबजारी बढेको छ । आमहडतालका कारण यातायातका साधन नचलेको भन्दै व्यापारीले खाना पकाउने ग्यासको कालोबजारी गर्दै आएका हुन् । बजारमा खाना पकाउने ग्यास थोरै संख्यामा...

भन्सार एजेन्ट साहलाई १६ लाख जरिवाना

२०७२ कार्तिक १६ गते ८:३७

मोरङ, १६ कात्तिक– विराटनगर भन्सार कार्यालयबाट राजस्व छलेको आरोपमा भन्सार एजेन्ट गुलाव साहलाई राजस्व अनुसन्धान कार्यालय इटहरीले आइतबार साँझ १६ लाख सात हजार जरिवाना गरी कारबाही गरेको छ । करिब दुई हप्ता अगाडि भन्सार एजेन्ट गुलावका छोरा मन्टु साहद्वारा आयात गरिएको हार्डवेयरको सामानसहित एक...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us