अर्थ

आवको लक्ष्य अनुसारको राजस्व साढे चार महिना अगाडिनै सङ्कलन

२०७२ फागुन २० गते १३:४२

भीमदत्तनगर, २० फागुन – कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले चालु आर्थिक वर्षको लक्ष्य अनुसारको राजस्व रकम साढे चार महिना अगाडिनै सङ्कलन गरेको छ । आव २०७२/७३ मा भन्सार कार्यालयले रु १४ करोड ७७ लाख वार्षिक राजस्व सङ्कलन गर्ने लक्ष्य पुरा गरेको छ । आगामी असारसम्म...

विकास मन्त्रालयको बेवास्ताका कारण एक अर्ब बढीका योजना अलपत्र

२०७२ फागुन २० गते १३:२९

कपिलवस्तु, २० फागुन – स्थानीय विकास मन्त्रालयको बेवास्ताका कारण जिल्लाको १०० भन्दा बढी योजना अलपत्र छन् । जिल्लाका नदीनालाबाट नदीजन्य पदार्थ निकासीका लागि समयमा स्वीकृति दिन ढिलाइ गरेपछि यी योजना सुरु हुन सकेका छैनन् । नदीजन्य पदार्थको अभावले जिल्लाका नयाँ योजना सुरु गरिएको छैन...

ललितपुर जिविसको बजेट ५ अर्ब ३१ करोड

२०७२ फागुन २० गते ११:२०

ललितपुर, २० फागुन – आव २०७३/७४ का लागि जिल्ला विकास समिति, ललितपुरको कुल बजेट रु पाँच अर्ब ३१ करोड ७२ लाख ९० हजार १०० हुने भएको छ । जिविसद्वारा बुधबार आयोजित २५औँ जिल्ला परिषद्को निर्णय सार्वजनिकीकरण गर्दा यसको जानकारी दिइएको हो । कुल बजेटमध्ये...

१ सय ७३ एलपी ग्यास सिलिन्डर लिलामी

२०७२ फागुन २० गते ११:०७

मोरङ, २० फागुन – दुई महिनाअघि विराटनगरबाट पक्राउ गरिएका १७३ वटा एलपी ग्यास सिलिन्डर लिलामी गरिएको छ । भारतको अघोषित नाकाबन्दी र मधेसी मोर्चाको बन्दका बेला तस्करी नियन्त्रण गर्ने क्रममा विराटनगर बसपार्कबाट तस्करी गरी ल्याइएका एलपी ग्यास सिलिन्डर मोरङ प्रहरीले पक्राउ गरेको थियो ।...

कलैया नगरपालिकाको बजेट १३ करोड

२०७२ फागुन १९ गते १७:०३

कलैया, १९ फागुन – कलैया नगरपालिकाले आर्थिक वर्ष २०७३/७४ का लागि  १२ करोड ९८ लाख ९७ हजार रुपैयाँको बजेट तय गरेको छ । भएको २५र्आँ नगरपरिषद्मा कार्यकारी अधिकृत सुरेश राउतले आन्तरिकतर्फ एक करोड ८३ लाख १७ हजार रुपैयाँसहितको बजेट सार्वजनिक गरे । प्रमुख जिल्ला...

लमजुङका अधिकांश पसल अवैध, पसलैपिच्छे फरक मूल्य

२०७२ फागुन १९ गते १६:०१

बेसीसहर, १९ फागुन – जिल्ला प्रशासन कार्यालयले पछिल्लो पटक बजार अनुगमनको कार्यलाई तीव्रता दिएको छ । व्यापारीले उपभोक्ताको स्वास्थ्यसँग खेलवाड गरेको भन्दै अखाद्य वस्तू बिक्री वितरण नियन्त्रणका लागि बजार अनुगमन गर्नुपरेको प्रशासनले जनाएको छ । अनुगमनका क्रममा अधिकांश पसल पूर्वाधार बिना सञ्चालन गरिएका र...

