अर्थ

भूकम्प प्रभावित घर निर्माणका लागि दोलखाबाट रकम वितरण सुरु गरिने

२०७२ फागुन २३ गते १९:११

काठमाण्डु, २३ फागुन-पुनःनिर्माण प्राधिकरणले यही महिनाको अन्तिमदेखि दोलखाको सिङ्गटीबाट भूकम्प प्रभावितका घर निर्माणका लागि ५० हजार अनुदान रकम वितरण कार्य सुरु गर्ने भएको छ । गोरखा भूकम्पका कारण क्षतिग्रस्त घर तथा आवास निर्माणका लागि दुई लाखका दरले राहत रकम वितरण गर्ने तयारी गरेको प्राधिकरणले...

चीनसँग बूढीगण्डकी आयोजनालाई ऋण उपलब्ध गराइदिन आग्रह गरिने

२०७२ फागुन २३ गते १७:०७

  काठमाण्डु, २३ फागुन-सरकारले बूढीगण्डकी जलविद्युत् आयोजनालाई अगाडि बढाउन चीन सरकारसँग सहुलियतपूर्ण ऋण सहयोग उपलब्ध गराइदिन आग्रह गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले निकट भविष्यमा गर्न लाग्नु भएको चीन भ्रमणका क्रममा सो आग्रह गर्ने तयारी गरिएको छ । ऊर्जा मन्त्रालयले यससम्बन्धी प्रस्ताव...

हनुमानढोका दरबार क्षेत्र घुम्ने पर्यटक बढे

२०७२ फागुन २३ गते १५:४७

काठमाण्डु, २३ फागुन-पछिल्लो समय हनुमानढोका दरबार क्षेत्रको अवलोकन गर्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । भूकम्प र नाकाबन्दीका कारण केही समय पर्यटकको सङ्ख्यामा कमी आए पनि अहिले दैनिक जना बढी पर्यटक बढेका हनुमानढोका दरबार संरक्षण कार्यक्रमका प्रमुख नरेन्द्रमान बज्राचार्य बताउछन् । हाल दैनिक...

बायोडाइनामिक्स प्रविधिबाट चियाखेती थाल्दै इलामका किसान

२०७२ फागुन २२ गते १७:२७

इलाम, २२ फागुन – जिल्लाको पूर्वी क्षेत्रका चिया किसान बायोडाइनामिक्स चिया खेतीतर्फ आकर्षित हुन थालेका छन् । छिमेकीमूलुक भारतको खर्साङमा अग्र्यानिक चिया कारखाना मकैबारी ‘टी–स्टेट’सँगको सहकार्यमा चिया किसानले बायोडाइनामिक्स चियाखेती गर्न थालेका हुन् । फिक्कलस्थित गोर्खा टि–स्टेटका सञ्चालक उदय चापागाइँले आफ्नै पहलमा खर्साङका प्राविधिक ल्याएर...

इन्धन अभावमा पाँच ठूला जलविद्युत आयोजना समस्यामा

२०७२ फागुन २२ गते १६:५१

काठमाण्डु, २२ फागुन – नेपाल विद्युत् प्राधिकरणका सहायक कम्पनीले निर्माण गरिहेको पाँच जलविद्युत् आयोजना इन्धन अभावका कारण निर्माणमा सोचेजति प्रगति हुन सकेको छैन । भूकम्प र भारतको अघोषित नाकाबन्दीपछि समस्यामा परेका ती आयोजनामा हाल पनि निर्माण सामग्रीको अभाव देखिएको छ भने सरकारले प्रर्याप्त मात्रामा...

मुस्ताङमा हलोको साटो हाते ट्याक्टरको प्रयोग बढ्दो

२०७२ फागुन २२ गते १०:४४

मुस्ताङ, २२ फागुन – मुस्ताङका किसान खेत जोत्न हाते ट्र्याक्टरको प्रयोगप्रति आकर्षित भएका छन् । श्रम र समयको बचत एवम् सीमित जनशक्तिबाट पर्याप्त काम हुने भएपछि जिल्ला कृषि विकास कार्यालयले सहुलियत अनुदानमा वितरण गर्ने हाते ट्र्याक्टर चालु आवमा माग गर्ने किसानको सङ्ख्या ह्वात्तै बढेको...

