अर्थ

रसुवागढी जलविद्युत आयोजनाको मर्मत गरिदै

२०७२ असोज २४ गते १७:३८

रसुवा, २४ असोज-भूकम्पपछि निर्माण कार्य स्थगित भएको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको ‘साइट’ सफा गर्ने काम सुरु भएको छ । सिनियर इन्जिनियर नारायण न्यौपानेका अनुसार आयोजनाको निर्माण कार्य सञ्चालनमा ल्याउन सुरुङभित्र जमेको पानी बाहिर निकाल्ने र बाहिरी सहतमा राखिएका उपकरण एवम् पूर्वाधारको मर्मत...

आइओसीले तेल भर्न नेपाली ट्यांकर बोलायो

२०७२ असोज २४ गते १४:१३

काठमाण्डु, २४ असोज– इन्डियन आयल कर्पोरेसन आइओसीको मुख्यालय मुम्बईले शनिबार आयल निगमलाई टेलिफोन गरेर रक्सौल बाहेकका डिपोमा आइतबारलाई पेट्रोलियम ट्यांकर पठाउन आग्रह गरेको छ । आइतबार विदाको दिन भएपनि आइओसीले शनिबार आयल निगमलाई टेलिफोनमार्फत् डिपो खोलेर तेल दिने जानकारी दिएको निगमका प्रवक्ता दीपक बरालले...

कालीगण्डकी किनारमा भेटिएको नुन खानी अलपत्र

२०७२ असोज २४ गते १३:४९

म्याग्दी, २४ असोज-म्याग्दीको शिख गाविसको कालीगण्डकी नदी किनारमा चार वर्षअघि फेला परेको नुन खानी अलपत्र परेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गत पर्ने शिख र नारच्याङ गाविसको सिमानामा कालीगण्डकी नदी किनारामा २०६८ सालमा नुनिलो पानीको मुहान भेटिएको थियो । मुहान भेटिएपछि त्यसको अनुसन्धान सुरु...

पशुपतिनगर नाकाबाट इन्धनको कालो बजारी

२०७२ असोज २४ गते ९:४७

इलाम, २४ असोज –भारतले गरेको अघोषित नाकाबन्दीबाट देशमै पेट्रोलियम पदार्थको हाहाकार भइरहेका बेला इलामको पूर्वी नाका पशुपतिनगरबाट भने दैनिक दुई हजार लिटरभन्दा बढी पेट्रोलियम पदार्थ नेपाल भित्रिरहेको छ । भारतको दार्जिलिङ, सिक्किम क्षेत्रबाट भारतीय गाडीले इन्धन भरेर इलामको पशुपतिनगरमा बिक्री गर्न थालेका छन् । उनीहरूले...

पारवहन अधिकार स्थापित गर्न लेखा समितिको निर्देशन

२०७२ असोज २३ गते १८:११

काठमाण्डु, २२ असोज-सार्वजनिक लेखा समितिले अन्तर्राष्ट्रिय, क्षेत्रीय एवम् दुईपक्षबीच भएका सन्धि सम्झौताबमोजिम भूपरिवेष्ठित मुलुकले उपभोग गर्न पाउने पारवहन अधिकार स्थापित गर्न भारत सरकारसँग शीघ्र वार्ताका लागि सरकारलाई निर्देशन दिएको छ । समितिको शनिबारको बैठकले तराईमा आन्तरिक समस्याको समाधानका लागि राजनीतिक पहल तत्काल पहल गर्ने...

आइतबारदेखि डेरी उद्योग बन्द हुँदै

२०७२ असोज २३ गते १६:३१

काठमाण्डु, २३ असोज-आइतबारदेखि देशभरका दुग्ध प्रशोधन उद्योग तथा बिक्री केन्द्र (डेरी) बन्द हुने निश्चित भएको छ । असोज ६ गतेदेखि भारतले नाकाबन्दी गरेका कारण पेट्रोलियम पदार्थको चर्को अभाव भएर करिव १५७ वटा डेरी र केही प्रशोधन उद्योग बन्द हुन लागेको हो । डेरी उद्योग...

