अर्थ

वार्षिक साढे चार करोडको नुन खपत

२०७२ फागुन २६ गते १५:२४

म्याग्दी, २६ फागुन – धौलागिरि अञ्चलको बागलुङ, म्याग्दी, पर्वत र मुस्ताङ जिल्लामा वार्षिक चार करोड ५० हजार रुपैयाँबढीको नुन खपत हुने गरेको छ । साल्ट टे«डिङ कर्पोरेसन बागलुङका अनुसार धौलागिरिमा वार्षिक १७ हजार ५०० मेट्रिक टनभन्दा बढी नुन खपत हुने गरेको छ । गत...

नेपाली आकाशमा हिमाल एयरलाइन्सको नयाँ जहाज उड्ने

२०७२ फागुन २६ गते १२:४३

काठमाण्डु, २६ फागुन– निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले बुधबार आफ्नो पहिलो विमानका रुपमा एयरवस नेपाल ल्याउँदैछ । नेपाल नागरीक उड्ययन प्राधिकरणबाट कानुनी प्रक्रिया पूरा गरी विमान आइपुगेको एक महिनाभित्र व्यबसायीक उडान गर्ने कम्पनीका महाप्रबन्धक राजबहादुर केसीले जानकारी दिए । तिब्बत एयरलाइन्ससँग सहकार्य गरी कम्पनीले...

छ करोडभन्दा बढीको पक्की पुल बन्दै

२०७२ फागुन २६ गते १०:३९

कञ्चनपुर, २६ फागुन – कञ्चनपुरको बेलौरी नगरपालिकाको वैशाखा नालमा छ करोड रुपैयाँभन्दा बढीको लगानीमा पक्की पुल निर्माणको कार्य पुनः सुरु गरिएको छ । जग्गा विवादका कारण अवरुद्ध पुल निर्माणको कार्य विवाद साम्य भएपछि पुनः सुरु गरिएको हो । भारतीय बजार खजुरीया जोड्ने सडकमा सङ्घीय मामिला...

सरकारमा रहुन्ञ्जेल राम्रो काम गर्छौँ: अर्थमन्त्री

२०७२ फागुन २५ गते १७:५८

बुटवल, २५ फागुन- अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकार अहिलेको व्यवस्थापिका–संसद्को अन्तिम सरकार हुने बताएका छन् । उनले सरकारको फेरबदल संसद्को बहुमतले मात्र सम्भव हुने भएकाले सरकारसँग पूर्ण बहुमत रहेकाले वर्तमान संसद्को यो अन्तिम सरकार हुने स्पष्ट पारेका छन् । नेपाली काँग्रेसलगायत मधेसवादी दल सरकारमा...

विश्व बैंक नेपालका नयाँ निर्देशकले काम थाले

२०७२ फागुन २५ गते १६:४९

काठमाण्डु, २५ फागुन – नेपालका लागि विश्व बैंकका नवनियुक्त देशीय निर्देशक सिम्यो फ्यानले मंगलबारदेखि आफ्नो कार्यभार सम्हालेका छन् । उनलाई भुटान र बङ्गलादेशस्थित बैंकको जिम्मेवारी पनि सम्हाल्ने गरी नियुक्त गरिएको यहाँस्थित उक्त बैंकले जनाएको छ । नयाँ देशीय निर्देशकको नियुक्तिबारे प्रधानमन्त्री केपी शर्मा ओली,...

रसुवागढी नाकाबाट चिनियाँ सामग्री भित्रिँदै

२०७२ फागुन २५ गते १५:३१

रसुवा, २५ फागुन – रसुवागढी नाकाबाट क्रमिकरुपमा चिनियाँ सामग्री नेपाल भित्रन थालेको छ । चिनियाँ भू–भागको तिब्बत क्षेत्रमा ल्होसार पर्वमा त्यहाँका व्यवसायी चाडपर्व मान्न केन्द्रित भएका कारण लामो समयसम्म सामान आयात ठप्प भएको थियो । भन्सार अधिकृत श्याम बस्नेतका अनुसार पहिलो चरणमा स्याउ आयात...