मकै उत्पादन बढाउन उन्नत बीउ वितरण

२०७२ फागुन २२ गते ९:२६

उदयपुर, २२ फागुन– यस यामदेखि मकै उत्पादनमा वृद्धि गर्नका लागि मकै उत्पादक कृषकलाई नयाँ प्रजातिको बीउ वितरण सुरु भएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लाका मध्यपहाडी क्षेत्र र तराईका कृषकलाई ७५ प्रतिशत अनुदानमा नयाँ प्रजातिको बीउ वितरण सुरु गरिएको हो । वितरित...

अज्ञात व्यक्तिले विष हालेर पोखरीका २५ सय माछा सखाप

२०७२ फागुन २१ गते १५:०८

जाजरकोट, २१ फागुन – जाजरकोटको भेरीमालिका नगरपालिका वडा नं ३ स्यालामा अज्ञात व्यक्तिले विष हालेर दुई हजार ५०० घरपालुवा माछा पोखरी सखाप भएको छ । व्यावसायिक माछा पालन गरेको पोखरीमा मङ्गलबार राति अज्ञात व्यक्तिले विष हालेर दुई ५०० माछाका भुरा मरेको माछापालक किसान सुनिल...

नक्कली भ्याट बिलसहित कपडा बरामद

२०७२ फागुन २१ गते ८:५१

झापा, २१ फागुन–इलाका प्रहरी कार्यालय बुधबारेले ११ लाख मूल्य बराबरको कपडा नक्कली भ्याट बिल बनाइ इलामको पशुपतिनगरबाट झापा ल्याउँदै गरेको अवस्थामा ग १ ज ४९८२ नंको भाडाको पिकअप भ्यानलाई बिहीबार नियन्त्रणमा लिएको छ । झापाको शान्तिनगर–६ स्थित मेची राजमार्गमा चेकजाँच गर्दा भ्यानमा लोड गरिएका...

नयाँ बजेट समृद्धिको आधारशिला तयार गर्ने खालको हुन्छ: अर्थमन्त्री

२०७२ फागुन २० गते १७:३६

काठमाण्डु, २० फागुन- अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रचलित मान्यता भन्दामाथि उठेर आर्थिक समृद्धिको आधार निर्माण गर्र्ने गरी आगामी आर्थिक वर्ष २०७३/७४ को बजेट तयार गरिने बताएका छन् । अर्थमन्त्रालयमा बिहीबार बसेको राजस्व परामर्श समितिको बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘जनताको लामो अपेक्षापछि अत्यधिक बहुमतले संविधानसभाबाट...

नाकाबन्दी र भूकम्पका कारण विद्युत प्राधिकरण आयोजनाको काम जहाँको त्यही

२०७२ फागुन २० गते १६:१९

काठमाण्डु, २० फागुन – नेपाल विद्युत प्राधिकरणले अगाडि बढाइरहेका चारवटा आयोजना भूकम्प र भारतको अघोषित नाकाबन्दीका कारण तोकिएको समयमा पूरा नहुने भएका छन् । गत वैशाखमा गएको भूकम्प र गत असोज ५ गतेदेखि भारतको अघोषित नाकाबन्दीका कारण इन्धन, निर्माण सामग्री तथा आयोजना स्थलमा मजदुर...

बागेश्वरी मन्दिर गुरुयोजना कार्यान्वयनमा आउँदै

२०७२ फागुन २० गते १५:०६

नेपालगन्ज, २० फागुन – नेपालगन्जको प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर गुरुयोजना कार्यान्वयनका लागि जिविस बाँकेले २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । जिविसको २५औँ परिषद् बैठकले आगामी आर्थिक वर्ष २०७२÷७३ का लागि बागेश्वरी मन्दिर गुरुयोजना कार्यान्वयनका लागि सो बजेट विनियोजन गरेको हो । स्थानीय...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us