अर्थ

१६ करोड सहकारी कारोबार

२०७२ असोज २७ गते १५:२५

इलाम, २७ असोज– इलाम सदरमुकामलाई कार्यक्षेत्र बनाएर स्थापित जिल्लाकै सबैभन्दा ठूलो ‘शताब्दी बचत तथा ऋण सहकारी संस्था’ले १६ करोड २५ लाख ३७ हजारको कारोबार गरेको छ ।   सो सहकारीले १८ लाख ८६ हजार मुनाफा आर्जन गर्न सफल भएको छ । अन्य बचत तथा...

इन्धन बोकेका ८८ गाडी नेपाल भित्रिए

२०७२ असोज २६ गते १८:०५

विराटनगर, २६ असोज– भारतबाट विराटनगर भन्सार कार्यालयको परिसरमा अपराह्नसम्ममा ८८ वटा इन्धनका गाडी भित्रिएका छन् । भन्सार परिसरमा भित्रिएका गाडीमा १२ वटा पेट्रोल, ६१ वटा डिजेल र १५ ग्यास बुलेट गरी ८८ वटा इन्धनका गाडी रहेको विराटनगर भन्सार कार्यालयका प्रमुख कृष्ण बस्नेतले जानकारी गराए...

निगमले साढे सात लाख लिटर इन्धन बाँड्यो

२०७२ असोज २६ गते १७:०४

काठमाण्डु, २६ असोज-दुई सातादेखि इन्धन नपाएका निजी सवारी साधनलाई नेपाल आयल निगमले मंगलबार सात लाख पचास हजार लिटर इन्धन उपलब्ध गराएको छ । निगमले मंगलबार वितरण गर्ने सूचना जारी गरेपछि इन्धन पाउने आशामा सोमबारदेखि नै लाइन बसेका निजी सवारी साधनलाई काठमाण्डु उपत्यका १२५ पेट्रोल...

पौने सात करोड बढी भत्ता निकासा

२०७२ असोज २६ गते १४:५९

इलाम, २६ असोज-जिल्ला विकास समिति इलामले चालु आव २०७२/७३ को साउनदेखि कात्तिकसम्मको छ करोड ८३ लाख ५६ हजार बराबरको सामाजिक सुरक्षा भत्ता निकासा गरेको छ । जिल्लाका दुई नगरपालिकासहित ४३ वटा गाविसमा जिविसले पहिलो चौमासिक भक्ता वितरणका लागि उक्त रकम निकासा गरेको हो ।...

नेपाल बैंकको सेवा बिहानदेखि बेलुकासम्म

२०७२ असोज २६ गते १४:००

पर्वत, २६ असोज-दसैँको समयमा ग्राहकले घन्टौँसम्म लाइन लाग्ने समस्या भएपछि नेपाल बैंक लिमिटेड पर्वतले बिहानदेखि बेलुकासम्म सेवा सुरु गरेको छ । ग्राहकको सुविधालाई ध्यानमा राखेर सो बैंकले बिहान ९ बजेदेखि बेलुका ग्राहक रहेसम्मका लागि सेवा सुरु गरेको हो । बैंकले दिएको जानकारीअनुसार बिहान ९...

तनहुँमा दसैँका लागि २० हजार खसीबोका भित्रिए

२०७२ असोज २६ गते ८:५८

दमौली, २६ असोज– यस वर्षको दसैँका लागि तनहुँमा २० हजारभन्दा बढी खसीबोका भित्रिएका छन् । जिल्लाको वैदी, कोटा, काहुँशिवपुर, भिरकोट, छिपछिप, राम्जाकोट, ऋषिङरानीपोखरीलगायतका गाविसबाट व्यापारीले ती खसीबोका दमौलीका मुख्य बजार डुम्रे, आँबुखैरेनी, खैरेनीटार, दुलेगौँडा, भिमादमा भित्र्याएका हुन् । भिरकोट– ५ का पूर्णबहादुर विक र...

