अर्थ

पर्यटकीय सम्भावनको घुम्टो उघार्दै टोड्के

२०७२ चैत ४ गते १७:३१

म्याग्दी, ४ चैत – पहाडको टाकुरामा समथर भूगोल । उत्तर र पूर्वतर्फ लहरै हिमाल । बिहानीमा चम्किलो प्रकाश छर्दै उदाउने सूर्य । वसन्त ऋतुमा ढकमक्क फुल्ने लालीगुराँसको पुष्ठभूमिको तल ग्रामीण बस्ती । मगर बाहुल्य गाउँ, परम्परागत कला र संस्कृति, आत्मीय आतिथ्यता, जैविक विविधतामा मात्रै...

लौ घुमौँ खप्टड मात्र पन्ध्र हजारको ‘टुर प्याकेज’मा !

२०७२ चैत ४ गते १६:३८

कञ्चनपुर, ४ चैत – पन्ध्र हजार रुपैयाँ खर्च गरेर कञ्चनपुरदेखि खप्तडसम्म घुम्नका लागि साप्ताहिक ‘टुर प्याकेज’ सञ्चालनमा ल्याइएको छ । मोहित ट्राभल्स एन्ड टुर प्राइभेट लिमिटेड, शुक्लाफाँटा जङ्गल कटेज र होटल न्यू आनन्द महेन्द्रनगरले यही वैशाख ४ गतेसम्मका लागि संयुक्तरुपमा प्याकेज सञ्चालनमा ल्याएका हुन्...

एक करोड राजस्व सङ्कलन

२०७२ चैत ४ गते १६:१०

झापा, ४ चैत – जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा एक करोड दुई लाख ४३ हजार ५०० रुपैयाँ राजस्व सङ्कलन गरेको छ । ट्राफिक नियम उल्लङ्घन गर्दै चलाइएका साना ठूला सवारी साधनबाट उक्त राजस्व सङ्कलन गरिएको हो । प्रहरीले जिल्लाका विभिन्न...

डिजेल अभाव छिट्टै सहज हुन्छ: आपूर्ति मन्त्री

२०७२ चैत ४ गते १६:०४

काठमाण्डु, ४ चैत-भारतीय आयल कर्पोरेसन (एनओसी)ले नेपाल आयल निगमलाई पेट्रोलको तुलनामा डिजेल कम पठाएको हुँदा बजारमा केही अभाव देखिएको आपूर्ति मन्त्रालयले जनाएको छ । आलोपालो रुपमा एउटै गाडीले पेट्रोल र डिजेल भारतबाट ल्याउँदा पनि बजारमा डिजेलको केही अभाव देखिएको र केही दिनभित्र अभाव हट्नेसमेत...

विकट गाविसका एक हजार महिलाको बाख्रापालन फस्टायो

२०७२ चैत ४ गते १६:०३

चितवन, ४ चैत – जिल्लाको विकट गाविस कोराकमा बाख्रापालन व्यवसाय फस्टाएको छ । विपन्न किसानको आयआर्जन विकासका लागि सञ्चालित सानाकिसान उद्यमी सवलीकरण परियोजनाका कारण किसान बाख्रापालनतर्फ आकर्षित भएका हुन् । स्थानीय कोराक गाविससँगको सहकार्यमा सञ्चालन भएको परियोजनामा अहिले करिब एक हजार ११० महिला आबद्ध...

नियम पूरा नगर्ने १० सहकारी संस्था खारेजी

२०७२ चैत ४ गते १६:०१

कञ्चनपुर, ४ चैत – सहकारी डिभिजन कार्यालय महेन्द्रनगरले वार्षिक लेखा परीक्षण नगरी कारोबार सञ्चालन गर्ने जिल्लाका १० सहकारी संस्थाको दर्ता खारेजी गरेको छ । तीन वर्षदेखि लेखा परीक्षण प्रतिवेदन नबुझाउने र साधारणसभा नगर्ने सहकारी संस्थाको दर्ता खारेजी गरिएको हो । सहकारी डिभिजन कार्यालयका प्रमुख...

