अर्थ

जापान सरकारद्वारा चार अर्ब ५३ करोड अनुदान सहयोग

२०७३ फागुन ४ गते १३:०९

काठमाण्डु, ४ फागुण-जापान सरकार पोखरामा खानेपानी आपूर्ति सुधार परियोजना कार्यान्वयनका लागि रु चार अर्ब ५३ करोड ९० लाख अनुदान सहयोग गर्न सहमत भएको छ । अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा अर्थ सचिव डा शान्तराज सुवेदी र नेपालका लागि जापानी राजदूत मासाशी ओगावाले सम्झौता पत्रममा...

धुर्मुस–सुन्तली फाउन्डेसनलाई रु ८८ हजार सहयोग

२०७३ फागुन ४ गते १०:४२

काठमाण्डु, ४ फागुण-महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा मङ्गलबार एक कार्यक्रमबीच धुर्मुस–सुन्तली फाउन्डेसनलाई रु ८८ हजार सहयोग गरिएको छ । महोत्तरीको बर्दिबासमा एकीकृत नमुना मुसहर बस्ती बनाउन लागेको धुर्मुस–सुन्तली फाउन्डेसनका संस्थापक सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) मङ्गलबार साँझ जलेश्वर आएको बेला स्थानीयवासीले भव्य स्वागत...

धानको मूल्य निर्धारण भयो

२०७३ फागुन ३ गते १३:१३

काठमाण्डु, २ फागुन–जिल्ला मूल्य निर्धारण समितिले आव २०७३÷७४ का लागि धान र मकैको मूल्य निर्धारण गरेको छ । प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरको अध्यक्षतामा सोमबार बसेको जिल्ला मूल्य निर्धारण समितिको बैठकले चालु आवका लागि धान प्रतिक्विन्टल रु दुई हजार ४०० तथा मकै प्रतिक्विन्टल रु...

१४ करोडको सुन्तला बिक्री

२०७३ फागुन ३ गते १३:१०

काठमाण्डु, २ फागुन–कास्कीमा यस वर्ष रु १४ करोडको सुन्तला बिक्री भएको छ । जिल्लामा यस वर्ष ६ हजार २०० मेट्रिक टन सुन्तला उत्पादन भएको छ । गत वर्ष ६ हजार ५०० मेट्रिक टन सुन्तला उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी नारायणजङ्ग खत्रीले...

अर्थमन्त्री भन्छन्: खर्च गर्न नसक्नेहरु नै पैसा माग्न लाइन लाग्छन्

२०७३ फागुन ३ गते १२:३९

काठमाण्डु, ३ फागुन–उप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले पुँजीगत खर्च गर्ने क्षमता नभएकाहरु नै मन्त्रालयसँग पैसा माग्न लाइन लाग्ने गरेको भन्दै असन्तुष्टी व्यक्त गरेका छन् । सरकारले लक्षित योजनामा पैसा खर्च गर भनि दिएको पैसा पनि खर्च हुन नसकेको भन्दै उनले लक्षित योजनामा खर्च गर्ने...

वैदेशिक रोजगारीको कमाइ सामाजिक कार्यमा

२०७३ फागुन ३ गते १२:३२

काठमाण्डु, ३ फागुन–वैदेशिक रोजगारीको सिलसिलामा भारतमा काम गर्दै आएका स्थानीय श्रीकोटका युवाले सामाजिक कार्यमा आफ्नो श्रम खर्चेका छन् । श्ररोजगारबाट केही दिनका लागि घर फर्केका युवाले रु ६० हजार खर्चेर भिटाकेदार जाने बाटो ९सिडी० निर्माण गरेका हुन् । केदारनाथ मन्दिरका धामी प्रेम सिंह धामी,...

