अर्थ

जलविद्युत आयोजना अधिकल्चो बनाएर भारतीय कम्पनी कहाँ गए ?

२०७२ चैत ३ गते १७:२३

म्याग्दी, ३ चैत – भारतीय निर्माण व्यवसायीले अधिकल्चो बनाएर छोडेको जिल्लामा निर्माण हुन लागेको राहुघाट जलविद्युत आयोजना अन्योलमा परेको छ । नेपाल विद्युत् प्राधिकरणले भारतीय कम्पनी आइभिआरसिएलसँग भएको ठेक्का सम्झौता तोडेर क्षमता विस्तार गरी निर्माण कार्य अघि बढाउन तीन महिनाअघि सुरु गरेको प्रक्रिया अझै...

चीनले दियो १० हजार थान इन्डक्सन कुकर

२०७२ चैत ३ गते १७:०१

काठमाण्डु, ३ चैत – नेपाल सरकारलाई अनुदान सहयोगमा प्राप्त भएको १० हजार थान आकस्मिक इन्डक्सन कुकर हस्तान्तरण गरिएको छ । नेपालीका लागि चिनीया राजदूत वु चुन्ताईले आपूर्ति मन्त्रालयका सचिव श्रीधर सापकोटालाई सहयोगसम्बन्धी पत्र हस्तान्तरण गरे । आपूर्ति सचिव सापकोटाले भूकम्पमा र नाकाबन्दीमा चिनियाँ सरकारले पु¥याएको...

झापाका लागि ३७ करोड बजेट

२०७२ चैत ३ गते १५:३३

भद्रपुर, ३ चैत – जिल्ला विकास समिति झापाले आगामी आर्थिक वर्ष २०७३/७४ का लागि ३७ करोड २५ लाख नौ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । जिल्लाको कुल पाँच अर्ब ९७ करोड छ लाख चार हजार रुपैयाँ बजेटमा पूर्वाधार विकाससँग सम्बन्धित कार्यालयका लागि एक...

बाख्रापालनका लागि ग्रामिण महिलालाई रकम दिइने

२०७२ चैत ३ गते १५:२४

नवलपरासी, ३ चैत – जिल्लाको ग्रामीण क्षेत्रका महिलालाई महिला तथा बालबालिका कार्यालयले बाख्राका लागि रकम वितरण अभियान चलाएको छ । गरिब र विपन्न समुदायका महिलालाई जीविकोपार्जनतर्फ उन्मुख गर्न यस्तो अभियान चलाइएको महिला तथा बालबालिका कार्यालयका प्रमुख उर्वरा लुईँटेलले जानकारी दिए । ‘बाख्रापालन आम्दानीको राम्रो...

चिया एक कपको पाँच रुपैयाँ !

२०७२ चैत ३ गते ८:३९

मोरङ, ३ चैत– अहिलेको बजारमा एक कप चियाको मूल्य कति रुपैयाँ पर्ला ? १०, १५, २० वा त्यो भन्दा बढी ? तर मोरङको कोसी हरैँचा नगरपालिका विराटचोकका लीलाप्रसाद सञ्जेलले भने त्यो भन्दा निकै कममा अर्थात पाँच रुपैयाँ कप चिया बेच्दै आएका छन् । पाँच...

मुस्ताङमा पर्यटक घटे

२०७२ चैत २ गते १७:४१

मुस्ताङ, २ चैत – जिल्लामा हवाई मार्ग हुँदै आउने पर्यटकको सङ्ख्या घटेको देखिएको छ । नयाँ याम सुरु भए पनि हवाई मार्ग हुँदै आउने पर्यटकको सङ्ख्या घटेको पाइएको छ । जनवरी र फेब्रुअरी महिनामा हवाई मार्ग हुँदै आउने पर्यटकको सङ्ख्या करिब ४० प्रतिशतले घटेको...

