अर्थ

बन्द खुलाउन व्यापारीको आग्रह

२०७२ कार्तिक १२ गते १७:२३

सप्तरी, १२ कात्तिक-विगत ७६ दिनदेखि जारी बन्दका कारण सप्तरीका व्यापारी धरासायी बन्दै गएका छन् । व्यवसायीले आन्दोलनरत मधेसी समुदायको माग सम्बोधन गरी परिस्थिति सहज बनाउन सरकारसँग आग्रह गरेका छन् । लगातारको बन्दले व्यवसायीलाई पसलको भाडादेखि बैंकबाट लिएको ऋणको ब्याज र सो ब्याजको जरिवाना तथा...

२७ करोडको कारोबार हुँदा ७ अंकले बढ्यो नेप्से

२०७२ कार्तिक १२ गते १७:१८

काठमाण्डु, १२ कात्र्तिक– साताको अन्तिम दिन बिहीवार सेयर बजार ७ दशमलव ६७ अंकले उकालो लागेको छ । ९९ कम्पनीको ३ लाख ९८ हजार कित्ता सेयरबाट २७ करोड ९१ लाखको कारोबार हुँदा १ हजार ९२ अंकमा पुगेर बजार बन्द भएको छ । जलविद्युत समुहको परिसुचक...

वीरगञ्ज नाकामा १२ अर्ब भन्दा बढीका सामान अलपत्र

२०७२ कार्तिक १२ गते १४:२१

पर्सा, १२ कात्तिक-संविधान संशोधन र सिमाङ्कनको बिरोध गर्दै मधेस केन्द्रित दलहरुले गरेको बन्द हड्ताल तथा भारतको अघोषित नाकाबन्दीको कारण वीरगन्जको सिर्सिया सुख्खा बन्दरगाहमा एक लाख १३ हजार मेट्रिकटन माल बस्तु थन्किएको छ । बन्द हड्तालको कारण बन्दरगाहमा काम गर्ने मजदुरले काम नगर्दा तथा ढुवानीका...

देउखुरीमा ८ करोड लगानीमा मल्टी प्रपोज्जड विल्डींग

२०७२ कार्तिक १२ गते १२:५४

दाङ, १२ कात्तिक– तस्बिरमा देखिएको यो भवन निर्माण सकियपछि यस्तै हुने छ । देउखुरीको लमहीमा पहिलो पटक मल्टी प्रपोज्जड विल्डींग वन्न थालेको हो । भवनको विस्तृत डिजाईनमा तस्बिरमा जस्तै भवन वन्ने उल्लेख छ । लमही नगर विकास समितिले आफ्नै लगानीमा ब्यवस्थीत ब्यापारकालागी मध्य र...

चौबिस करोडका भेडाच्याङग्रा निर्यात

२०७२ कार्तिक ११ गते १७:४२

मुस्ताङ, ११ कात्तिक-नेपालीको महान पर्व दसैँमा हिमाली जिल्ला मुस्ताङबाट २४ करोड भन्दा बढीको भेडाच्याङग्रा निर्यात भएको छ । उपल्लो मुस्ताङको विभिन्न ६ गाविसबाट दसैँ अवधिमा १५ हजार ३०८ वटा भेडाच्याङग्रा निर्यात भएको पशुसेवा कार्यालयले जनाएको छ । ती भेडाच्याङग्राबाट यहाँका किसानले २४ करोड २२...

कृषि क्षेत्रको व्यवसायिकरणमा जोड दिनु आवश्यक छ: गजुरेल

२०७२ कार्तिक ११ गते १५:२०

काठमाण्डु, ११ कात्तिक-कृषि विकास मन्त्री हरिबोल गजुरेलले व्यवसायिक कृषि तथा व्यापार आयोजना कृषि क्षेत्रको व्यवसायिकरणका लागि एउटा नमुना आयोजनाको रुपमा रहेको बताएका छन् । उनले आयोजनाको पूरक अनुदानमा सञ्चालितमध्ये उत्कृष्ठरुपमा सफल, मध्यमरुपमा सफल तथा सफल हुन नसकेको उपआयोजनाको अध्ययन गरी त्यसबाट प्राप्त निष्कर्षलाई आयोजनाको...

