काठमाण्डु, ११ भदौ-जो कोहीले नपत्याउला १ कतै माटोपनि भन्सार तिरेर आयात गरिन्छ । तर, त्यसो होइन सेरामिक्स उद्योगमा प्रयोग हुने माटो भन्सार तिरेर आयात गर्नु बाध्यता बन्दै गएको छ । आधुनिक सेरामिक्सका सामान बनाउन प्रयोग गरिने माटो भारतबाट ल्याउनुपर्छ । भारतबाट आयात हुने उक्त...
बागलुङ, ११ भदौ-जिल्लामा सञ्चालित स्वास्थ्य बिमा कार्यक्रमबाट बिमितले उपचार लिन सुरु गरेका छन् । बागलुङमा उपचार सेवा लिने पहिलो बिमित सदस्यमा भिमकुमारी पाध्य हुन् । गत असार मसान्तभित्र सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रममा दर्ता भएका परिवारले उपचार सेवा पाउन सुरु गरेका हुन् । त्यसयता दर्ता...
काठमाण्डु, १० भदौ- नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०७२/७३ को वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ९.९ प्रतिशत रहेको जनाएको छ । तराई आन्दोलन, सीमा–नाका अवरोध र आपूर्ति असहजताजस्ता प्रतिकूल परिस्थितिका कारण मूल्यमा चाप परेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले शुक्रबार जारी गरेको...
काठमाण्डु, १० भदौ-खिम्ती– ढल्केबर प्रसारण लाइन आगामी डेढ महिनाभित्र सम्पन्न हुने भएको छ । ऊर्जामन्त्री जनार्दन शर्मालाई प्राधिकरणका प्रसारण लाइन निर्देशनालयका प्रमुख कन्हैया मानन्धर र आयोजना प्रमुख श्यामकुमार यादवले आगामी दशैं अगावै प्रसारण लाइनको काम सम्पन्न हुने विश्वास दिलाएका छन् । सिन्धुलीको कमलामाई नगरपालिका–...
काठमाण्डु, १० भदौ- नवनियुक्त श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले मन्त्रालयलाई मर्यादित र व्यवस्थित बनाउनका लागि आफूले सक्दो पहल गर्ने बताएका छन् । मन्त्रालयमा पद बहालीपछि आयोजित कार्यक्रममा मन्त्री गुरुङले इमान्दारीतापूर्वक काम गर्न कर्मचारीलाई निर्देशन दिँदै त्यसमा आफ्नो सहयोग हुने प्रष्ट पारे । वैदेशिक रोजगारको...
काठमाण्डु, १० भदौ- नवनियुक्त उद्योगमन्त्री नवीन्द्रराज जोशीले समुदायमा आधारित उद्योगलाई प्राथमिकता दिएर कार्यक्रम तथा नीति तयार गर्ने बताएका छन् । शपथ लिइसकेपछि शुक्रबार मन्त्रालयमा आयोजित पदस्थापन कार्यक्रममा उनले कर्मचारीलाई निर्देशन दिँदै सार्वजनिक सेवालाई जनमुखी बनाउन जोड दिए । उनले भने, ‘जनताले अनुभूति गर्नेगरी सेवा...
पर्वत, १० भदौ– आफूले पढेको विद्यालयको शैक्षिकस्तर सुधार गर्नका लागि पूर्व विद्यार्थीले फेसबुक म्यासेन्जरबाट सुरु गरेको अभियानमा एक हप्तामा १० लाख भन्दा बढी सङ्कलन गरेका छन् । पर्वतको आर्थर डाँडाखर्कस्थित पञ्चकोसी उच्चमाविका पूर्व विद्यार्थीले सञ्चालन गरेको अभियानका क्रममा एक हप्तामा नै १० लाखभन्दा बढी...
लुम्बिनी, ९ भदौ-नेपाल विद्युत् प्राधिकरण भैरहवा वितरण केन्द्रले आठ करोड ७० लाख बक्यौता उठाउनुपर्ने देखिएको छ । लामो समयदेखि विद्युत् महसुल नबुझाउनेमा भैरहवा भन्सार कार्यालय, महेन्द्र सभागृह, कृषि सेवा केन्द्र, विशेष आर्थिक क्षेत्र, जिल्ला ट्राफिक प्रहरी कार्यालय, गौतमबुद्ध विमानस्थल, भैरहवा लुम्बिनी भूमिगत जल परियोजना,...
गोरखा, ९ भदौ-जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि आयोजना क्षेत्रको विस्तृत अध्ययन सुरु भएदेखि गोरखाका १४ र धादिङका १३ गाविसमा विकास निर्माणका योजना ठप्प छन् । सार्वजनिक भवनका साथै निजी घर निर्माण पनि रोकिएको र विकासका पूर्वाधारका लागि बजेट आउनै छाडेको प्रभावित क्षेत्रका बासिन्दाले...
नवलपरासी, ९ भदौ-नवलपरासीको सहिद स्मृति सामुदायिक अस्पताललाई सरकारले एक करोड ८२ लाख १२ हजार अनुदान रकम दिएपछि अस्पतालको भौतिक पूर्वाधार विस्तार सुरु भएको छ । दाउन्ने देवी गाविस वडा नं ९, चौपत्तामा रहेको सहिद स्मृति सामुदायिक अस्पताल विकास केन्द्रलाई सरकारबाट प्राप्त उक्त रकमबाट अस्पतालको...
भक्तपुर, ८ भदौ– केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा लागेको एक महिने मेलामा रु एक करोड ६० लाख २२ हजार भेटी सङ्कलन भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका सिपाडोलस्थित सो मन्दिरमा यही भदौ ६ गतेसम्म सञ्चालन भएको एक महिने साउने मेलामा १४ लाख खर्च भएको...
काठमाण्डु, ७ भदौ- पछिल्लो समय सरकारले गरेको बजार अनुगमन कार्यलाई व्यवस्थित गर्न निजी क्षेत्रले आग्रह गरेको छ । नेपाल चेम्बर अफ कमर्सले मंगलबार यहाँ आयोजना गरेको अन्तक्र्रियामा नेपाल उद्योग वाणिज्य महासङ्घ, चेम्बर, नेपाल उद्योग परिसङ्घलगायतका संस्थाले अनुगमनका नाममा व्यापारीलाई आतङ्कित गराएको आरोप लगाएका थिए...