कृषिको आधुनिकीकरणका लागि भूमिसुधार गरिनु आवश्यक छ: नवनियुक्त कृषिमन्त्री

२०७२ असोज २५ गते १९:२५

काठमाण्डु, २५ असोज-कृषि विकासमन्त्री हरिबोल गजुरेलले पदभार ग्रहण गरेका छन् । मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा मन्त्री गजुरेलले पदभार ग्रहण गर्दै प्रचारमुखीभन्दा परिणाममुखी काम गर्ने प्रतिबद्धता जनाए । ‘कृषिको आधुनिकीकरण र व्यावसायिकीकरणमा सामन्तवाद बाधक भएको छ, यसका लागि भूमिसुधार गरिनु आवश्यक छ,उनले भने । कृषिलाई...

मुलुकको आवश्यकता आर्थिक विकास: नवनियुक्त उद्योगमन्त्री

२०७२ असोज २५ गते १९:१७

काठमाण्डु, २५ असोज-नवनियुक्त उद्योगमन्त्री सोमप्रसाद पाण्डे मुलुकको अबको आवश्यकता भनेको आर्थिक विकास भएको बताएका छन् । नवनियुक्त मन्त्रीले सोमबार मन्त्रालयमा पदबहाली गर्दै मुलुकको अर्थतन्त्रलाई बलियो बनाउन औद्योगिक क्रान्तिको खाँचो रहेको औँल्याउँदै उद्योग क्षेत्रलाई आवश्यक पर्ने नीति निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले मुलुकको...

जुत्ता प्रदर्शनीमा ग्राहकको आकर्षण बढ्दो

२०७२ असोज २५ गते १४:०५

काठमाण्डु, २५ असोज-दसैँलाई दृष्टिगत गरी भृकुटीमण्डपमा जारी स्वदेशी जुत्ताको प्रदर्शनीमा ग्राहकको उल्लेख्य सहभागिता बढेको छ । पाँच जनाको सहकार्यमा आयोजित प्रदर्शनीमा नेपाली ब्रान्डका जुत्ता किन्ने ग्राहक बढेको सञ्चालकमध्येका एक राधिका विकले जानकारी दिइन् । नेपाली उत्पादनमा मानिसको विश्वास बढेर गएको उनले बताइन् । असोज...

पाँच दिनका लागि बैंक खुल्ने

२०७२ असोज २५ गते १३:३३

सप्तरी, २५ असोज-आन्दोलनरत मेधेसी मोर्चा सप्तरीले बडादसैंको चाडपर्वलाई मध्यनजर गरी सोमबारदेखि पाँच दिनका लागि बैंक खुला गरेको छ । आइतबार राजविराजमा मोर्चाको संयोजक रामप्रीत यादवको अध्यक्षतामा बसेको बसेको बैठकले सो निर्णय गरेको हो । बैंक खुला भएपछि सदरमुकाम राजविराजमा रहेको राष्ट्रिय वाणिज्य बैंक, नेपाल...

काँकडभिट्टा नाकाबाट २४ करोड बढी राजस्व उठ्यो

२०७२ असोज २५ गते १३:१४

भद्रपुर, २५ असोज-अघोषित नाकाबन्दीले गर्दा प्रभावित बन्न पुगेको मेची भन्सार कार्यालय काँकरभिट्टा नाका सहज बन्दै गएको कार्यालयले जनाएको छ । गएको असोज १ गतेदेखि आइतबार साँझसम्ममा सो कार्यालयबाट २४ करोड २३ लाख राजस्व सङ्कलन भएको छ । भन्सार प्रमुख भीमप्रसाद अधिकारीका अनुसार सामान्य अवस्थामा...

मंगलबार निजी सवारी साधनले तेल भर्न पाउने

२०७२ असोज २५ गते १२:४३

काठमाण्डु, २५ असोज – नेपाल आयल निगमले उपत्यकामा मंगलबार एक दिनका लागि सबै पम्पबाट निजी सवारी साधनलाई पेट्रोल–डिजेल वितरण गर्ने तयारी गरेको छ । उपत्यकामा रहेका करिब १२५ पम्पले मंगलबार दिउँसो १२ बजेबाट निजी सवारीसाधनमध्ये मोटरसाइकललाई पाँच लिटर र चारपांग्रे कार, जिप–भ्यानलगायतलाई १५ लिटरका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us