उपभोग्य वस्तुको मुल्य आकासियो

२०७२ कार्तिक ११ गते १५:०३

भोजपुर, ११ कात्तिक-भारतीय पक्षको अघोषित नाकाबन्दी र दसैँ तिहारले गर्दा भोजपुरमा दैनिक उपभोग्य वस्तुको मुल्य आकासिएको छ । नाकाबन्दी र बन्दको कारण ढुवानी गर्न समस्या देखाउँदै व्यापारीले मनपरी मूल्य बढाएको सर्वसाधारणले आरोप लगाएका छन् । मुल्यबृद्धिका कारण यसअघि प्रतिलिटर १७० मा पाइने तोरीको तेल...

एउटै गाउँमा पाँच करोडको तरकारी उत्पादन

२०७२ कार्तिक ११ गते १४:३१

पर्वत, ११ कात्तिक-पर्वतको सल्यानस्थीत एउटै वडाका किसानहरुले व्यवसायिक तरकारी खेती गरेर वर्षेनी करोडौँ रुपैयाँ गाउँमा भित्र्याउने गरेका छन् । करिव एक हजार रोपनीमा फैलिएको जमिनमा यहाँका तीन सय बढी परिवारले तरकारी खेतीबाट मात्रै वार्षिक पाँच करोड आम्दानी गर्न सफल भएका हुन् । बीस वर्ष...

म्याग्दीमा नयाँ पदमार्ग पहिचान

२०७२ कार्तिक ११ गते ९:४१

म्याग्दी, ११ कात्तिक– म्याग्दीको राहुघाट क्षेत्रका पर्यटकीय बस्तीहरुलाई समेटेर नयाँ पदमार्गको पहिचान भएको छ । नेपालको ग्रामीण क्षेत्रमा नयाँ पदमार्गको पहिचान तथा प्रवद्र्धनमा सघाउँदै आएको अफ द बिट इन्ट्रेक्स र म्याग्दी उद्योग वाणिज्य सङ्घको पहलमा बेनीदेखि राहुघाट नदीको वारिपारिका बस्तीलाई समेटेर ‘धौलागिरि सेन्चुरी’ पदमार्ग...

नाकाबन्दीका कारण दूध नउठ्दा कृषक मर्कामा

२०७२ कार्तिक ११ गते ९:३६

चितवन, १० कात्तिक– भारतीय अघोषित नाकाबन्दीका कारण दूध डेरीले दूध उठाउन नसकेपछि यहाँका कृषक मर्कामा परेका छन् । दैनिक जिल्लाभरमा दुई लाख २५ हजार लिटर दूध उत्पादन हुने भए पनि डेरीले पालो मिलाएर दैनिक एक लाख लिटर मात्रै उठाउँदै आएका छन् । जसका कारण...

नेप्सेमा २९.३२ अङ्कको गिरावट

२०७२ कार्तिक १० गते १९:०२

काठमाण्डु, १० कात्तिक- लामो समयदेखिको अघोषित नाकाबन्दीको प्रत्यक्ष असर सेयर बजारमा पनि देखिएको छ । निरन्तर अर्थतन्त्रमा परेका नकारात्मक प्रभावका कारण लगानीकर्तामा आएको निराशाका कारण त्यसको असर बजारमा देखिएको हो । दसैंको बिदापछि खुलेको दोस्रो कारोबार दिन बजारमा २९.३२ अङ्कको गिरावट आएको नेपाल स्टक...

भारतको भन्दा चीनबाट आयत गरिएको ग्यास सस्तो

२०७२ कार्तिक १० गते १८:१६

काठमाण्डु, १० कात्तिक-सरकारले लामो समयदेखिको इन्धन सङ्कट समाधानका लागि कूटनीतिक पहल जारी राखेको जनाएको छ । नेपाल आयल निगमसँग मौज्दात इन्धनको समुचित वितरण प्रणाली अपनाएको भए पनि भारतबाट निरन्तर आपूर्तिमा असहज भएपछि भारतको विकल्पबारे विभिन्न तहमा पहल जारी रहेको बताइएको छ । भारतका नाकाबाट...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us