म्याग्दी, ३० असोज-म्याग्दीमा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनमा भारतीय लगानीको विकल्प खोज्न म्याग्देलीले माग गरेका छन् । लगानीको नाममा पटकपटक काम अवरुद्ध गर्ने, क्षतिपूर्ति माग्नेलगायत अनावश्यक माग राख्ने गरेकाले पनि लगानीकर्ताकै विकल्प खोज्न उनीहरुले सरकारसमक्ष अनुरोध गरेका हुन् । नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्न लागेको...
काठमाण्डु, २९ असोज-सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले एसियाली विकास बैंकको सहयोगमा भूकम्पबाट प्रभावित ४५० किलोमिटर ग्रामीण सडक मर्मत सम्भार तथा स्तरोन्नति गर्र्ने भएको छ । भूकम्पबाट अति प्रभावित १२ जिल्लाका जम्मा ४५० किमी ग्रामीण सडक मर्मत सम्भार तथा स्तरोन्नतिका लागि विवरण सङ्कलन भइसकेको...
काठमाण्डु, २९ असोज-गरिबी निवारण कोषले गरिबी निवारणका प्रयासलाई अझै बढी एकीकृत र समन्वयात्मकरुपमा लैजानुपर्नेमा जोड दिएको छ । गरिबी निवारणका लागि अन्तर्राष्ट्रिय दिवसका अवसरमा कोषले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी विभेद तथा असमानतालाई अन्त्य गर्न र विपन्न वर्गका उत्पादकत्वलाई बढाउन सकारात्मक विभेदको नीतिलाई महत्व...
काठमाण्डु, २९ असोज– ट्रेकिङ एजेन्सिज एसोसिएसन नेपाल (टान) को ३७औँ वार्षिक साधारणसभाले चन्द्रप्रसाद रिजालको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । बिहीबारराति सम्पन्न मतगणनामा प्रगतिशील समूहका रिजालले ७९ मतको अग्रताका साथ प्रजातन्त्रवादी समूहका प्रतिस्पर्धी सागर पाण्डेलाई पराजित गरेका हुन् ।रिजालको ४११ र मत पाण्डेको...
पाँचथर, २९ असोज –जिल्लाको दक्षिणी गाविस सराङडाँडा– ८ सप्तमी बजारका स्थानीयवासीलाई लक्षित गरी हावाबाट बिजुली उत्पादन गर्न लागिएको छ । वैकल्पिक ऊर्जा विकास केन्द्रको लागतमा हावा मिल (विन मिल) निर्माण गर्न लागिएको सौर्य ऊर्जा उपभोक्ता समितिका अध्यक्ष सन्तोष शेर्माले जानकारी दिए । उनका अनुसार...
पर्वत, २९ असोज– पर्वतको दक्षिणी भेगमा बिहीबार साँझ परेको असिनाले बालीनालीमा ठूलो क्षति पुर्याएको छ । हुरीसँगै आएको असिनापानीले फलामखानी, लुंखु र पाखापानी गाविसमा लगाएको धानबाली र तरकारीखेतीमा ठूलो क्षति पुर्याएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । असिना प्रभावित क्षेत्रमा प्राविधिक पठाएर क्षतिको...
मोरङ, २९ असोज– मोरङमा व्यावसायिक रुपमा केराखेती गर्दै आएका कृषकको बारीमा उत्पादन भएको केरा बारीमै कुहिन थालेको छ । संयुक्त मधेसी मोर्चाले आह्वान गरेको दुई महिनादेखिको लगातारको बन्द र पेट्रोलियम पदार्थ अभावले उत्पादित केरा बजारसम्म पुर्याउन नसक्दा बारीमै कुहिन थालेको मोरङको लोचनीका केरा कृषक...
बुटवल, २८ असोज-बुटवलमा सञ्चालित मुटु अस्पतालमा आवश्यक उपकरण खरिदका लागि रोटरी फाउन्डेसन ग्लोबल ग्रान्डबाट एक करोड रुपैयाँ आउने भएको छ । रोटरी क्लब अफ बुटवल डाउनटाउनको पहलमा मुटु अस्पतालमा आवश्यक सामान्य चिकित्सासम्बन्धी उपकरण खरिदका लागि एक करोड रुपैयाँ स्वीकृत भइसकेको क्लबका अध्यक्ष बिमलराज भट्टराईले...
गोरखा, २८ असोज-नेपाल खाद्य संस्थाले उत्तरी गोरखाको सिर्दिवास र माछाखोला डिपोमा खाद्यान्न ढुवानी गर्न सकेको छैन । गत वैशाखमा गएको भूकम्पपछिको पहिरोले मनास्लु पदमार्ग अवरुद्ध भएको भन्दै प्रगति निर्माण सेवाले चामल ढुवानीमा आलटाल गरेको हो । संस्थानले चामल ढुवानीको जिम्मा प्रगति निर्माण सेवालाई दिएको...
पाल्पा, २८ असोज-पाल्पाको दोस्रो व्यापारिक केन्द्र रामपुरमा उद्योग वाणिज्य सङ्घको स्थापना भएको छ । साविकको रामपुर गाविससहित दर्छा, खालिवन, गाडाकोट र गेझा गाविसलाई समेटेर गतवर्ष मात्र घोषित रामपुर नगरपालिकाभित्र रहेका सयभन्दा बढी उद्योगी व्यवसायीको भेलाले रामपुर उद्योग वाणिज्य सङ्घको स्थापना गरेको हो । भेलाले...
काठमाण्डु, २७ असोज– भारतीय आयल कर्पोरेशन (आइओसी) ले नेपाललाई दिने पेट्रोलियम पदार्थमा कटौती गरेको छ । भारतीय नाकाबन्दीसँगै तेल भर्न रोकेको आइओसीले केही दिनयता इन्धनको अनुपात बढाएकामा बुधबारदेखि फेरि घटाएको हो । नेपाल आयल निगमका प्रवक्ता दीपक बरालले इन्धन कटौतीको कारण माग्दा आइओसीले कुनै...
काठमाण्डु, २७ असोज– नेपाल आयाल निगमले दसैंअघि निजी सवारी साधनलाई इन्धन वितरण नगर्ने भएको छ । अन्य नाकाको अवरोध हटेपनि रक्सौल नाका अझै नखुलेका कारण पर्याप्त आपूर्ति नभएकाले निजी सवारीलाई अझै केही समय इन्धन दिन नसकिने निगम प्रवक्ता दीपक बरालले जानकारी दिए । ...