अर्थ

युवा स्वरोजगारका लागि सात करोड भित्रिदै

२०७३ माघ २२ गते १६:४०

काठमाण्डु, २२ माघ–तेह्रथुमका विभिन्न सहकारीमार्फत युवा स्वरोजगार कोष केन्द्रीय कार्यालयले रु सात करोड कर्जा दिने भएको छ । स्वरोजगार कोषसँग कर्जा माग गरी प्रस्ताव पेस गरेका सहकारीको अनुगमन गर्दै कोषले जिल्लालाई रु सात करोड भन्दा बढी रकम युवालाई कर्जा दिने जनाएको हो । जिल्लामा...

नेप्सेमा ‘अड लट’ कारोबार हुने

२०७३ माघ २२ गते १६:३६

काठमाण्डु, २२ माघ–नेपाल स्टक एक्सचेन्ज लिमिटेडले आइतबारदेखि नियमित समयमा हुने ‘अड लट’ कारोबारले बजारको मूल्य सीमा तथा परिसूचकमा असर नगर्ने व्यवस्था मिलाउने भएको छ । नेप्सेका अनुसार दोस्रो बजार कारोबार थप सहज बनाउन नियमित कारोबार समयमै १० कित्ता भन्दा कम(अड लट) धितोपत्र किनबेच हुनसक्ने...

बोइलर चल्लाको मूल्य बढ्यो

२०७३ माघ २२ गते १६:२४

काठमाण्डु, २२ माघ–नेपाल ह्याचरी सङ्घले बोइलर चल्लाको मूल्य बढाएको छ । भोलि आइतबारदेखि लागू हुने गरी प्रतिचल्लामा रु पाँच बढाइएको हो । यसअघि प्रतिचल्ला ६० रुपैयाँ तिर्दैै आएका किसानले अब प्रतिचल्ला रु ६५ तिनुपर्नेछ । नेपाल ह्याचरी सङ्घका केन्द्रीय उपाध्यक्ष एवम् चितवन जिल्लाका अध्यक्ष...

पूर्वेलीलाई उर्जामन्त्रीको प्रस्तावः अलैंचीसँग बिजुली साटौँ?

२०७३ माघ २१ गते १७:३४

काठमाण्डु, २१ माघ–ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले अलैंचीसँग बिजुली साट्न सुदूर पूर्वका जनतासँग प्रस्ताव राखेका छन् । ताप्लेजुङमा पार्टी कार्यकर्ताहरुसँगको भेटघाटमा शर्माले अलैंचीबाट प्राप्त आम्दानीबाट जलविद्युतमा शेयर लगानी गर्न आग्रह गरे । ‘तपाईहरुसँग मेरो एउटा प्रस्ताव छ, अलैंचीसँग बिजुली साटौं, तपाईको जीवनस्तरमा नसोचेको सुधार आउनेछ’...

मूल्य पाएपछि सुपारी कृषक उत्साहित

२०७३ माघ २१ गते १५:४८

काठमाण्डु, २१ माघ–गाउँमै प्रशोधन केन्द्र स्थापना भएपछि यहाँका किसानले विगतमा भन्दा यसवर्ष राम्रो मूल्य पाएका छन् । प्रतिकिलो ११ रूपैयाँमा काँचो सुपारी बेच्दै आएका किसानले प्रशोधनपछि प्रतिकिलो १८ रूपैयाँ पाउन थालेपछि ती किसान उत्साहित छन् । सुपारीखेतीमा संलग्न किसानको आयस्तर बढाउने उद्देश्यले सुपारी प्रशोधन...

रोल्पाका ७८ प्रतिशत सहकारी सक्रिय

२०७३ माघ २१ गते १३:१६

काठमाण्डु, २१ माघ–रोल्पाका सहकारी संस्थामध्ये ७८ प्रतिशत सक्रिय देखिएका छन् । जिल्लामा कुल दर्ता भएका एकसय ३९ सहकारीमध्ये एकसय सात सहकारी सक्रिय रहेका छन् भने ३२ वटा सहकारी निष्क्रिय रहेको जिल्ला बचत तथा ऋण सहकारी सङ्घ रोल्पाले जनाएको छ । जिल्लामा दर्ता भएका सहकारीमध्ये...

