अर्थ

पोखरामा भारतीय खसीबोका बहिष्कार गरिने

२०७२ कार्तिक १६ गते ८:१८

पोखरा, १६ कात्तिक – खसीबोका व्यवसायी संघ पोखरा र कास्की खसी तथा कुखुरा मासु व्यवसायी समितिले अबदेखि भारतबाट खसीबोका नल्याउने भएका छन् । ती संंस्थाले आइतबार पत्रकार सम्मेलन गरी भारतले इन्धन र ग्यासलगायतका अत्यावश्यक वस्तु नेपालमा पठाउन आनाकानी गर्ने र अनावश्यक, कम महत्व र...

बूढीगण्डकी आयोजना निर्माणमा गोल हान्छु: उर्जामन्त्री

२०७२ कार्तिक १५ गते १८:०८

काठमाण्डु, १५ कात्तिक-उपप्रधानमन्त्री एवम् ऊर्जामन्त्री टोपबहादुर रायमाझीले मुलुकको आवश्यकता, आकस्मिकता र उपयुक्त अवसर मिलेकाले बूढीगण्डकी आयोजना निर्माणमा आफूले गोल हान्ने दृढता व्यक्त गरेका छन् । व्यवस्थापिका–संसद्को कृषि तथा जलस्रोत समितिको आइतबारको बैठकमा उनले भने, ‘यो आयोजना शीघ्ररुपमा अघि बढाउन राजनीतिक दल, जनप्रतिनिधि, जनताको समर्थन...

भूकम्पपछि बारपाकमा होटल बढे

२०७२ कार्तिक १५ गते १७:३४

गोरखा, १५ कात्तिक-गत वैशाख १२ गते गएको भूकम्पको केन्द्रबिन्दू बारपाक हेर्न आन्तरिक तथा विदेशी अवलोकनकर्ता बढेसँगै यहाँ होटलको सङ्ख्या पनि बढेको छ । भूकम्पअघि दुई ओटा होटल सञ्चालनमा रहेकोमा भूकम्पपछि सात ओटा थपिएका छन् । बाँस, काठ, छड र जस्तापाताको प्रयोग गरेर नयाँ होटल,...

मुस्ताङमा आन्तरिक पर्यटक खचाखच

२०७२ कार्तिक १५ गते १३:३०

मुस्ताङ, १५ कात्तिक-विदेशी पर्यटकको गन्तव्यस्थल बन्दै आएको मुस्ताङमा पछिल्लो समय आन्तरिक पर्यटकको चाप बढ्न थालेको छ । गत वैशाखमा गएको भूकम्प र देशमा जारी आन्दोलनले जिल्लामा विदेशी पर्यटकको चाप घटेको छ । तर आन्तरिक पर्यटकको उपस्थिति उत्साहजनक भएको यहाँका पर्यटन व्यवसायीले बताएका छन् ।...

नर्सिङ संस्थाले दिए ५ लाख

२०७२ कार्तिक १५ गते १३:२४

काठमाण्डु, १५ कात्तिक-प्रधानमन्त्री दैवीप्रकोप उद्धारकोषमा आइतबार नेपाल नर्सिङ सङ्घ र नर्सिङ परिषद्बबाट गरी पाँच लाख २५ हजार हस्तान्तरण भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा ती संस्थाका पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सो रकम हस्तान्तरण गरेका हुन् । सङ्घले तीन लाख र परिषद्ले दुई लाख...

मेलम्ची आयोजना समयमा नसकिने

२०७२ कार्तिक १४ गते १८:१५

काठमाण्डु, १४ कात्तिक-काठमाण्डुवासीको तिर्खा मेटाउन बहुप्रतिक्षित राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको काम एक महिना रोकिएपछि समयमा सम्पन्न नहुने भएको छ । आयोजनाको सुरुङ निर्माणका लागि ठेक्का दिइएको इटालियन सिएमसी कम्पनीले सम्झौता गरेअनुसार आधुनिक उपकरण ल्याउन नसकेपछि काम सुस्त भएको हो । ठेकेदार कम्पनीले काममा...

