काठमाण्डु, ९ चैत-पछिल्लो समय काठमाण्डु महानगरपालिकाभित्र सञ्चालित ठूला होटल करको दायरामा आउन थालेका छन् । महानगरपालिकाले कर नबुझाउने ठूला होटललाई कारबाहीको प्रक्रिया सुरु गरेपछि ती होटल करका शीर्षकसहित विवरण लिएर आउने क्रम बढेको हो । महानगरपालिकाका राजस्व महाशाखा प्रमुख ध्रुव काफ्लेका अनुसार पिछल्लो समय...
काठमाण्डु, ८ चैत-नेपाल र चीनबीच बैंकिङ सूचना आदानप्रदान गर्ने विषयमा द्विपक्षीय सम्झौता भएको छ । नेपाल राष्ट्र बैंकका गर्भनर डा चिरञ्जीवी नेपाल र चीनका बैंकको नियमन तथा सुपरीवेक्षण गर्ने निकाय चाइना बैंकिङ रेगुलेटरी कमिसन९सिआरबी०का अध्यक्ष साङ फुलिङबीच द्विपक्षीय सहयोग एवम् सूचना आदानप्रदानसम्बन्धी सम्झौता भएको...
पाल्पा, ८ चैत – जिल्ला मालपोत कार्यालयले चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा एक करोड ७५ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । सो कार्यालयले घरजग्गा दर्तातर्फ एक करोड ६७ लाख ६७ हजार रुपैयाँ, रातोपूर्जा बिक्रीतर्फ ३६ हजार रुपैयाँ, न्यायिक दस्तुर २ लाख २१ हजार...
काठमाण्डु, ८ चैत – भूकम्प र नाकाबन्दीका कारण नेपाली हस्तकलाको निर्यात घटेको छ । नेपाल हस्तकला महासङ्घको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७०/७१ मा पाँच अर्ब तीन करोड ५९ लाख रुपैयाँको सामान विदेश निर्यात भएकोमा आव २०७१/७२ मा चार अर्ब ७८ करोड ५४ लाख ७६ हजार...
धनगढी, ८ चैत – भारतबाट आयात हुने सिमेन्ट माथिको निर्भरता यस क्षेत्रमा घट्न थालेको छ । स्वदेशमा उत्पादित सिमेन्टको माग बढेपछि भारतबाट आउने सिमेन्ट माथिको निर्भरता घटेको हो । भारतबाट भित्रिने सिमेन्टको मूल्यको तुलनामा नेपालमा उत्पादित सिमेन्ट सस्तो र गुणस्तर भएकाले बजारमा नेपाली सिमेन्टको...
म्याग्दी, ८ चैत – जिल्लाको सिंगाका कृषकले दूध बेचेर गाउँमा वार्षिक लाखौँ रुपैयाँ भित्र्याउने गरेका छन् । बेनी नगरपालिका– १३ र १४ मा पर्ने सिङ्गाका कृषकले दूधबाट पछिल्लो एक वर्षको अवधिमा पैँतालीस लाख रुपैयाँ भित्र्याएका हुन् । सिङ्गामा रहेको जनभावना दुग्ध सहकारी संस्थामा आबद्ध...
पाल्पा, ८ चैत – जिल्लाको दोस्रो मुख्य बाली मानिने धान बालीअन्तर्गत पर्ने चैतेधान लोप हुँदैछ गएको छ । पर्याप्त सिँचाइ सुविधा नहुनु, कामदारका अभावका कारण चैतेधान जिल्लाबाट हराउँदै गएको हो । जिल्लाको मुख्य अन्न भण्डारका रुपमा लिइने माडी फाँटमा ९७ प्रतिशत कृषकले अहिले चैतेधान...
लहान, ८ चैत – जिल्ला कृषि विकास कार्यालय सिरहाले जिल्लाका तीनजना किसानलाई ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’बाट पुरस्कृत गरेको छ । धनगढीमाई नगरपालिकाका कपिलदेव चौधरी, सिरहा नगरपालिकास्थित सुनचैनाका नागेन्द्र यादव र फुलकाहाकट्टी गाविसका पाण्डव मण्डललाई उक्त पुरस्कार प्रदान गरेको हो । पुरस्कृत किसानमध्ये चौधरी फलफूल...
मोरङ, ८ चैत – आव ०७३/०७४ का लागि जिल्ला विकास समिति मोरङले एक अर्ब ४१ करोड ७४ लाख रुपैयाँको बजेट प्रस्ताव गरेको छ । जिविस मोरङले यो बजेट आउने केन्द्रीय बजेटलाई समेत समेटेर तयार गरेको जनाएको छ । मोरङका स्थानीय विकास अधिकारी नारायाणप्रसाद मैनालीले...
काठमाण्डु, ७ चैत – बजारमा सर्वसाधारण उपभोक्ताको मागको तुलनामा सुनको आपूर्ति तीन गुणाले वृद्धि भएपछि सुन तथा गरगहनाको कारोबार प्रभावित भएको छ । गत फागुनदेखि सुनको मूल्यमा वृद्धि हुने क्रम सुरु भएपछि बजारमा सुन खरिद गर्न भन्दा बेच्न सर्वसाधारण तथा उपभोक्ताको भीड लागेको हो...
जाजरकोट, ७ चैत – जाजरकोटका पूर्वसभासद् भक्तबहादुर शाह बिहान उठ्ने बित्तिकै बारीमा जान्छन् । आफूले लगाएका विभिन्न खेतीको गोडमेल र सिँचाइमा व्यस्त हुन्छन् । हातमा कुटो, कोदालो र हैन्डपु्रनर लिएर बिरुवाको संरक्षण तथा गोडमेल गर्ने शाह बिहानभरि काम सकेर दिनभर अन्य काममा व्यस्त रहन्छन्...
काठमाण्डु, ७ चैत-व्यवस्थापिका–संसद्, अर्थ समितिले निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल र काठमाण्डु–तराई मधेस द्रुत मार्ग सरकार आफैले निर्माण गर्न निर्देशन दिएको छ । समितिको आइतबारको बैठकले राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेका ती दुवै परियोजना नेपाली लगानी र सीपमा नै निर्माण गर्नुपर्नेमा जोड दिँदै तत्काल प्रक्रिया...