कर्णालीको भोकमरी हटाउन निर्णायक कदम चालिन्छ : कृषिमन्त्री

२०७२ फागुन २५ गते १५:०२

जुम्ला, २५ फागुन- कृषिमन्त्री हरिबोल गजुरेल सडकमार्ग हुँदै जुम्ला पुगेका छन् । मन्त्री गजुरेलले कर्णालीका विभिन्न जिल्लाका कृषि सम्भाव्यता अध्ययन, समस्याको समाधानको योजना बनाउन यहाँ आएका छन् । उनले अहिलेको समयमा पनि भोकमरीको समस्या आउनु जटिल भएकाले यसको दिगो समाधान गर्न सरकारले उपयुक्त कदम...

पर्यटकको पर्खाइमा दोलखाको ‘च्योर्दुङ’

२०७२ फागुन २५ गते १४:४४

जिरी, २५ फागुन – पर्यटकीय सम्भावना बोेकेको दोलखाको च्योर्दुङ पर्यटकको आकर्षक गन्तव्य बन्न सकेको छैन । समुन्द्र सतहबाट दुई हजार चार सय मिटरको उचाइँमा रहेको च्योर्दुङ प्रचारप्रसार र पर्यटकको लागि आवश्यक भौतिक संरचना अभावका कारण ओझेलमा परेको हो । सदरमुकाम चरिकोटबाट ५६ किलोमिटर टाढा...

देशका तीन उत्कृष्ट महिला संस्थालाई पुरस्कार

२०७२ फागुन २५ गते १३:५९

काठमाण्डु, २५ फागुन – महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय, महिला, बालबालिका विभागले १०६औँ अन्तर्राष्ट्रिय महिला दिवसका उपलक्ष्यमा महिला विकास कार्यक्रमबाट प्रवद्र्धित महिला संस्थामध्ये तीनलाई उत्कृष्ट रुपमा छनोट गरी पुरस्कार दिने निर्णय गरेको छ । छनोट हुनेमा प्रगतिशील महिला बचत तथा ऋण सहकारी संस्था लि...

सोलारले झिलीमिली बन्यो सलकपुर, न लोडसेडिङको टेन्सन न त महशुलको झन्झट

२०७२ फागुन २५ गते १२:१०

इलाम, २५ फागुन – बिजुली बाल्ने आशामा वर्षौं बितिसक्दा पनि सरकारी तवरबाट विद्युतीकरण नभएपछि स्थानीयवासीले आफ्नै प्रयासमा जिर्मले गाविसका १, २ र ३ नं वडामा सौर्य ऊर्जा जडान गरेर गाउँलाई नै झिलीमिली वनाएका छन् । विद्युतीकरणका लागि एकदशकअघि नै खम्बा गाडिए, केही परसम्म तार...

ऊर्जा सङ्कटकालसम्बन्धी अवधारणा कार्यान्वयनको चरणमा

२०७२ फागुन २४ गते १४:५७

काठमाण्डु, २४ फागुन- सरकारले ‘ऊर्जा सङ्कटकालसम्बन्धी कार्ययोजना २०७२’लाई कार्यान्वयन गर्ने लक्ष्यका साथ नीतिगत व्यवस्थाका लागि आवश्यक तयारी सुरु गरेको छ । दश वर्षमा दश हजार मेगावाट विद्युत् उत्पादन गर्ने र आगामी दुई वर्षभित्र विद्युत्भार कटौतीलाई पूर्ण रुपमा अन्त्य गर्ने उद्देश्यका साथ सरकारले यही फागुनको...

यूरोको असर बेलायतमा पनि देखियो

२०७२ फागुन २४ गते १२:५२

एजेन्सी-बेलायतको युरोपेली युनियन (ईयू) को सदस्यता कायम रहे वा नरहे पनि युरो एक जटिल समस्याका रुपमा रहिरहने एक कार्यक्रमबीच बेलायतका बैंकका पूर्व–गभर्नरले बताएका छन् । पूर्वगभर्नर मार्भिन किङ्गले भने, बेलायतले युरो प्रयोग नगरे पनि हामी यसको असरबाट प्रभावित रहने छौँ । उनले भनेका छन्,...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us