म्याग्दीकाली दोभानबाट ५०० वाट बिजुली उत्पादन

२०७३ माघ २१ गते १३:०८

काठमाण्डु, २१ माघ–कालीगण्डकी ऊर्जा विकास उपभोक्ता समितिको पहलमा म्याग्दी र कालीगण्डकीको सङ्गमस्थल बेनीको दोभानबाट ५०० वाट क्षमताको बिजुली उत्पादन गरिएको छ । बेनी नगरपालिकाको रु ५० हजार आर्थिक सहयोग र उपभोक्ता समितिको रु चार लाख ५० हजार गरी कुल पाँच लाखको लागतमा विद्युत् उत्पादन...

एउटै गाविसबाट ४ बरोडको सुन्तला बिक्री

२०७३ माघ २० गते १७:०४

काठमाण्डु २० माघ– बिहुँ गाविसबाट यस वर्ष करिब रु चार करोड बराबरको सुन्तला बिक्री भएको छ । कुल ५० हेक्टरमा ९०० मेट्रिक टन सुन्तला फलेको जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत विप्लवप्रसाद अधिकारीले जाकानरी दिए । एउटै बोटमा ५० किलोदेखि ५०० किलोसम्म सुन्तला फलेको...

लोडसेडिङ नहुने पक्का, खिम्ती–ढल्केबर २२० केभी क्षमताको प्रसारण लाइन उद्घाटन

२०७३ माघ २० गते १६:२४

काठमाण्डु २० माघ– लोडसेडिङ घट्ने पक्का, खिम्ती–ढल्केबर २२० केभी क्षमताको प्रसारण लाइन उद्घाटनप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगत १७ वर्षदेखि विभिन्न समस्या र अप्ठ्यारोमा अल्झँदै आएको खिम्ती–ढल्केबर २२० केभी क्षमताको प्रसारण लाइनको बिहीबार उद्घाटन गरे । विश्वबैंकको अनुदान सहयोगमा निर्माण भएको २२० केभी क्षमताको डबल सर्किट...

घट्ने भयो त ग्याँसको मूल्य?

२०७३ माघ २० गते १३:२४

काठमाण्डु २० माघ–खाना पकाउने ग्यासमा गरिएको मूल्य वृद्धि फिर्ता गर्न राष्ट्रिय उपभोक्ता मञ्च नेपालले सरकारसँग माग गरेको छ । नेपाल आयल निगमले बुधबार रातिदेखि लागू हुने गरी ग्यासमा प्रति सिलिन्डर रु २५ वृद्धि गरेको थियो । गत महिना समेत आयल निगमले पेट्रोल, डिजेल र...

सीता बचाउ अभियानका लागि २० लाख सङ्कलन

२०७३ माघ २० गते ११:५२

काठमाण्डु २० माघ–म्याग्दीको भगवती–३ की बोनम्यारो र रक्त क्यान्सरबाट पीडित सीता (कृष्णकुमारी) कटुवाल क्षेत्रीको उपचारार्थ करिब रु ४० लाख सहयोग जुटेको छ । बोनम्यारो र रक्तक्यान्सरको उपचारमा लाखौँ रुपैयाँ आवश्यक पर्ने भएपछि स्वदेश तथा विदेशमा रहेका म्याग्देली र नेपालीबाट उक्त आर्थिक सहयोग संकलन भएको...

बचतको ब्याज नबढेकोमा राष्ट्र बैंकको आपत्ति

२०७३ माघ २० गते ११:१९

काठमाण्डु २० माघ–सर्वसाधारणको धेरै पैसा राख्ने बचत (सेभिङ) खातामा बैंक तथा वित्तीय संस्थाले ब्याज नबढाएकामा राष्ट्र बैंकले चासो देखाएको छ । तरलता संकट बढ्दै जाँदा पनि अधिकांश बैंकहरूले बचतको ब्याज नबढाउनु आश्चर्य भएको राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले बताए । ‘एकातिर लगानी गर्न...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us