जलविद्युत् आयोजनाको काम ठप्प

२०७२ कार्तिक १४ गते १६:५०

पाँचथर, १४ कात्तिक-इन्धन आपूर्ति सहज नहुँदा जिल्लामा निर्माणधिन जलविद्युत् आयोजनाको काम ठप्प भएको छ । अहिले जिल्लाको याङनाम गाविस–६ मा रहेकोे १४ दशमलव ९ मेघावाटको हेवा–‘ए’ जलविद्युत् आयोजना, २२ मेघावाटको तल्लो हेवा जलविद्युत् आयोजनाको काम ठप्प बनेको हो । हेवा ‘ए’ को काम अन्तिमचरणमा...

साताको नेप्से २९ अङ्कले घट्यो

२०७२ कार्तिक १४ गते १४:३७

काठमाण्डु, १४ कात्तिक-निरन्तर तराई मधेस बन्द तथा भारतको अघोषित नाकाबन्दीका कारण मुलुकका सबै क्षेत्रमा नकारात्मक असर परेको छ । बन्दसँगै आक्रान्त भएको अर्थतन्त्रको मुख्य सूचक पूँजीबजारमा पनि नकारात्मक असर परेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । अघिल्लो साता नेप्से परिसूचक पहिलो दिनको तुलनामा ९.४१...

इन्धन अभावका कारण राष्ट्रिय गौरवको आयोजना ठप्प

२०७२ कार्तिक १४ गते १३:२६

धनगढी, १४ कात्तिक-पेट्रोलियम पदार्थको अभावका कारण निर्माणाधीन राष्ट्रिय गौरवको रानी–जमरा–कुलरिया सिँचाइ आयोजनाको निर्माण कार्य ठप्प भएको छ । इन्धन अभावले निर्माण सामग्रीको ढुवानी गर्न कठिनाइ भएको र निर्माणमा प्रयोग हुने स्काभेटरलगायत इक्विपमेन्टसमेत चल्न नसकेपछि डेढ महिनादेखि आयोजनाको काम रोकिएको आयोजनाका इन्जिनियर कृष्णबहादुर विष्टले बताए...

घरेलु कामदार पठाउन ४९ म्यानपावर सूचीकृत

२०७२ कार्तिक १३ गते १९:२५

काठमाण्डु, १३ कात्तिक-वैदेशिक रोजगारीमा घरेलु कामदार पठाउन नेपालका ४९ म्यानपावर कम्पनीलाई वैदेशिक रोजगार विभागले सूचीकरण गरेको छ । वैदेशिक रोजगारीमा घरेलु कामदार पठाउनेसम्बन्धी निर्देशिका २०७० अनुसार जारी भएको सूचनाको आधारमा निवेदन दिएका इजाजत प्राप्त म्यानपावर कम्पनीबाट निवेदन दिएकामध्येबाट कागजात अध्ययन गरी ४९ कम्पनी सूचीकृत...

नाकाबन्दीका कारण फूल आयतमा समेत प्रभाव

२०७२ कार्तिक १३ गते १५:२७

काठमाण्डु, १३ कात्तिक-भारतले अघोषितरूपमा गरेको नाकाबन्दीका कारण तिहारमा सयपत्री फूलको अभाव हुने देखिएको छ । हरेक वर्ष तिहारको लागि भारतबाट फूल आयात गर्ने गरेको भएकाले यसवर्ष नाकाबन्दीले गर्दा अभाव हुने देखिएको फ्लोरिकल्चर एसोसियसन नेपालले जनाएको छ । पछिल्लो समय स्वदेशी  फूल उत्पादनमा वृद्धि भएपनि चाडपर्वलाई लक्षित...

पशुमा खोरेत रोगको संक्रमण बढ्दो

२०७२ कार्तिक १३ गते ९:५७

जुम्ला, १३ कात्तिक – चिसो बढ्दै गए पनि जुम्लाका अधिकांश गाविसका पशुमा खोरेत रोगको संक्रमण बढ्दो अवस्थामा देखिन थालेको छ । खोरेत रोगको संक्रमणबाट सदरमुकामको दक्षिण पश्चिममा पर्ने रारालिही, कुडारी, मालिकाठाँटा, घोडेमहादेव, ताम्ती, तातोपानीसहित पूर्वी चौधबीस भेगका छुमचौर, पातारासी, डिल्लीचौर पटमारा र गुठीचौर गाविसका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us