काठमाण्डु, २१ असोज- वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले पेट्रोलियम पदार्थको कालोबजारी गरिएमा कडा कारबाही गर्ने जनाएको छ । नेपाल आयल निगमले मौज्दातमा रहेको इन्धन वितरण गर्दै बजारलाई सामान्य बनाउने प्रयास गरिरहेका बेला त्यसरी वितरण गरिएको पेट्रोलियम पदार्थसमेत कालोबजारी हुन थालेको भनी उजुरी आउन थालेपछि...
काठमाण्डु, २१ असोज– राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गोविन्दराज पोख्रेलले नेपालमा अहिले देखिएको ईन्धन संकट समाधानको लागि ईन्धनको खपत कम गर्ने र रोकिएको आपूर्ति सुचारु गर्न तत्काल कुटनीतिक पहल गर्ने बाहेक अरु कुनै विकल्प नभएको बताएका छन् । रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको...
काठमाण्डु, २१ असोज-ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को नयाँ कार्यसमितिका लागि पर्वतीय पर्यटन क्षेत्रका व्यवसायीको समूहले उम्मेदवारी घोषणा गरेको छ । सो समूहका तर्फबाट सागर पाण्डे नेतृत्वको समूहले बिहीबार आयोजित पत्रकारसम्मेलनमा टानको ३९ औं वार्षिक साधारणसभा तथा नयाँ कार्यसमिति निर्वाचनका लागि पदाधिकारी र...
चितवन, २१ असोज-चितवनमा जिल्ला कृषि विकास कार्यालयमार्फत पाँच करोड ९३ लाखका कृषि आयोजना सञ्चालन हुने भएका छन् । अघिल्लो वर्षभन्दा कृषि कार्यालय चितवनको अख्तियारीमा सञ्चालन हुने बजेट दुई करोडभन्दा बढीले घटेको छ । अघिल्लो वर्ष ८ करोड ६५ लाखको कृषि आयोजना सञ्चालन भएको थियो...
काठमाण्डु, २१ असोज– नेपाल आयल निगमले पेट्रोलियम पदार्थ आपूर्तिका लागि ग्लोबल टेण्डर आह्वान गरेको छ । निगमले बिहीबार सार्वजनिक सूचना प्रकाशित गर्दै इच्छुक स्वदेशी तथा विदेशी सप्लार्यलाई सूचना प्रकाशित भएको मितिले ३ दिनभित्र आसयपत्र पेश गर्न भनेको हो । भारतले अघोषित नाकाबन्दी गरेपछि विकल्पमा...
रुपन्देही, २१ असोज-भारतीय पक्षले अघोषित रुपमा गरेको नाकाबन्दी र इन्धनमा कटौती गरेसँगै जिल्ला प्रशासन कार्यालय रुपन्देहीले इन्धन आपूर्तिलाई सहज बनाउन आलोपालोको व्यवस्था मिलाएको छ । प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले विभिन्न जिल्लाका माग वमोजिम प्रत्येक जिल्लालाई ६ हजार लिटरका दरले डिजल पठाउने निर्णय गरेका...
दाङ, २० असोज – कृषि विकास कार्यालयले दिने सहुलियको मसुरोको बीउ कृषकले पाउन सकेका छैनन् । मसुरो छर्नको लागि समय सुरु भएपनि कृषकले भने हालसम्म बीउ पाउन नसकेका हुन् । कृषक मसुरोको बीउका लागि कार्यालयसम्म आएपनि रितोहात फर्कन बाध्य भएका छन् । जिल्ला कृषि...
पोखरा, २० असोज– मनाङ जिल्लामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि भएको छ । स्याउको फूलफुल्ने बेलामा अनुकूल मौसम भएकोले यस वर्ष स्याउ उत्पादनमा वृद्धि भएको जिल्ला कृषि विकास कार्यालय मनाङका वागवानी अधिकृत रामचन्द्र सेढाईले बताए । जिल्लामा यस वर्ष ७३९ मेट्रिकटन स्याउ...
प्यूठान, २० असोज – युवा तथा साना व्यावसायी स्वरोजगार कोष प्यूठानले जिल्लामा बेरोजगार युवाका लागि सहकारीमार्फत पाँच करोड ५७ लाख ५० हजार रुपैयाँ लगानी गरेको छ । कोषले लगानी गरेको रकममध्ये हालसम्म तीन करोड ९८ लाख ७५ हजार रुपैयाँ सहकारीमार्फत प्रत्यक्षरुपमा युवाले प्राप्त गरेका...
महोत्तरी, २० असोज – लामो खडेरीले धानको बोट खेतमै सुकेपछि महोत्तरी जिल्लाका किसान चिन्तित भएका छन् । जिल्लाकै मुख्यबाली मानिएको धान खेतमै सुक्दै गएपछि किसानको चिन्ता बढेको हो । यसपाली वर्षा याममा पनि पर्याप्त पानी नपर्दा धान रोपाइँमा समस्या भएको थियो । इनार, बोरिङमा...
काठमाण्डु, २० असोज –बडा दसैं र दीपावलीका अवसरमा नेपाल राष्ट्र बैंककले गत वर्षको तुलनामा १८ प्रतिशत बढी अर्थात १० अर्ब रुपैयाँ बाराबरका नयाँ नोट बजारमा प्रवाह गर्ने तयारी गरेको छ । चाड पर्वमा पूजाका लागि प्रयोग हुने भेटी तथा आफन्तलाई दिने दक्षिणामा नेपाली हिन्दु...
काठमाण्डु, २० असोज– नेपाल आयल निगमले बुधबार विभिन्न ६ वटा पेट्रोलपम्पबाट ३० हजार लिटर पेट्रोल वितरण गर्ने जनाएको छ। सोही अनुसार ती डिपोमा निगमले पेट्रोल वितरणका लागि वठाएको छ । उसले थानकोट डिपोबाट ६ वटा पम्पका पेट्रोल पठाएको हो । सोमबार ५० हजार लिटर पेट्रोल...