काठमाण्डु २७ माघ -तेह्रथुमको इवा गाविसस्थित रन्दल आधारभूत विद्यालयमा अङ्ग्रेजी माध्यम र कम्प्युटर शिक्षा सञ्चालनका लागि रु ४० लाखको अक्षयकोष स्थापना भएको छ । विद्यालयले आफ्नो स्थापनाको २५ वर्ष पूरा गरेको अवसरमा अक्षयकोष स्थापनाका लागि सहयोग सङ्कलन अभियान सञ्चालन गरेको थियो । सो अभियानबाट...
काठमाण्डु २७ माघ -सामाजिक अभियन्ता महावीर पुनले सुरु गरेको राष्ट्रिय आविष्कार केन्द्र खोल्ने अभियानमा ६ महिनाको अवधिमा रु दुई करोड सङ्कलन भएको छ । राष्ट्रिय आविष्कार केन्द्र स्थापनाका लागि रु ५० करोड उठाउने लक्ष्यका साथ गत साउनदेखि सुरु गरेको ‘महादान अभियान’ अन्तर्गत सरकारी सहयोगबाहेक...
काठमाण्डु, २६ माघ–काभ्रेपलाञ्चोकमा चार हजार १३३ परिवारले सरकारले उपलब्ध गराउने आवास पुनःनिर्माण अनुदान नपाउने भएका छन् । साविकको घर बस्नयोग्य भएको र अन्य ठाउँमा पनि सुरक्षित बासस्थान भएकाले उनीहरुले आवास पुनःनिर्माण अनुदान नपाउने भएको जिल्ला विकास समितिका योजना अनुगमन तथा प्रशासकीय अधिकृत धोलकराज ढकालले...
काठमाण्डु, २६ माघ–सिद्धार्थ बैंकले प्रदान गर्दै आएको विभिन्न डेबिट, क्रेडिट र प्रिपेड कार्डहरुलाई स्तरोन्नति गरी ईएमभी चिप कार्डका रुपमा सञ्चालनमा ल्याएको छ । बैंकले नयाँ ग्राहकहरुलाई ईएमभी चिप कार्ड उपलब्ध गराउने भएको छ भने हाल सञ्चालनमा रहेका म्यागनेटिक स्ट्राइप डेबिट, क्रेडिट र प्रिपेड कार्डहरुलाई...
काठमाण्डु, २६ माघ–सर्वोच्च शिखर सगरमाथा आरोहणको तयारीमा जुटेका एक दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिका लागि सहयोग जुट्न थालेको छ । अपाङ्गता भएका व्यक्तिले पनि समाज र राष्ट्रका लागि योगदान पुर्याउन सक्छन् भन्ने उदाहरण पेस गर्न बागलुङ जिल्ला सर्कुवा–२ का अमिट केसीले सगरमाथा आरोहण गर्न लागेका...
काठमाण्डु, २५ माघ–कृषि तथा पशु सेवामा किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले पूर्वाञ्चलमा व्यावसायिक कृषि तथा व्यापार आयोजना कार्यक्रम सञ्चालन गरिएको छ । विश्व बैङ्कको अनुदानमा सञ्चालित यस कार्यक्रमका साथै पहाडी जिल्लामा सञ्चालित लघु अनुदान कार्यक्रमबाट समेत गरी रु २८ करोडभन्दा बढी रकम अनुदानको रुपमा वितरण...
काठमाण्डु, २५ माघ–ब्रोइलर कुखुराको चल्लाको मूल्य बढेको दुई दिन बित्न नपाउँदै जिल्लामा व्यवसायीले कुखुराको मासुको मूल्य समेत बढाएका छन् । नेपाल कुखुरा बजार व्यवस्थापन सङ्घले ब्रोइलर मासुको मूल्य जिउँदोमा प्रतिकिलो रु १० र तयारी मासुमा रु २० रुपैयाँका दरले मूल्य बढाएको छ । बढेको...
काठमाण्डु, २५ माघ–नेपाल एसबिआई बैंकले अनलाइन आस्वा र डिम्याट सेवा सरुवात गरेको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रमुख अतिथी नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत वहादुर कार्कीले यस्तो सेवाको शुभारम्भ गरे । बैंकले सुरु गरेको अनलाइन आस्वा सेवा प्रयोग गरेर ग्राहकहरुले धितोपत्र खरिदका...
काठमाण्डु, २४ माघ–यहाँको एक विकट गाउँमा सञ्चालित महायज्ञबाट रु दुई करोडभन्दा बढी सङ्कलन भएको छ । दक्षिण पर्वतको रानीपानी गाविसमा सञ्चालित धार्मिक एवम् शैक्षिक महोत्सव तथा श्रीमद्भागवत ज्ञान महायज्ञबाट रु दुई करोड २५ लाख रकम सङ्कलन भएको हो । स्थानीय नेपाल तारा माविमा स्नातक...
काठमाण्डु, २३ माघ-ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले अबको ३ वर्षपछि विजुली फालाफाल हुने दाबी गरेका छन् । झापाको घैलाडुबामा नेपाल विद्युत प्राधिकरणको सव स्टेशन शिलान्यास गर्दै मन्त्री शर्माले भने, अहिले हामीले विद्युत कम खपत गरौं भनेर सार्वजनिक सूचना गरिरहेका छौं । तर, अबको तीन बर्षपछि...
काठमाण्डु, २३ माघ-१० लाख रुपैयाँभन्दा बढी रकमको कारोबार गर्दा अब चेकको प्रयोग गर्नुपर्ने भएको छ । शनिवार आयोजित एक कार्यक्रममा डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले अब नगद कारोबारको सीमा घटाउँन लागेको जानकारी दिएका हुन् । ‘अब १० लाखभन्दा बढीको कारोबार नगदबाट गर्न पाइने छैन्, केही...
काठमाण्डु, २३ माघ-ऊर्जामन्त्री जनार्दन शर्माले आर्थिक विकासका माध्यमबाट नेपालको राष्ट्रियतालाई थप मजबुत पार्ने प्रस्ताव अघि सारेका छन् । उनले विद्युत उत्पादन बढाएर देशमा उद्योगधन्दा चलाउने र त्यसकै आधारमा राज्यलाई मजबुत बनाउँदै जाँदा राष्ट्रियता पनि आफैँ बलियो बन्दै जाने बताएका हुन् । लोडसेडिङबारे चर्चा गर्दै...