अर्थ

राजस्व छल्ने व्यवसायीलाई पाता कस्ने अर्थ सचिवको चेतावनी

२०७३ माघ १३ गते १६:४६

काठमाण्डु, १३ माघ नेपाली आयातकर्ताहरुले भन्सारमा एकदमै न्यून मूल्य घोषणा गरी राजस्व छल्ने गरेको बताउँदै अर्थ सचिव शान्तराज सुवेदीले त्यस्ता आयातकर्तालाई कडा कारवाही गर्ने चेतावनी दिएका छन् । ६५ औं भन्सार दिवसका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले एउटा वस्तु ल्याएर अर्काको वस्तुको मूल्य...

नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लाग्यो

२०७३ माघ १३ गते १६:३४

काठमाण्डु, १३ माघ  – धितोपत्र बजारमा बिहीबारको नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । लगातार ओरालो लाग्दै आएको बजार बिहीबार थप ओर्लिएर एक हजार ३७५ बिन्दुमा आइपुगेको छ । क वर्गका कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्ससमेत १।५६ बिन्दुले घटेको छ । कुल...

‘सुविसु क्यान इन्फोटेक’ मेला भृकुटीमण्डपमा सुरु

२०७३ माघ १३ गते १४:५०

काठमाण्डु, १३ माघ । सूचना प्रविधिको क्षेत्रमा विकास भएका नयाँ प्रविधिबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले ‘सुविसु क्यान इन्फोटेक–२०१७’ मेला बिहीबारदेखि सुरु भएको छ । कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान महासङ्घ)को आयोजनामा काठमाडौँको भृकुटीमण्डपको प्रदर्शनी कक्षमा सुरु भएको २३औँ संस्करणको क्यान इन्फोटेक मेला आगामी माघ...

अमेरिकी सरकारद्वारा नेपाललाई १६ करोड डलर सहयोग

२०७३ माघ १३ गते १३:५८

काठमाण्डु, १३ माघ – अमेरिकी सरकारले स्वास्थ्य, शिक्षा, वातावरण, कृषि, भूकम्पपछिको पुनःनिर्माण र शासनको सुधारका लागि सन् २०१६ भित्र सहायतास्वरूप नेपाललाई १६ करोड अमेरिकी डलर प्रदान गरेको छ । बिहीबार अमेरिकी राजदूतावासद्वारा जारी विज्ञप्तिका अनुसार सो रकममध्ये १३ करोड ३० लाख डलरको व्यवस्थापन अमेरिकी...

एउटै टोलबाट १ करोडको सुन्तला बिक्री

२०७३ माघ १३ गते १३:४३

काठमाण्डु, १३ माघ – छहरा गाविस–५, बाहुनटोलका किसानले रु एक करोड बराबरको सुन्तला बिक्री गरेका छन् । व्यावसायिक रुपमा सुन्तलाखेती गर्न थालेपछि यहाँका ४६ घरपरिवारले सुन्तलाखेतीबाट मनग्य आम्दानी लिन थालेका छन् । सुन्तला किसानले एउटै याममा प्रतिव्यक्ती रु ५० हजारदेखि रु चार लाखको सुन्तला...

कृषि बिमा लक्षित वर्गसम्म पुगेन्

२०७३ माघ १२ गते १५:१८

काठमाण्डु, १२ माघ– बाबियाचौर–८ रणवाङकी बुद्धिमाया विक ५ वर्षदेखि २ रोपनीभन्दा बढी क्षेत्रफलमा व्यावसायिक तरकारी खेती गर्दै आएकी छिन् । तरकारी खेतीलाई मुख्य आयस्रोत बनाएका विकको बाली बिमा गर्ने इच्छा पूरा हुन सकेको छैन । “बाली बिमा गरेमा असिना, खडेरी, रोग किराले सताउँदा क्षतिपूर्ति...

१० वर्षभित्र उद्योग सञ्चालन गर्नुपर्ने बाध्यता

२०७३ माघ ११ गते १७:४९

काठमाण्डु, ११ माघ– दर्ता भएको अवधिदेखि अधिकतम १० वर्षभित्रमा उद्योग सञ्चालनमा ल्याइसक्नुपर्ने बाध्यकारी व्यवस्था गर्ने भएको छ । उद्योगमन्त्री नवीन्द्रराज जोशीको अध्यक्षतामा उद्योग तथा लगानी प्रवद्र्धन बोर्डको मंगलबार बसेको २२१ औं बैठकले उद्योग सञ्चालन सम्बन्धी सो समयावधि तोकेको होे । बैठकले उद्योग सञ्चालनका लागि...

राजस्व सङ्कलनमा वृद्धि

२०७३ माघ ११ गते १३:०४

काठमाण्डु, ११ माघ– चालु आवको पुस मसान्तसम्मको राजस्व सङ्कलन गत वर्षको सोही अवधिको तुलनामा ४२ प्रतिशतले वृद्धि भएको छ । चालु आवको सो अवधिमा १ खर्ब ६ अर्ब राजस्व सङ्कलनको लक्ष्य रहेकामा १ खर्ब १२ अर्ब सङ्कलन भएको आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्माले...

ढुक्क भएर लगानी गर्न प्रधानमन्त्रीको आग्रह

२०७३ माघ ११ गते १२:३७

काठमाण्डु, ११ माघ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा लगानीको वातावरण क्रमशः बन्दै गएकाले ढुक्क भएर पुँजी लगाउन मित्र राष्ट्रहरुसँग आग्रह गरेका छन् । नेपालको औपचारिक भ्रमणमा रहेका बेलायतका लर्ड मेयर सिटी अफ लन्डन डा. एन्ड्रयु पार्मलीसँगको भेटमा उनले जलविद्युत् तथा पूर्वाधार निर्माणका क्षेत्रमा लगानी...

२ अर्ब ३५ करोड भन्दा बढी राजस्व असुली

२०७३ माघ ९ गते १५:१४

काठमाण्डु, ९ माघ– भरतपुर आन्तरिक राजस्व कार्यालयले गतवर्षको ६ महिनामा भन्दा यसवर्षको ६ महिनामा २ अर्ब ३५ करोड भन्दा बढी राजस्व असुल गरेको छ । कार्यालयका कर अधिकृत रामप्रसाद सुवेदीका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ६ अर्ब ८९ करोड ५५ लाख १ हजार...

रामपुर महोत्सवमा १४ करोड भन्दा बढीको कारोबार

२०७३ माघ ९ गते १२:४३

काठमाण्डु, ९ माघ– पाल्पाको रामपुरमा सञ्चालन भएको प्रथम रामपुर महोत्सवमा १४ करोड भन्दा बढीको कारोबार भएको छ । पुस २७ गतेदेखि माघ ८ गतेसम्म सञ्चालन भएको मेलामा व्यापारिक कक्षतर्फ ११ करोड ६५ लाख ५० हजार, होटेल तथा रेस्टरेन्टतर्फ ४९ लाख ५० हजार, बाल उद्यानतर्फ...

बैंकिङ कसुरमा फरार रहेका पक्राउ

२०७३ माघ ९ गते १२:२२

काठमाण्डु, ९ माघ– करिब तीन वर्षदेखि बैंकिङ कसुरमा फरार रहेका ५० वर्षीय बनेपा नगरपालिका– ११ निवासी प्रकाश केसीलाई प्रहरीले बनेपाबाट शनिबार पक्राउ गरेको छ । तत्कालीन पुनरावेदन अदालत पाटनले उनलाई बैंकिङ कसुर मुद्दामा ३ वर्ष कैद र ५ करोड २५ लाख जरिवाना हुने ठहर...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us