नुवाकोट, २९ फागुन- संयुक्त राष्ट्र सङ्घका सहायक महासचिव तथा (युएनडिपी)का एसिया प्रशान्त क्षेत्रका निर्देशक हावलीयाङ सुले नुवाकोटको थानसिङ्गमा तरकारी कृषिउपज सङ्कलन केन्द्र तथा बजार केन्द्रको उद्घाटन गरेका छन् । बितलबदवी तरकारी तथा कृषि उपज सङ्कलन, बजार केन्द्र १५ लाखको लगानीमा (युएनडिपी)ले निर्माण गराएको हो...
पर्वत, २९ फागुन – फलामखानी गाविसमा निर्माण गरिएको वायु ऊर्जा केन्द्र अलपत्र परेको छ । एक दशकअघि स्थापना भई सञ्चालनमा आएको उक्त वायु ऊर्जा केन्द्र समयसमयमा मर्मतसम्भारको अभावमा प्रयोगविहीन बन्न पुगेको छ । केन्द्रबाट विद्युत् उत्पादन नभएकाले त्यहाँ जडित सामानसमेत काम नलाग्ने अवस्थामा पुगेका...
दाङ, २९ फागुन– वाणिज्य तथा आपूर्ति मन्त्री गणेशमान पुनले पेट्रोलियम कानुन चाँडै बन्ने बताएका छन् । रिपोर्टर्स क्लव नेपाल दाङ शाखाले शनिवार तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले सो कुरा बताएका हुन् । कार्यक्रममा उनले उपभोक्ताको हित अनुरुप पेट्रोलियम सम्बन्धी नीति तथा विनियमहरु लागु गर्न सरकार...
गोरखा २९ फागुन – भूकम्पले घर ध्वस्त बनाएपछि टहरामा बस्दै आएकी दिलकुमारी लामिछानेले त्यही टहरामा होमस्टे (घरवास पर्यटन) चलाएर जीविकोपार्जन गर्न थालेकी छन् । गत बैशाखको गोरखा भूकम्पमा परी यस गाउँका अधिकांश घर भत्किएका र होटल रेस्टुराँसमेत नहुँदा यहाँ आउने पर्यटकको सुविधाका लागि वसोवासको...
काठमाण्डु, २९ फागुन – ग्यास बिक्रेता महासंघका प्रतिनिधि मण्डलले एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेको छ । शनिबार बिहान प्रचण्ड निवास लाजिम्पाट पुगेको ग्याँस बिक्रेताहरुको टोलीले ग्यासको आपूर्ति सहज बनाउन राजनीतिक रुपमा पहल गर्नुपर्ने माग गरेको थियो । जवाफमा अध्यक्ष प्रचण्डले...
जनकपुरधाम, २९ फागुन – जिल्ला विकास समिति धनुषाले ‘सभ्यता, संस्कृति, पर्यटन र पूर्वाधारले युक्त तराईको उषा, समावेशी न्यायपूर्ण, स्वावलम्बी र समृद्ध हाम्रो धनुषा’ नारासहित आगामी आर्थिक वर्ष २०७३÷७४ का लागि रु अर्ब ६८ करोड ७८ लाख नौ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ ।...
भक्तपुर, २९ फागुन–नेकपा (एमाले)का उपाध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले अब नेपालले भारतसँग मात्र नभई चीनलगायत अन्य तेस्रो मुलुकसँग पनि व्यापार सम्झौता गर्ने बताएका छन् । उच्चमाध्यमिक शिक्षा परिषद् नेपाल राष्ट्रिय कर्मचारी संघको अधिवेशनको शुक्रबार उद्घाटन गर्दै उनले भारतसँग मात्र भर पर्दा पटकपटक नाकाबन्दी व्यहोर्नु...
काठमाण्डु, २८ फागुन – ऊर्जा मन्त्रालयले मागअनुसार निर्णय नगर्दा माथिल्लो त्रिशूली थ्री बी जलविद्युत् आयोजना ३७ मेगावाट क्षमतामा नै निर्माण गर्नुपर्ने भएको छ । नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकममा कार्यरत विभिन्न सङ्घ संस्था एवम् आयोजनाले कूल ४२ मेगावाट क्षमतामा नै सो आयोजना अगाडि बढाउन...
डडेल्धुरा, २८ फागुन- विगतमा जस्तो केन्द्रले विकास बजेट र योजना तर्जुमा गर्दा सुदूरपश्चिमलाई गरिँदै आएको भेदभावको अन्त्य गरिने अर्थराज्यमन्त्री दामोदर भण्डारीले बताएका छन् । सुदूरपश्चिमबाट नै अर्थ मन्त्रालयमा पहिलोपटक राज्य मन्त्रालयको जिम्मेवारी बहन गर्दै आइरहेका भण्डारीले सुदूरको समग्र बजेट ११ प्रतिशतबाट माथि लैजाने र...
रौतहट, २८ फागुन – गौर नगरपालिकाको २३औं नगर परिषद्ले आर्थिक वर्ष २०७३/७४ का लागि १० करोड १५ लाख ८३ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । नगरपालिकाका कार्यकारी अधिकृत उदयप्रसाद देवकोटाले चालु आवको संशोधित तथा आगामी आवको अनुमानित बजेट प्रस्तुत गरेका हुन् । बजेटमा...
बाजुरा, २८ फागुन – बाजुरामा दर्ता भएका २२ वटा हाते कागज उद्योग लोक्ताको समस्याका कारण सङ्कटमा परेका छन् । घरेलु तथा साना उद्योग समितिमा दर्ता भएका उद्योगले जिल्ला वन कार्यालबाट कच्चापदार्थ सङ्कलनका लागि पूर्जी लिनुपर्ने नियम छ, तर लिएको सङ्कलन पूर्जी बराबरको लोक्ता नपाउँदा...
चितवन, २८ फागुन – चितवनको शक्तिखोरमा महिलाले सञ्चालन गरेको पशु हाटबजार नमुना बन्दै गएको छ । गाउँभरिका खसी, बोका, बाख्रा र अन्य पशु सङ्कलन गरेर बिक्री गरिने पशु हाटबजारमा पछिल्लो समयमा चहल पहल बढ्दै गएको छ । स्थानीय महिला आबद्ध भएकोे सहकारीमार्फत सञ्चालनमा आएको...