नि:शुल्क स्रोत छोडेर शुल्क तिनेर पानी पिउन उपभोक्ता अकर्षित

२०७२ चैत ४ गते १५:५२

चितवन, ४ चैत – भूमिगत रुपमा यहाँ पानीको स्रोत रहे पनि सरकारी निकायबाट वितरण गरेको पानीप्रतिको विश्वसनीयता बढ्दै गएपछि उपभोक्ताको सङ्ख्या थपिँदै गएको छ । भरतपुर उपमहानगरपालिका क्षेत्रका उपभोक्तालाई लक्षित गरी काम गरिरहेको भरतपुर खानेपानी व्यवस्थापन बोर्डले वितरण गरेको खानेपानीको ग्राहक सङ्ख्या १८ हजार...

नेपालको ‘स्विट्जरल्यान्ड’ जिरी, पूर्वाधार अभावमा ओझेलमा पर्दै

२०७२ चैत ४ गते १५:४२

दोलखा, ४ चैत । जिल्लाको जिरी भन्नेबित्तिकै जसलाई पनि धेरै कौतुहलता र जिज्ञासाले सताइरहेको हुन्छ । तर तपाईं त्यहाँ पुग्नुभयो भने ती सबै जिज्ञासाको उत्तर पाउनुहुन्छ । ‘नेपालको स्विट्जरल्यान्ड’ नामको उपमाले परिचित जिरी प्राकृतिक सुन्दरताका कारण प्रख्यात छ । यहाँबाट गौरीशङ्कर हिमशृङ्लाको दृश्यावलोकन सहजै...

महिलाद्धारा सञ्चालित कपडा उद्योग संकटमा

२०७२ चैत ४ गते १५:३३

म्याग्दी, ४ चैत – जिल्लाको चिमखोलामा महिलाले सञ्चालन गरेको अल्लो कपडा उद्योग सङ्कटमा परेको छ । दक्ष जनशक्तिको अभाव भएपछि सो उद्योग बन्द हुने अवस्थामा पुगेको हो । विसं २०६५ मा स्थापना भएको ‘शान्ति अल्लो कपडा तथा बुनाइ उद्योग’ नियमित रुपमा सञ्चालन हुन सकेको...

मुस्ताङमा सडकका लागि मात्रै पाँच करोडको बजेट

२०७२ चैत ४ गते ११:४१

मुस्ताङ, ४ चैत – हिमाली जिल्ला मुस्ताङमा सबैभन्दा बढी सडकका योजना माग भएको छ । २४औँ जिल्ला परिषद्मार्फत २२ वटा सडक आयोजना निर्माणका लागि पाँच करोड ९९ हजार रुपैयाँ बजेट प्रस्ताव गरिएको छ । सोह्र गाविस रहेको जिल्लाका सबै गाविस कार्यालयसम्म सडक सञ्जालको पहुँच...

सबै दल एकजुट हुनुपर्नेमा पूर्वराष्ट्रपति यादवको जोड

२०७२ चैत ४ गते ११:३५

मोरङ, ४ चैत– पूर्वराष्ट्रपति डा रामवरण यादवले राजनीतिक गतिरोध अन्त्यका लागि सबै दल एकजुट हुनुपर्नेमा जोड दिएका छन् । मोरङको विराटनगर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै यादवले मुख्य ठूला दल एकजुट नभई राजनीतिक गतिरोध अन्त्य नहुनेसमेत बताए । यादवले लोकतान्त्रिक विधिबाट जारी भएको संविधानलाई नै...

यस जिल्लाका किसानको आम्दानीको स्रोत केरा खेती

२०७२ चैत ३ गते १७:३१

बाँके, ३ चैत – जिल्लाका किसान व्यावसायिक केरा खेतीतर्फ आकर्षित भएका छन् । पहिले धान गहुँ लगाउने किसानले केही वर्षयता व्यावसायिक केराखेती गर्न थालेका हुन् । केराखेतीमा यथेष्ट आम्दानी हुने भएकाले व्यावसायिक रुपमा लागेको महादेवपुरीका किसान लक्ष्मीप्रकाश केसीले बताए । पानीको सुविधा भए केराखेती...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us