अर्थ

वित्त बजारमा तरलता छैन्ः राष्ट्र बैंक

२०७३ माघ १९ गते १६:४५

काठमाण्डु, १९ माघ–नेपाल राष्ट्र बैंकले वित्त बजारमा तरलता अभाव नरहेको स्पष्ट गरेको छ । नेपाल बैंकर्स सङ्घले बुधबार राजधानीमा आयोजना गरेको कार्यक्रममा केन्द्रीय बैंकले वित्त बजारमा लगानीयोग्य रकमको अभाव नरहेको बताएको हो । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले वित्त बजारमा रु ३०...

जनता बैंकको अध्यक्षमा रायमाझी चयन

२०७३ माघ १९ गते १२:४१

काठमाण्डु, १९ माघ–जनता बैंकको माघ १८ गते बसेको सञ्चालक समितिको २ सय ७ औं बैठकले बैंकका संचालक केशव बहादुर रायमाझीलाई अध्यक्ष पदमा सर्वसम्मतीले चयन गरेको छ । उदय नेपाली श्रेष्ठले माघ १४ गते आफ्नो व्यक्तिगत कारणले गर्दा अध्यक्ष पदबाट राजीनामा दिएपछि नयाँ अध्यक्ष चयन...

सेयर बजार ६५ अङ्कले घट्यो

२०७३ माघ १७ गते १७:३६

काठमाण्डु, १७ माघ -बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढेपछि सेयर बजारमा त्यसको प्रत्यक्ष असर देखिएको छ । निरन्तर ओरालो लागेको नेप्से आज ६५।४४ अङ्कले तल झरेर एक हजार ३०९.७० अङ्कमा आइपुगेको छ । आज एक हजार ३७५.४७ अङ्कमा बजार खुलेको थियो । आज सबैभन्दा...

नाचगान गरेर जुटाएको रकम विद्युतमा लगानी

२०७३ माघ १७ गते १२:०२

काठमाण्डु, १७ माघ -म्याग्दीको बिमका बासिन्दाले नाचगान गरेर जुटाएको रकम विद्युतीकरण योजनालाई सहयोग गरेका छन् । बिम गाविसको १, २, ३ र ४ नम्बर वडाका बासिन्दाले नाचगान गरेर सङ्कलन गरेको रकम विद्युतीकरण योजनालाई उपलब्ध गराएका हुन् । चार वटा वडामा रहेका आमा समूह, पुख्र्यौली...

प्राइम कमर्सियल बैंकको अध्यक्षमा श्रेष्ठ निर्वाचित

२०७३ माघ १६ गते १७:१८

काठमाण्डु, १६ माघ– प्राइम कमर्सियल बैंकको माघ १५ गते बसेको सञ्चालक समितिको बैंठकले उदय मोहन श्रेष्ठलाई सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मतबाट निर्वाचित गरेको छ । श्रेष्ठ बैंकमा विगत ९ वर्षदेखि सञ्चालकको रुपमा रहदै आएका छन् । बैंकका निवर्तमान अध्यक्ष उमेश श्रेष्ठले बैंकको सञ्चालक तथा...

ट्राफिक प्रहरीद्वारा १ करोड ३० लाख राजस्व सङ्कलन

२०७३ माघ १६ गते १४:४५

काठमाण्डु, १६ माघ– सवारी ऐन उल्लङ्घन गर्नेलाई भएको कारबाहीमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको ६ महिनामा रु एक करोड ३० लाख १७ हजार राजस्व सङ्कलन गरेको छ । आव २०७३-७४ को साउनदेखि पुससम्मको छ महिनाको अवधिमा कार्यालयले २० हजार ६ सय ५०...

ऋण खोजेर जलविद्युतमा सेयर

२०७३ माघ १६ गते १०:३३

काठमाण्डु, १६ माघ– पञ्चनका राजन राईले सोलुखोला दूधकोसी जलविद्युत् आयोजनाका लागि २०० कित्ता सेयर किन्न रु २० हजार सल्लेरीस्थित एनएमबी बैंकमा बुझाए । शुक्रबार बैंकमा रकम जम्मा गर्दै गरेका राईले आफूसँग रकम नभएकाले ऋण काढेर सेयरमा लगानी गरेको बताए । सेयरका लागि रकम बुझाउन...

७ जिल्लाका लागि ७० करोडको ‘उन्नति समावेशी परियोजना’मा सम्झौता

२०७३ माघ १५ गते १२:५७

काठमाण्डु, १५ माघ – डेनमार्क सरकारको सहयोगमा इलामसहित पूर्वका सात जिल्लामा सञ्चालित ‘उन्नति समावेशी परियोजना’अन्तर्गत निजी क्षेत्रका उद्यमी, व्यक्ति तथा सहकारी संस्थाहरूबीच १७२ वटा परियोजना सम्झौता भएको छ । किसान तथा श्रमिकलाई सकारात्मक प्रभाव पार्ने नवीनतम् एवम् अनुकरणीय अवधारणा भएका परियोजनामार्फत न्यूनतम रु १५...

गाउँमै उत्पादित ‘बैतडी साबुन’ को माग बढ्दो, मासिक एक लाखको कारोबार

२०७३ माघ १४ गते १६:५३

काठमाण्डु, १४ माघ –हर्वल साबुन यहाँको गाउँमै उत्पादन हुन थालेको छ । गाउँमै उत्पादित साबुनको माग बढ्दै गएको छ । विसं २०७१ मा स्थापना भएको जिल्लाको श्रीकेदार–२, पीपलकोटमा सञ्चालनमा रहेको सिर्जना हर्वल लघु उद्योगले उत्पादन गरेको ‘बैतडी साबुन’ गाउँमै खपत हुन थालेको छ ।...

बोनस विधेयक बहुमतले पारित, घाटामा जाने संस्थानले बोनस बाँड्न नपाउने

२०७३ माघ १४ गते १५:३७

काठमाण्डु, १४ माघ – व्यवस्थापिका–संसद्ले बोनस पाचौँ संशोधन विधेयक, २०७३ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरेको छ । अर्थमन्त्री कृष्णबहादुर महराले आज सदनमा उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । सो विधेकमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महराले...

एनआइडिसी डेभलपमेन्ट बैंकलाई वाणिज्य बैंकमा गाभ्ने मन्त्रिपरिषद्को निर्णय

२०७३ माघ १४ गते १५:१९

काठमाण्डु, १४ माघ – सरकारले एनआइडिसी डेभलपमेन्ट बैंकलाई राष्ट्रिय वाणिज्य बैंकमा गाभ्ने निर्णय गरेको छ । आजको मन्त्रिपरिषद् बैठकले वाणिज्य बैंकलाई थप सवल र सशक्त बनाउन सरकारी स्वामित्वकै एनआइडिसी बैंकलाई त्यसमा गाभ्ने निर्णय गरेको हो । बैठकले गरिबी निवारण कोषको उपाध्यक्ष छनोट समितिमा विज्ञको...

भारत गए वाणिज्यमन्त्री

२०७३ माघ १३ गते १९:५९

काठमाण्डु, १३ माघ– भारतको आन्ध्र प्रदेशको विशाखापटनममा आयोजना हुने दी ‘पार्टनरसीप समिट–२०१७’ मा सहभागी हुन वाणिज्यमन्त्री रोमी गौचन थकाली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल बिहीबार त्यसतर्फ प्रस्थान गरेको छ ।     यही माघ १४ देखि १६ सम्म आयोजना हुने २३ औँ संस्करणको समिटको विस्तारित बैठकमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us