एकै दिनमा सवारी कारबाहीबाट रु ५८ हजार राजस्व सङ्कलन

२०७३ फागुन ३ गते १०:२१

काठमाण्डु, ३ फागुन–जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले सोमबार विभिन्न स्थानमा गरेको सवारी कारबाहीबाट रु ५८ हजार राजस्व सङ्कलन गरेको छ । बिपी राजमार्गमा तीव्र गतिमा सवारी चलाउने र ट्राफिक नियम विपरीत सवारीसाधन चलाउने ४० चालक तथा सवारीसाधनलाई गरिएको कारबाहीबाट सो राजस्व सङ्कलन भएको हो...

नियम मिच्दै अधिकांश सहकारी सञ्चालनमा

२०७३ फागुन २ गते १५:५४

काठमाण्डु, २ फागुन– सदस्यको आर्थिक उन्नतिका लागि भन्दै खोलिएका सिन्धुलीका अधिकांश सहकारी सञ्चालकले बढी मुनाफा लिने उद्देश्यले सहकारीका सदस्यको ढाड सेक्ने काम गरिरहेका छन् । सहकारी सङ्घसंस्था दर्ता, सञ्चालन, नियमन, अनुगमन तथा लेखा परीक्षणसम्बन्धी मापदण्ड २०६८ मा बचत तथा ऋण सरहकारी संस्थाले ऋण र...

एउटै बस्तीमा २२ लाखको अकबरे खुर्सानी

२०७३ फागुन २ गते १३:००

काठमाण्डु, २ फागुन– जिल्लाको सुदाप–२ र ओख्रे–८ स्थित जोडीसल्लाका महिला कृषकले यसवर्ष अकबरे खुर्सानीबाट मात्रै रु २२ लाखभन्दा बढी रकम आम्दानी गरेका छन् । तीन वर्षयता अकबरे खुर्सानीको व्यावसायिक खेती गर्दै आएका यहाँका ४० घर किसान परिवारले यो वर्ष अकबरेबाट राम्रो आम्दानी गरेको स्थानीय...

इन्भेष्टमेन्ट बैंकबाट हराएको २२ लाख रुपैयाँ बैंककै कर्मचारीको घरमा भेटियो

२०७३ फागुन २ गते १२:२३

काठमाण्डु, २ फागुन–धनगढीस्थित नेपाल इन्भेष्टमेन्ट बैंकबाट हराएको २२ लाख ७० हजार रुपैयाँ बैंककै कर्मचारीको भाउजुको घरमा भेटिएको छ । रकम चोरीमा संलग्न बैंकका कर्मचारी गोविन्द उपाध्यायलाई प्रहरीले पक्राउ गरेको छ । बैंकको एटिएममा राख्नका लागि तयार पारिएको रकम शुक्रबार बैंक भित्रबाटै गायव भएको थियो...

एकीकृत नमुना मुसहर बस्तीका लागि अढाई करोड रकमको अभाव

२०७३ फागुन २ गते १०:३३

काठमाण्डु, २ फागुन– आगामी वैशाख १ गते हस्तान्तरण गर्ने उद्देश्यका साथ तीव्र गतिमा निर्माणाधीन अवस्थामा रहेको महोत्तरीको बर्दिवासस्थित एकीकृत नमुना मुसहर बस्तीका लागि रु अढाई करोड रकमको आवश्यकता देखिएको छ । धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) ले आज बिहान पत्रकारसँग कुराकानी गर्दै...

अभिनेता श्रीकृष्णको सम्झनामा श्वेताले नमुना बस्तीलाई सहयोग गर्ने

२०७३ फागुन १ गते १५:५७

काठमाण्डु, १ फागुन–सिन्धुपाल्चोकको ठूलो सिरुवारी गाविस– ९ झोलुङ्गे माझी बस्तीमा नायिका श्वेता खड्काले एकिकृत नमुना बस्ती बनाउन आवश्यक सहयोग गर्ने भएकी छिन् । भूकम्पपछि लामो समयदेखि टहरामा बस्दैआएका सीमान्तकृत माझी समुदायका ६३ परिवारका लागि एकिकृत नमुना बस्ती बनाउन लागिएको हो । स्वर्गीय पति ‘अभिनेता...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us