जनकपुरधाम, १८ फागुन-राष्ट्रिय योजना आयोगले चौधौँ योजनामा गरिबीको रेखामुनि रहेका जनसङ्ख्यालाई १७ प्रतिशतमा झार्ने लक्ष्य राख्ने भएको छ । तेह्रौँ योजनामा गरिबीको रेखामुनिका जनसङ्ख्यालाई १८ प्रतिशतमा झार्ने लक्ष्य राखिएकामा लक्ष्यअनुरूप प्रतिफल प्राप्त नभई २३।८ प्रतिशत पुगेको छ । आर्थिक र मानवीय गरिबी न्यूनीकरणमार्फत जनताको...
म्याग्दी, १८ फागुन – म्याग्दीको दानामा केन्द्रिय विद्युत् प्रसारण लाइनको सव स्टेसन निर्माणमा ढिलाइ हुँदा नारच्याङमा आठ वर्षअघि सुरु भएको जलविद्युत आयोजनाको काम प्रभावित भएको छ । विस २०६४ देखि निर्माण सुरु भएको ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको समय...
हेटौँडा, १८ फागुन – मकवानपुर उद्योग वाणिज्य सङ्घद्वारा यही फागुन २० गतेदेखि ३० गतेसम्म हेटौँडामा राष्ट्रिय औद्योगिक व्यापार मेला आयोजना गर्ने भएको छ । उक्त मेलाका लागि उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजकुमार न्यौपानेको संयोजकत्वमा २१४ सदस्यीय आयोजक समिति गठन गरिएको छ । उक्त व्यापार...
काठमाण्डु, १८ फागुन – सरकारले पूर्णरुपमा जलविद्युत् आयोजनालाई इन्धन उपलब्ध गराउने बताएपनि मागअनुसार इन्धन उपलब्ध नभएपछि सहजरुपमा काम अगाडि बढ्न सकेको छैन । भारतको अघोषित नाकाबन्दी खुलेको एक महिना भएपनि जलविद्युत् आयोजनाले मागअनुसार इन्धन प्राप्त गर्न सकेका छैनन् । ऊर्जा मन्त्रालयले आपूर्ति मन्त्रालयलाई इन्धन उपलब्ध...
उदयपुर, १८ गते फागुन – केही वर्षयता उदयपुर जिल्ला माछा उत्पादनको क्षेत्रमा आत्मनिर्भर बन्न थालेको छ । जिल्लामा व्यावसायिक रुपमा ५५ जना किसानले माछापालन गर्न सुरु गरेका छन् । जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लामा वार्षिक ७० क्विन्टलसम्म माछा उत्पादन हुने गरेको छ ।...
मोरङ, १८ फागुन – मोरङ डंग्राहाका ढालुराम माझीले कागती खेती गरेर विगत चार वर्ष देखि वार्षिक २५ लाख रुपैयाँ कमाउँदै आएका छन् । विसं २०३६ सालमा नेपाली काँग्रेसको क्षेत्र नं ६ का सभापति हुनुभएका माझीले पार्टीहरु देश बनाउने भन्दा बढी आन्तरिक झगडामा लागेको देखेपछि...
चितवन, १८ फागुन – भूकम्प र नाकाबन्दीका कारण तेस्रो गन्तव्यको रुपमा रहेको जिल्लाको सौराहाका होटल व्यवसायीसँगै पर्यटकलाई लक्षित गरी खोलिएका व्यवसाय पनि प्रभावित भएका छन् । मुख्य याममा आम्दानी गर्ने बेलामा पर्यटकको आगमन नभएपछि सौराहाका व्यवसायीलाई घर भाडा तिर्नसमेत धौधौ भएको छ । दुई...
सोलुखुम्बु, १८ फागुन – यस वर्ष सगरमाथा आरोहणका लागि बाटो बनाउने आइसफल डाक्टरहरुलाई सगरमाथा आधार शिविरमै तालिम दिइने भएको छ । अघिल्ला वर्षहरुमा खुम्जुङको फोर्चेस्थित खुम्बु क्लाइम्बिङ सेन्टरमा आइसफल डक्टरलाई तालिम दिइँदै आएको थियो । तालिम सेन्टरमा भन्दा स्थलगत रुपमै बाटो निर्माण तथा अन्य...
काठमाण्डु, १७ फागुन-सरकारले अमेरिकी बजारमा तयारी पोसाकको निर्यात बढाई अर्थतन्त्रमा सकारात्मक योगदान पु¥याउने गरी निर्यात रणनीति तयार गर्ने भएको छ । वाणिज्य मन्त्रालयले अमेरिकी सरकारबाट प्राप्त हुने भन्सार छुट र व्यापार क्षमता अभिवृद्धि लगायत सुविधा प्राप्त भएको अवस्थामा रणनीति तयार गर्न लागेको हो ।...
काठमाण्डु, १७ फागुन- दूरसञ्चार सेवा प्रदायक एनसेन नेपालको बिक्री प्रकरणका विषयमा सरकारी निकायले नै प्रष्ट धारणा नदिँदा समस्या पैदा भएको छ । व्यवस्थापिका–संसद्, विकास समितिले पटकपटक एनसेलको बिक्री वितरणका सम्बन्धमा प्रष्ट जानकारी दिन सूचना तथा सञ्चार मन्त्रालय, उद्योग विभाग, आन्तरिक राजस्व विभाग, कम्पनी रजिस्टार...
पर्सा, १७ फागुन – वीरगन्ज नाका सहजभएसँगै भारतबाट खाना पकाउने ग्यासको आयातमा समान्य वृद्धि भएको छ । भारतको बरौनी, हदलियाँ र मथुराबाट वीरगन्ज नाका हुँदै नेपालका लागि आयात हुने खाना पकाउने ग्यासको सङ्ख्या प्रतिदिन ११/१२ बुलेटबाट बढेर १९/२० बुलेट पुगेको छ । माघ २५...
बनेपा, १७ फागुन – भूकम्पबाट प्रभावित पशुपालक किसानलाई लक्षित गरेर काभ्रेपलाञ्चोकमा खाद्य सुरक्षा पोषण कार्यक्रम सुरु भएको छ । जिल्ला पशुसेवा कार्यालयले जिल्लाको चण्डेनीमण्डन, गैरी, बिसौना, ज्याम्दी र महादेवस्थान गाविसमा पोषण कार्यक्रमअन्र्तगत गोठ निर्माण, बाख्रा वितरण, बङ्गुरका पाठा, कुखुरा चल्ला वितरणलगायतका काम गर्नका लागि...