म्याग्दी, १० कात्तिक-सडक सञ्जाल विस्तारसँगै विस्थापित वनेको बेनी–जोमसोम पदमार्गको वैकल्पिक रुटको रुपमा पहिचान गरिएको ‘धौलागिरि आइसफल पदमार्ग’ तयार भएको छ । म्याग्दीका विभिन्न नौ गाविसको उच्च पहाडी र हिमाली क्षेत्रलाई समेटेर मुस्ताङ जोड्ने पदयात्रा अन्र्तगत विभिन्न स्थानमा व्यवस्थित पदमार्ग निर्माण गरिएको हो । पदमार्गले...
कञ्चनपुर, १० कात्तिक-नगदे बालीको रुपमा रहेको उखुमा सुक्ने रोग लागेपछि कञ्चनपुरका उखु कृषकको लगानी जोखिममा परेको छ । कञ्चनपुरको दक्षिणी क्षेत्र बेल्डाँडी, बेलौरी, पुनर्बासलगायतका क्षेत्रमा उखुमा सुक्ने रोग देखिएको छ । पाक्ने याममा उखु सुक्न थालेपछि दक्षिणी क्षेत्रका कृषक समस्यामा परेका हुन् । मङ्सिरदेखि...
दाङ, १० कात्तिक–खेतीयोग्य जमिनमा अम्लीयपन देखापर्न थालेपछि वार्षिक उत्पादन घट्दै गइरहेको छ ।जिल्ला कृषि विकास कार्यालय दाङका अनुसार जिल्लाको ९४ प्रतिशत माटोमा अम्लीयपन रहेको छ । माटोमा अत्यधिक अम्लीयपनका कारण जिल्लाको वार्षिक ३० देखि ४० प्रतिशत उत्पादन घट्दै गइरहेको कार्यालयले जनाएको छ । माटोमा...
चितवन, ९ कात्तिक– भारतको अघोषित नाकाबन्दीका कारण कुखुरापालक किसानले उत्पादित चल्ला पुर्न थालेका छन् । यहाँ अण्डा उत्पादनमा ठूलो मात्रामा ह्रास आएको छ भने मासु बिक्रीमा ४० प्रतिशतले घटेको छ । नेपाल पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष शङ्करप्रसाद कँडेलले चल्ला, अण्डा, मासु र दाना उद्योग...
कञ्चनपुर, ७ कात्तिक– भीमदत्त नगरपालिका ब्रह्मदेवका मुक्त हलिया परिवार सहकारीमा आबद्ध भएर आर्थिक उन्नतिमा लागेका छन् । ब्रह्मदेवका २१३ मुक्त हलिया परिवार चन्द्रसूर्य मुक्त हलिया कृषि सहकारी संस्थामा आबद्ध छन् । दुई वर्षदेखि सहकारीमा आबद्ध भएर उनीहरुले न्यून ब्याजमा ऋण लिई बाख्रापालन, बङ्गुरपालन, सिलाइकटाइ...
ललितपुर, १ कात्तिक-लगनखेलस्थित ललितपुर मलमा चलिरहेको मोबाइल मेलामा भीड लागेको छ । मोबाइल कम्प्लेक्समा सामसुङ्ग, हुवावे, लाभा, कलर्सलगायतका विभिन्न ब्राण्डका मोबाइल उपहारसहित बिक्रीमा राखिएका कारण ग्राहकको आकर्षण बढेको हो । मल्टिब्राण्ड मोबाइल शोरुमको रुपमा स्थापित कम्प्लेक्सले दसैँ तिहारको अवसर पारेर उपहार कार्यक्रम ल्याएको हो...
झापा, १ कात्तिक-ग्रामीण पहुँच कार्यक्रम (¥याप–थ्री)अन्तर्गत झापामा सञ्चालित विकास योजनाअन्र्तगत नौ सडकको स्तरोन्नति गरिएको छ । चार करोड २९ लाख २६ हजार ८६० र ५ पैसाको लागतमा सडकको स्तरोनति गरिएको ¥याप–३ झापाका समूह नेता हरिहर भण्डारीले बताए । ती योजनामा केरखा–क्याम्प–सरानपाडा–वैगुनधुरा सडक, धरमपुर चौक–पाँचगाछी...
कावासोती, १ कात्तिक– भारतको अघोषित नाकाबन्दीका कारण धेरै नेपालीको चुलोमा ग्यास छैन । सार्वजनिक सवारीले पनि आवश्यकतानुसार इन्धन पाएका छैनन् । यस्ता बेलामा सीमा क्षेत्रका बासिन्दा भारतीय पेट्रोल पम्पबाट तेल खरिद गरी अन्य ठाउँका बासिन्दालाई दोब्बर र तेब्बर मूल्यमा बिक्री गरिरहेका छन् । यसमा भारतीय...
काठमाण्डु, १ कात्तिक– भूकम्पपछि नेपाल घुम्न आएका पर्यटकले प्रचारमा आएजस्तो नेपालको पर्यटकीय सौन्दर्य नगुमेको र अझै सुरक्षित गन्तव्यस्थल भएको धारणा राखेका छन् । अष्ट्रेलियाका फोटोग्राफर वेनिजी सान्टमेरियाले भुइँचालोपछि नेपालका मुख्य पर्यटकीय क्षेत्र घुमघाम गर्न सुरक्षित रहेको अनुभव संगालेका छन् । विश्वप्रसिद्ध अन्नपूर्ण पदयात्रामार्गमा पर्ने...
काठमाण्डु, ३० असोज-गत साता ओरालो लागेको नेप्से परिसूचकले यो साता पनि निरन्तरता पाएको छ । निरन्तरको बन्द हड्ताल र राजनीतिक अस्थिरतका कारण पूँजी बजारमा नकारात्मक असर परेको हो । गत साता पहिलो दिनको तुलनामा २१.४२ अङ्कले घटेको थियो । यो साता पनि नेप्से परिसूचक...
काठमाण्डु, ३० असोज– ग्यास भरेर रक्सौल नाकामा अड्किएका नेपाल आयल निगमका २ सय ५६ वटा ग्यास–बुलेटलाई सुनौलीबाट नेपाल लैजाने विकल्पमा छलफल सुरु भएको छ । भारतले सिमामा कडाइ गर्न थालेपछि बिहारको बरौनी र पश्चिम बंगालको हल्दियास्थित रिफाइनरीमा भरिएका ग्यास–बुलेट एक महिनादेखि रक्सौल नाकामा थन्किएका...
बैतडी, ३० असोज-आव २०७१/०७२ मा बैतडीमा ६७६ घरेलु तथा साना उद्योग दर्र्ता भएका छन् । ती उद्योगमा कृषिजन्य उद्योग बढी रहेको घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय बैतडीका प्रमुख उद्योग अधिकृत नारायण न्यौपानेले बताए । उनले भने, ‘जिल्लामा होजीयारी, छालाजुत्ता, तरकारी,...