बागलुङ, ३० साउन-जिल्ला प्रशासन कार्यालयले गत आवमा साधारण सेवातर्फ दर्ता भएका ६ हजार ७७४ राहदानीबाट दुई करोड ९८ लाख ३२ हजार राजस्व सङ्कलन गरेको छ । दू्रत सेवा प्रयोगकर्ताले भने जिल्लाबाट सिफारिस लिई राजस्व राहदानी विभागमै बुझाउने गरेका छन् । गत वर्ष दू्र्रत सेवाका...
म्याग्दी, ३० साउन-म्याग्दीको पर्यटकीय शिख–४ स्वाँतको बयलीखर्क ओझेलमा परेको छ । अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्गले समेटिएको बयलीखर्क प्रचारप्रसार र पूर्वाधारको अभावमा ओझेलमा परेको हो । समुद्री सतहदेखि तीन हजार ४५० मिटर अग्लो ठाउँमा अवस्थित बयलीबाट सूर्योदय र सूर्यास्तको मनमोहक दृष्यसँगै धौलागिरि रेन्जका दर्जन बढी हिमशृङ्खला...
काठमाण्डु, २९ साउन-धितोपत्र बजारमा यस साता निकै उतारचढावपूर्ण रुपमा कारोबार भयो । नेपाल स्टक एक्स्चेन्जका अनुसार सोमबार बजार ५ प्रतिशतले घटेको र मङ्गलबार ५ प्रतिशतले बढ्दा ‘सर्किट ब्रेक’ नै लगाउनुपरेको थियो । यो साता बजारमा ६ अर्ब पाँच करोड ६५ लाख ८८ हजार कारोबार...
काठमाण्डु, २९ साउन-मुलुकमा रहेको खेतीयोग्य जमिनमा अहिले भइरहेको व्यक्तिगत स्वामित्व हटाउनुपर्नेमा जोड दिइएको छ । अखिल नेपाल किसान महासङ्घले आयोजना गरेको राष्ट्रिय कार्यशालामा सहभागी नेता तथा किसानले मुलुकको समग्र आर्थिक विकासका लागि भूमि व्यवस्थापन गर्नुपर्ने सुझाव दिए । नेकपा एमालेका स्थायी समिति सदस्य सुरेन्द्रप्रसाद...
काठमाण्डु, २९ साउन-शान्ति तथा पुनःनिर्माण मन्त्रालयले आठ हजार २५८ विद्यार्थीलाई नौ करोड ५६ लाख बराबरको छात्रवृत्ति उपलब्ध गराएको छ । छात्रवृत्ति पाउनेमा मुलुकमा चलेको १० वर्षसम्मको सशस्त्र द्वन्द्वको समयमा दुवै पक्षबाट पीडामा परेका बालबालिका छन् । मन्त्रालय स्थापना भएदेखि अहिलेसम्म छात्रवृत्तिका शीर्षकमा नौ करोड...
पोखरा, २८ साउन-पोखराको पृथ्वीचोकस्थित विजनेश कम्प्लेक्सको हातामा शुक्रबारदेखि प्रथम पोखरा मोबाइल एण्ड इलेक्टेनिक्स मेला सुरु भएको छ । पोखरा इलेक्ट्रोनिक्स व्यवसायी सङ्घको आयोजनामा सुरु भएको सो मेलामा २३ वटा मोबाइल ब्रान्डेड कम्पनीका मोबाइल तथा अन्य इलेक्ट्रोनिक सामान बिक्रीका लागि राखिएको सङ्घका सचिव नारायण सुवेदीले...
बागलुङ, २८ साउन-धवलागिरि अञ्चलका चारवटा जिल्लामा रहेका सहकारी संस्थामा कुल बचत रकम पाँच अर्ब चार करोड ८५ लाख रहेको छ । बढी ब्याज पाइने हुँदा सहकारीमा बचतकर्ताको आकर्षण बढेको हो । सहकारीले समुदायमा बचत गर्ने बानीको विकास समेत गराएको छ । सहकारीमा जम्मा भएको...
सिन्धुपाल्चोक, २८ साउन– सिन्धुपाल्चोकको भोटेकोसी नदीमा गत असार २१ गते राति आएको बाढीले क्षति पु¥याएपछि बन्द भएको १०.०५ मेगावाटको सुनकोसी जलविद्युत केन्द्रबाट केही दिनभित्रै उत्पादन सुरु हुने भएको छ। बाँधस्थलमा नदी फर्काएर जोडतोडका साथ काम भइरहेको हुँदा यन्त्रले निरन्तर रुपमा काम दिएमा साताभित्रै सम्पन्न...
धुलिखेल, २८ साउन- दिगो विकास लक्ष्य तथा जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौतामा उल्लिखित सबैका लागि ऊर्जाको पहुँच विस्तार गरी जनताको जीविकोपार्जनमा सुधार ल्याउन सरकारी, गैरसरकारी र सहयोगी संस्थाहरुको सामूहिक प्रयासमा जोड दिइएको छ । राष्ट्रिय योजना आयोग, सबैका लागि दिगो ऊर्जा अभियान, नर्वेजियन दूतावास र...
काठमाण्डु, २७ साउन-मुलुकको कुल व्यापार घाटा सात खर्ब चार अर्ब ४५ करोड ८१ लाख १२ हजार पुगेको छ । भन्सार विभागकाअनुसार भारतबाट गत आवमा मात्रै चार खर्ब ८३ अर्ब ३० करोड ७७ लाख ६४ हजार बराबरको आयात गरिएको छ भने निर्यात ३९ अर्ब ५६...
भीमदत्तनगर, २७ साउन-कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले गत आवमा २२ करोड ८६ लाख ४८ हजार राजस्व सङ्कलन गरेको छ । गत आवमा कार्यालयले वार्षिक १४ करोड ७८ लाख राजस्व सङ्कलनको लक्ष्य लिएको थियो । लक्ष्यभन्दा आठ करोड बढी राजस्व सङ्कलन भएको कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका...
चितवन, २७ साउन– आन्तरिक राजस्व कार्यालय भरतपुरले गत आवमा कानुनी कारबाही गरेर १९ करोड ४१ लाख बक्यौता असुल गरेको छ । राजस्व असुली गर्न कार्यालयले बैंक खाता रोक्का, भन्सार रोक्का र घरजग्गा रोक्का समेत गरेको थियो । कार्यालयका कर अधिकृत गुणराज पोखरेलका अनुसार २९...