नेप्से एक्काइस अङ्कले ओरालो

२०७२ असोज २३ गते १४:११

काठमाण्डु, २३ असोज-लगातारको बन्द र भारतको अघोषित नाकाबन्दीको नकारात्मक असर पूँजीबजारमा पनि पर्न थालेको छ । गत साता सकारात्मक रहेको नेप्सेमा लगानीकर्ता हतास भएपछि नकारात्मक भएको हो । गत साता नेप्से परिसूचकमा पहिलो दिनको तुलनामा १८.६५ अङ्कले वृद्धि भएको थियो । यो साता पहिलो...

यी बने ‘आईएमई बचत दश लाख’ का भाग्यशाली विजेता

२०७२ असोज २२ गते १६:५४

काठमाण्डु– रेमिटेन्स सेवाको प्रर्यावाची नेपालको नं. १ रेमिटेन्स कम्पनी आईएमई लि.ले यही आश्विन १ गतेदेखि संचालन गरेको सेवाग्राहीमुखी प्रवद्र्घनात्मक कार्यक्रम ‘दसैं आयो, खर्च हुन्छ आईएमई गर्नुहोस् बचत हुन्छ’ भन्ने नाराका साथ प्रस्तुत ‘आईएमई बचत दश लाख’ दूई महिना लामो योजना अन्तर्गत शुरुका तीन हप्ताका...

इन्धन सङ्कट समाधान गर्न लेखा समितिको निर्देशन

२०७२ असोज २२ गते १६:२२

काठमाण्डु, २२ असोज-व्यवस्थापिका–संसद् मातहतको सार्वजनिक लेखा समितिले मुलुकमा जारी इन्धन सङ्कटलाई समाधान गर्न तत्काल पहल गर्न वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल आयल निगमलाई निर्देशन दिएको छ । निगमले बिहीबार मात्रै पेट्रोलियम पदार्थ आयातका लागि विश्वव्यापी बोलपत्र आह्वान गरिसकेको सन्दर्भमा जुनकुनै व्यावसायिक संस्थाले गर्ने...

अबदेखि प्रयोगशालामा काम गर्ने कर्मचारीलाई यस्तो सुविधा

२०७२ असोज २२ गते १४:५२

काठमाण्डु, २२ असोज-सरकारले प्रयोगशालामा कार्यरत सम्पूर्ण कर्मचारीका लागि सुरु तलबमान २५ प्रतिशत थप जोखिम भत्ता दिने भएको छ । विज्ञान तथा प्रविधि तथा वातावरण मन्त्रालयमा शुक्रबार आयोजित छलफल कार्यक्रममा मन्त्रालयका सहसचिव रामआधार साहले मन्त्रिपरिषद्को गत भदौ २३ गते पारित प्रयोगशाला जोखिम भत्ता व्यवस्थापन निर्देशिकाले...

पेट्रोलियम पदार्थ आपूर्ती सहज बनाउन यस्तो उपाय

२०७२ असोज २२ गते १४:३०

काठमाण्डु, २२ असोज-सरकारले पेट्रोलियम पदार्थ लगायत अत्यावश्यक वस्तुको आपूर्तिको व्यवस्था सहज बनाउन भारतसँग वार्ता गर्न परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेको संयोजकत्वमा समिति गठन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको मन्त्रिपरिषद्का बैठकद्वारा गठित सो समितिमा मुख्य सचिव डा सोमलाल सुवेदी र वाणिज्य तथा आपूर्ति मन्त्रालयका...

चाडपर्वमा खाद्यन्न अभाव नहुने

२०७२ असोज २२ गते १४:०७

काठमाण्डु, २२ असोज-भारतीय अघोषित नाकाबन्दीले पेट्रोलियम पदार्थ तथा अन्य खाद्यन्न आयातमा सामस्या देखिए पनि दसैँ, तिहार, छठजस्ता चाडपर्वमा खाद्यान्नको अभाव नहुने भएको छ । नेपाल खाद्य संस्थानका अनुसार नुन, तेल चामल, चिनी, दाललगायत खाद्य वस्तु अझै तीनरचार महिनाका लागि मौज्दात रहेको हुँदा चाडपर्वमा कुनै...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us