अर्थ

अन्डाको मूल्य घट्यो

२०७३ माघ ६ गते १५:५३

काठमाण्डु, ६ माघ– व्यवसायमा एकरुपता ल्याउन कुखुरा व्यवसायी चितवनले अन्डाको मूल्य निर्धारण गरेका छन् । नेपाल अन्डा उत्पादक सङ्घ केन्द्रीय समिति र अन्डा बिक्रेताले मूल्यमा एकरुपता ल्याउन मूल्य निर्धारण गरेका हुन् । जिल्लालाई आधार मानी अन्डाको मूल्य यही माघको पहिलो हप्तादेखि नै लागू हुने...

राजस्व सङ्कलनमा दोब्बर वृद्धि

२०७३ माघ ६ गते १५:४४

काठमाण्डु, ६ माघ– मोरङमा चालु आवको ६ महिनाको अवधिमा गत आवको सोही अवधिमा भन्दा दोब्बर बढी राजस्व सङ्कलन भएको छ । गत आवको सुरुको ६ महिनामा रु ७ अर्ब १५ करोड ८४ लाख राजस्व सङ्कलन भएकामा चालु आवको पुस मसान्तसम्ममा रु १४ अर्ब ४५...

कास्की जिल्लाको लागि ४४ वटा योजना सार्वजनिक

२०७३ माघ ६ गते १२:१२

काठमाण्डु, ६ माघ– कास्की जिल्लाबाट समानुपातिकतर्फ प्रतिनिधित्व गर्ने सांसदद्वय तुलबहादुर गुरुङ र चूडामणि विश्वकर्मा जङ्गलीले सांसद क्षेत्र विकास कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७३/७४ का लागि विनियोजित रकम एवम् योजना एक कार्यक्रमका बीच सार्वजनिक गरेका छन् । प्रेस चौतारी नेपाल कास्कीद्वारा बिहीबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा...

युएईलाई उर्जामन्त्री शर्माको यस्तो प्रस्ताव, युएई सकारात्मक

२०७३ माघ ३ गते १९:५४

काठमाण्डु, ३ माघ– ऊर्जामन्त्री जनार्दन शर्माले नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्न संयुक्त अरब इमिरेट्स (युएइ) का ऊर्जामन्त्री सुहेल महम्मद अल मजौरीलाई आग्रह गरेका छन् । युएइको राजधानी अबुधाबीस्थित ऊर्जा मन्त्रालयमा सोमबार भएको भेटवार्तामा नेपालमा जल ऊर्जा उत्पादनका क्षेत्रमा लगानी गर्न मन्त्री शर्माले आग्रह गरेको...

विदेशीको दबाबविपरीत सरकारको ‘बोल्ड डिसिजन’, बर्खास्तीमा परे सुशील ज्ञवाली

२०७३ पुष २७ गते १२:४६

काठमाण्डु, २७ पुस– सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीलाई बर्खास्त गरेको छ । बुधबारको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई पदमुक्त गरेको हो । काम गराई चित्त बुझ्दो नभएको भन्दै सरकारले ज्ञवालीसँग दुईपटकसम्म स्पष्टीकरण सोधेको थियो । तर, स्पष्टीकरण चित्तबुझ्दो नभएकाले उनलाई बर्खास्त...

बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक पारित

२०७३ पुष २६ गते १४:३४

काठमाण्डु, २६ पुस– व्यवस्थापिका–संसद्को सोमबारको बैठकले बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक, २०७३ लाई बहुमतले पारित गरेको छ । यसअघि बैठकमा अर्थमन्त्री कृष्णबहादुर महराले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकमा सांसदहरुले विधेयककाबारेमा उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महराले बैकिङ क्षेत्रमा...

२०४० मा विद्युत् माग ५० हजार मेगावाट

२०७३ पुष २५ गते १९:२३

काठमाण्डु, २५ पुस– सन् २०४० सम्म मुलुकको विद्युत् माग बढेर ५० हजार मेगावाटभन्दा बढी पुग्ने एक अध्ययनले देखाएको छ । जल तथा ऊर्जा आयोगको सचिवालयले गरेको अध्ययनअनुसार हरेक वर्ष विद्युत्को माग करिब १५ प्रतिशतको दरले बढ्दा सो अवधिमा विद्युत् माग उक्त विन्दुमा पुग्ने पाइएको...

लेखा समिति सभातिको चुनाव मंगलबार

२०७३ पुष २५ गते १९:१७

काठमाण्डु, २५ पुस– व्यवस्थापिका–संसद्, सार्वजनिक लेखा समितिको सभापतिको चयन यही पुस २७ गते गरिने भएको छ ।   समितिको सोमबारको बैठकले सभापति चयनको कार्यसूची सार्वजनिक गरेको हो ।   तत्कालीन सभापति जनार्दन शर्मा ऊर्जामन्त्री भएपछि खाली रहँदै आएको सभापति चयनका लागि प्रक्रिया अगाडि बढाइएको...

उर्जा मन्त्रालयले तोक्यो बिजुलीको भाउ

२०७३ पुष २५ गते १८:२०

काठमाण्डु, २५ पुस– ऊर्जा मन्त्रालयले जलाशययुक्त र नदी बहावमा आधारित जलविद्युत् आयोजनाहरुको विद्युत् खरिद–बिक्री (पीपीए) सार्वजनिक गरेको छ । मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उर्जामन्त्री जनार्दन शर्माले उक्त दार सार्वजनिक गरेका हुन् । प्रतियुनिट न्यूनतम ४ रुपैयाँ ८० पैसादेखि अधिकतम १२ रुपैयाँ ४० पैसासम्म...

उर्जामन्त्रीको घोषणा– नेपाललाई उज्यालो र नेपालीलाई धनी बनाउने योजना ल्याएको छु

२०७३ पुष २५ गते १८:०९

काठमाण्डु, २५ पुस–उर्जामन्त्री जनार्दन शर्माले जलविद्युत कम्पनीमा ढुक्कसँग लगानी गरेर उचित प्रतिफल लिन आमजनतालाई अपिल गरेका छन् । मन्त्रालयका नियमित कामकारबाही र आगामी योजनाबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले ‘नेपालको पानी, जनताको लगानी’ नारामार्फत एकैसाथ मुलुकलाई समृद्धि र उज्यालो दिन सकिनेमा...

प्राधिकरण कार्यालय भवन शिलान्यास

२०७३ पुष २४ गते १५:२८

काठमाडौँ, २४ पुस – सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले काठमाडौँ महानगरपालिका–३२ टङ्कप्रसाद घुम्तीमार्ग, अनामनगरमा निर्माण गर्न लागिएको काठमाडौँ उपत्यका विकास प्राधिकरणको कार्यालय भवन शिलान्यास गरेका छन् । तीन रोपनी चार आना एक दाम क्षेत्रमा २० करोड ६३ लाखको लागतमा निर्माण गर्न लागिएको पाँचतले सो भवन...

एघार लाखको लागतमा कृषि उपज केन्द्र निर्माण

२०७३ पुष २४ गते १४:३०

गौशाला, २४ पुस – महोत्तरी जिल्लाको कान्तिबजारमा ११ लाखको लागतमा जिल्लाकै पहिलो कृषि उपज केन्द्र निर्माण भएको छ । जिल्लाको पश्चिमवर्ती दुर्गम गाविस लक्ष्मीनियाँ गाविस–७ स्थित कान्तिबजारमा जिल्ला कृषि विकास कार्यालयको ९ लाख ६९ हजार र उपभोक्ताको एक लाख ४५ हजार ८७९ गरी कुल...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us