काठमाण्डु, २८ फागुन-प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्र खाद्यान्नमा नेपाललाई आत्मनिर्भर बनाउने अभियानका साथ सरकार अघि बढेको बताएका छन् । नेपाल जाइका अल्मनाई एसोसिएसन (जान)को ४२औं स्थापना दिवसका आवसरमा शुक्रबार यहाँ आयोजित ‘नेपालको कृषि विकासको क्षेत्रमा जापानी सहयोगको छ दसक’ विषयक राष्ट्रिय कार्यशालामा उनले...
जाजरकोट, २८ फागुन – जाजरकोटका एक दर्जनभन्दा बढी गाविसमा चरम खाद्यान्न सङ्कट देखिएको छ । ठेकेदारको लापर्बाहीले अहिलेसम्म जाजरकोटको पश्चिममा रहेका दुईवटा डिपोमा चामल ढुवानी हुन सकेको छैन । पश्चिम क्षेत्रको दशेरा डिपो र पजारुको घोगी डिपोमा सम्झौता भएको लामो समय बित्दा पनि चामल...
नेपालगन्ज, २८ फागुन – द्धन्द्धकालीन अवस्थामा धर्मराएको नेपालगन्जको होटल व्यवसाय क्रमशः फस्टाउँदै गएको पाइन्छ । मध्य पश्चिमाञ्चलको व्यापारिक सहर नेपागन्जको होटल तथा पर्यटन व्यवसायमा पछिल्लो आँकडाअनुसार तीन अर्ब रुपैयाँभन्दा बढी लगानी भएको छ । होटल अर्गनाइजेसन नेपालका अनुसार पछिल्लो तीन वर्षको अवधिमा यो सहरका...
काठमाण्डु, २७ फागुन – ‘दश वर्षमा दश हजार मेगावाट’ विद्युत् उत्पादन गर्ने लक्ष्यलाई पूरा गर्ने उद्देश्यसहित सरकारले ऊर्जा क्षेत्रमा लगानी गरिरहेका अन्तर्राष्ट्रिय दातृ निकायको सम्मेलन गर्ने तयारी गरेको छ । सम्मेलनको मिति तय नभए पनि मुलुकको ऊर्जा क्षेत्रको विकास र विस्तारमा सहयोग पु¥याउने लक्ष्यका...
काठमाण्डु, २७ फागुन – जापान सरकारले भूकम्पबाट अति प्रभावित जिल्लामा सहकारी खेती, साना सिँचाइ, उन्नत बीउ तथा मलखादको सहुलियतपूर्ण ढुवानीका निम्ति समकक्षी कोषबाट १० करोड रुपैयाँ उपयोग गर्न नेपाललाई अनुमति दिएको छ । कृषि उत्पादकत्व वृद्धिका लागि जापान सरकारको वित्तीय सहयोगमा स्थापना भएको उक्त...
भक्तपुर, २७ फागुन – भक्तपुरका किसानले कृषिमा सरकारले दिने अनुदान टाठोबाठोले मात्र प्राप्त गर्ने गरेको गुनासो गरेका छन् । सरकारी निकायको लामो र झन्झटिलो कागजी प्रक्रियाका कारण वास्तविक किसानले भन्दा व्यावसायिक फार्मका नाममा सिमित टाठोबाठोले सरकारी अनुदान पाउने गरेको उनीहरुले बताएका छन् । बुधबार...
विराटनगर, २७ फागुन – पूर्वी नाका विराटनगर भएर सात महिनाको अवधिमा भारतबाट चार करोड ५० लाख रुपैयाँभन्दा बढीको तरकारी आयात भएको छ । सो अवधिमा सबैभन्दा बढी चार करोड नौ लाख ९७ हजार रुपैयाँको प्याज र २९ लाख ८५ हजार रुपैयाँको आलु आयात भएको...
चितवन, २७ फागुन – चितवनमा गत वर्ष बीउबाट दुई अर्ब ५९ करोड १० लाख रुपैयाँ आम्दानी भएको छ । गत वर्ष विभिन्न खाद्यान्न बालीको पाँच हजार ५१ मेट्रिक टन धान, मकै, गहुँ, तोरी, मुसुरो, राज्मा, बोडी, भटमासको बीउ उत्पादन भएको थियो । जिल्ला कृषि विकास...
म्याग्दी, २७ फागुन – म्याग्दीको धार्मिक एवम पर्यटकीयस्थल टोड्केमा सञ्चालन भएको दोस्रो टोड्के महोत्सवलाई सफल बनाउन प्रवासी म्याग्देलिको संस्था म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) अन्तराष्ट्रिय कार्यकारी समितिले एक लाख रुपैयाँ सहयोग गरेको छ । फागुन २५ गतेदेखि सुरु भएको दोस्रो टोड्के महोत्सवमा मोनाका महासचिब...
मोरङ, २७ फागुन – विराटनगरका भन्सार एजेन्टहरूले पेनडाउन गर्दै आन्दोलनमा उत्रिएपछि भन्सार कार्यालयको काम प्रभावित भएको छ । भन्सार एजेन्ट सङ्घ विराटनगरका अध्यक्ष विजेन्द्र परासरका अनुसार भन्सार जाँचपास भएर पठाइएका सामान चेकजाँचमा प्रहरीले दुःख दिएको भन्दै एजेन्टले आन्दोलन सुरु गरेका हुन् । अध्यक्ष परासरले...
चितवन, २६ फागुन – नाकाबन्दी खुलेपनि इन्धन आपूर्ति सहज हुन नसक्दा सवारी रोकेर काम थालेको नारायणगढ–मुग्लिन सडकखण्ड फराकिलो बनाउने कार्य लक्ष्य अनुरुप हुनसकेको छैन । हरेक दिन दिउँसो चारघण्टा यातायात आवागमन बन्द गरेर काम अगाडि बढाइएको छ । बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म...
काभ्रेपलाञ्चोक, २६ फागुन – पर्यटनको आधार मानिने होम स्टे (घरबास) कार्यक्रमको व्यावसायिक प्रवद्र्धनका लागि सरकारले विशेष कार्ययोजना अघि बढाउने भएको छ । ग्रामीण पर्यटन घरबास कार्यक्रम भूकम्प र नाकाबन्दीबाट प्रभावित भएपछि सरकारले व्यावसायिक प्रवद्र्धन तथा लगानीमा प्रोत्साहन गर्ने कार्यक्रम ल्याउन लागेको हो । संस्कृति,...