लसुनको मूल्य वृद्धि

२०७२ फागुन १९ गते १५:२७

काठमाण्डु, १९ फागुन – काठमाण्डुको बजारमा सुकेको लसुनको मूल्य अत्यधिकरुपमा वृद्धि भएको छ । मूल्य वृद्धि भएपछि उपभोक्ता प्रभावित भएका छन् । करिब ६ महिना अघि प्रतिकिलो १५० रुपैयाँ मा पाइने लसुनको मूल्य हाल ३२५ रुपैयाँ पुगेको छ । असन, जमल, गङ्गबु, मरु आदि...

किसानलाई मकैको बीउ बाँडिदै

२०७२ फागुन १९ गते १४:५३

चितवन, १९ फागुन – गएको वर्ष असिना पानीले क्षति पुर्याएका चितवनको पहाडी क्षेत्रका पीडित किसानलाई मकैको बीउ वितरण थालिएको छ । किसानलाई दुई टन बीउ वितरण गरिएको हो । सिद्धिका २३० परिवारलाई प्रतिपरिवार चार किलोदेखि २० किलोसम्म बीउ वितरण गरिएको कृषि विकास कार्यालयका प्रमुख...

हलो, कोदालो विस्थापित हुँदै, आधुनिक यान्त्रिकरणले कृषि उत्पादनमा वृद्धि

२०७२ फागुन १९ गते १४:५०

बनेपा, १९ फागुन – कृषिमा यान्त्रिकीकरणको प्रयोगले परम्परागत उत्पादनका साधन विस्थापित हुन थालेका छन् । कृषिमा भएको यान्त्रिकीकरणले समयको बचत हुनुका साथै उत्पादनमा वृद्धी तथा कृषि उत्पादनमा लागतसमेत घटेको किसानले बताएका छन् । ‘कृषिमा यन्त्रको प्रयोग गरेर खेर गएका पाखोबारीलाई सदुपयोग गरेर उत्पादन गरेका...

पाटन दरबार स्मारक संरक्षणका लागि जापानको अनुदान

२०७२ फागुन १९ गते १४:२०

काठमाण्डु, १९ फागुन – जापान सरकारले पाटन दरबार क्षेत्रका ऐतिहासिक स्मारकको पुनः स्थापना तथा संरक्षणका उपकरण खरिद गर्न काठमाण्डु उपत्यका संरक्षण कोषलाई ८० लाख ४५ हजार रुपैयाँ अनुदान प्रदान गर्ने भएको छ । उक्त दरबार क्षेत्रका कृष्णमन्दिर, चार नारायण र विश्वेश्वरा मन्दिर तथा मणिमण्डप...

राष्ट्र बैंकले बनायो सहकारीहरुको लागि ऐन

२०७२ फागुन १९ गते १४:१७

काठमाण्डु, १९ फागुन-नेपाल राष्ट्र बैंकले बचत तथा ऋण सहकारी संस्थाका साथै लघुवित्त कारोबार गर्ने संस्थाको प्रभावकारी नियमन तथा सुपरिवेक्षण गर्ने निकायको ऐनको मस्यौदा तयार गरेको छ । ती संस्थाहरुको नियमन एवम् सुपरिवेक्षण गर्न सरकारले चालु आवको बजेट वक्तव्यमा उल्लेख गरेबमोजिम त्यस्तो निकाय स्थापनाका निम्ति...

तीन करोडको खाद्यान्न आयात

२०७२ फागुन १९ गते १४:०२

विराटनगर, १९ फागुन – भारतबाट विराटनगर नाका भएर विगत सात महिनामा तीन करोड मूल्यभन्दा बढीको खाद्यान्न र तेलहन आयात भएको छ । आयातीत खाद्यान्नमा ९२ लाख ८१ हजार रुपैयाँको २९६ मेट्रिक टन धान, ७७ लाख चार हजार रुपैयाँको ३८५ मेट्रिक टन गहुँ, ३० लाख...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us