चिनियाँ सहयोगमा निर्माणाधीन सुख्खा बन्दरगाहको काम ठप्प

२०७२ चैत २ गते १७:३१

चौतारा, २ चैत – सिन्धुपाल्चोकको तातोपानी स्थित लार्चामा चिनियाँ सहयोगमा निर्माण भइरहेको सुख्खा बन्दरगाहको निर्माण कार्य एक वर्षदेखि ठप्प भएको छ । भूकम्प र त्यसपछिका परकम्पका कारण बाह्रबिसे–तातोपानी सडकखण्ड तथा त्यस क्षेत्रका सम्पूर्ण भौतिक संरचना ध्वस्त भएपछि सुख्खा बन्दरगाहको काम ठप्प भएको हो ।...

पर्यटन विकासका लागि नीतिगत सुधार आवश्यक छ: भट्टराई

२०७२ चैत २ गते १७:२६

ताप्लेजुङ, २ चैत-नेकपा एमालेका सचिव योगेश भट्टराईले आर्थिक विकासको प्रमुख मेरुदण्डका रुपमा रहेको पर्यटन क्षेत्रलाई सुदृढ गर्न नीतिगत सुधार आवश्यक भएको बताएका छन् । एमाले मेची अञ्चल कमिटीले सञ्चालन गरेको पर्यटन प्रर्वद्धन कार्यक्रम अन्तर्गत मंगलबार यहाँ प्रभातफेरि कार्यक्रमको उद्घाटन गर्दै उनले पर्यटन क्षेत्रलाई व्यावसायिक...

माथिल्लो कर्णालीको पिडिएमा यस्ता छन् मुलुकको हित विपरित भनिएका विवादित प्रावधान

२०७२ चैत २ गते १७:१९

काठमाण्डु, २ चैत – लगानी बोर्डले सार्वजनिक गर्न अस्वीकार गर्दै आएको माथिल्लो कर्णाली जलविद्युत आयोजनाको आयोजना विकास सम्झौता (पिडिए)मा रहेका केही प्रावधान मुलुकको हित विपरित रहेको पाइएको छ । राष्ट्रिय सूचना आयोगको आदेशअनुसार बोर्डले सोमबार सार्वजनिक गरेको उक्त पिडिए नेपाल सरकार र भारतीय कम्पनीबीच...

यस वर्ष तीन अर्ब बराबरको आँप फल्ने अनुमान

२०७२ चैत २ गते १५:२६

जनकपुधाम, २ चैत – मध्यतराईमा यस वर्ष बोटमा बढी मञ्जरी लागेकाले धनुषामा करिब तीन अर्ब रुपैयाँको आँप फल्ने अनुमान छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार यस वर्ष जिल्लामा दुई हजार २७१ हेक्टर क्षेत्रफलमा आँपखेती गरिएकामा ३१ हजार ७९४ मेट्रिक टन उत्पादन हुने अनुमान...

लहान नगरपालिकाको बजेट पन्ध्र करोड

२०७२ चैत २ गते १५:१९

लहान, २ चैत – लहान नगरपालिकाले अगामी आर्थिक वर्र्ष २०७३/७४ को लागि १५ करोड ६१ लाख ७८ हजार रुपैयाँको बजेट प्रस्तावित गरेको छ । सोमबारको नवौँ नगरपरिषद् बैठकमा नगरपालिकाका कार्यकारी अधिकृत महमद शेरे मुस्तफाले आन्तरिकतर्फ तीन करोड ३३ लाख ७८ हजार रुपैयाँ र बाह्यतर्फ...

पशुमा कृत्रिम गर्भाधान बढ्यो

२०७२ चैत २ गते १३:४२

वालिङ, २ चैत – पशुमा कृत्रिम गर्भाधानप्रति स्याङ्जाका किसानको आकर्षण बढ्दै गएको छ । जिल्ला पशुसेवा कार्यालयका पशु चिकित्सक कृष्ण थकालीका अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा कुल ८५१ पशुमा कृत्रिम गर्भाधान गरिएको छ । सबै भन्दा धेरै भैँसी ४६०, गाई ३४७ र बाख्रा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us