वासिङ्टन, २९ जेठ-अफगानिस्तानमा अमेरिकाले थप सैन्य विस्तार गर्नसक्ने सङ्केत गरेको छ । शुक्रबार अमेरिकी रक्षामन्त्रीले सो सङ्केत गरेका हुन् । अमेरिकी रक्षामन्त्री आस्तोन कार्टरले शुक्रबार सो सङ्केत गर्नुभएको शनिबार प्राप्त समाचारमा जनाइएको छ । उनले स्पष्ट रुपमा अफगानिस्तानमा अमेरिकी सैनिक पठाइने विषय नभने पनि...
भक्तपुर, २९ जेठ- शिक्षामन्त्री गिरिराजमणि पोखरेलले संसद्ले केही दिन अगाडि पारित गरेको शिक्षा विधेयकले नेपालको शिक्षालाई गुणस्तरीय बनाउन सहयोग मिल्ने बताएका छन् । भक्तपुरको सूर्यबिनायक नगरपालिका–११ काक्राबारीस्थित सरस्वती माविको स्वर्णजयन्ती कार्यक्रममा शनिबार बोल्दै उनले शिक्षा विधेयकले शिक्षाको आम मुद्दालाई सम्बोधन गरी समग्र शिक्षाको परिवर्तनलाई...
काठमाण्डु, २९ जेठ- उपप्रधानमन्त्री सिपी मैनालीले नेपालभित्रका सबै जाति आदिवासी भएको विचार व्यक्त गरेका छन् । संयुक्त खस क्षेत्री नेपालको स्थापना दिवसका उपलक्ष्यमा शनिबार यहाँ आयोजित विचार गोष्ठीमा महिला, बालबालिका तथा समाजकल्याणमन्त्री मैनालीले नेपालको नागरिकता लिएका सबै जातजाति लामो समयदेखि मुलुकमा बस्दै आएकाले आदिवासी...
काठमाण्डु, २९ जेठ-पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति नेपालले आइतबार एक समारोहबीच दशरथ रङ्गशालामा औपचारिक रूपमा पार्टी घोषणा गर्दैछ । आइतबार खुल्लासत्र सञ्चालन हुनेछ भने सोमबार र मङ्गलबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बन्दसत्र चल्ने प्रवक्ता खिमलाल देवकोटाले जानकारी दिए । बन्दसत्रले पार्टीका थप पदाधिकारीको...
धनुषा, २९ जेठ – फूलगामास्थित गिरिजा उमाविमा १९ शिक्षक छन् । ती शिक्षकले करिब एक हजार ५०० विद्यार्थीलाई पढाउनुपर्छ । विद्यालयले निजी स्रोतबाट पाँच शिक्षक र कर्मचारीको प्रबन्ध गर्दा पनि शिक्षक व्यवस्थापनको विषयमा सधैँ समस्या झेलिरहेको छ । विद्यालयमा सरकारी दरबन्दीमा १४ शिक्षक छन्,...
ललितपुरको खुमलटारस्थित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) परिसरमा प्रदर्शनमा राखिएको प्लास्टिकबाट तेल निकाल्ने मेसिन । जापानको एक गैरसरकारी संस्था इको पार्टीको सहयोगमा नास्टले जैविक प्रविधिमा आधारित प्लास्टिकबाट तेल उत्पादन सुरु गर्ने प्रविधि भित्र्याएको हो । तस्बिर: रासस...
विराटनगर, २९ जेठ– प्रधानमन्त्री केपी ओलीले चीनको सीमावर्ती किमाथान्कासम्म सडक निर्माण भएपछि विराटनगर क्षेत्र व्यापारिक केन्द्रको रुपमा विकास हुने बताएका छन् । शनिबार रेडियो नेपाल र विराटनगर उपमहानगरपालिकाको साझेदारीमा रेडियो नेपालका संस्थापक तारिणीप्रसाद कोइरालाको स्मृतिमा विराटनगर–५ स्थित खार्जीमा निर्माण हुनलागेको सञ्चारग्राम भवनको शिलान्यास कार्यक्रमलाई...
पोखरा, २९ जेठ – पोखरा उपमहानगरपालिकाको फिर्के खोला सरसफाइ गर्दा बिहान बेवारिसे अवस्थामा २६ राउन्ड गोली फेला परेको छ । खोला सरसफाइ अभियानका क्रममा बेवारिसे अवस्थामा नीलो झोलामा ७.६२ एमएम एसएलआर राइफलको २४ राउन्ड गोली र ९ एमएम पेस्तोलमा लाग्ने दुई राउन्ड गोली बरामद...
बागलुङ, २९ जेठ – पश्चिम निसीका एक दम्पतीले स्वास्थ्य चौकीका लागि १० लाख रुपैयाँ मूल्य बराबरको जग्गा प्रदान गरेको छ । निसी गाविस– ३ का हिराबहादुर पुन तथा उनकी श्रीमती कमलाले निसी स्वास्थ्य चौकीका नाममा जग्गा प्रदान गरेका हुन् । स्वास्थ्य सेवामा गाउँका गरिब...
काठमाण्डु, २९ जेठ- राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमबुद्धको जन्मस्थल वरपरको पवित्र क्षेत्रको संरक्षण र विकास गरी लुम्बिनीलाई अन्तर्राष्ट्रिय रुपमै शान्ति नगरीका रुपमा विस्तार गर्नुपर्नेमा जोड दिएकी छन् । सुलक्षण कीर्ति विहार चोभारकी प्रमुख डा अनोजा गुरुमालाई म्यानमा सरकारले ‘महासधम्म ज्योतिकध्वज सम्मान २०१६’ प्रदान गरेका अवसरमा...
काठमाण्डु, २९ जेठ– राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा. प्रकाशचन्द्र लोहनीले अभिनेता सरोज खनालले माफी माग्नु पर्ने बताएका छन् । नयाँ शक्ति नेपालका नेतासमेत रहेका अभिनेता खनालले शुक्रबार पत्रकार नारायण पौडेलको टेलिभिजन कार्यक्रम यक्ष प्रश्नमा लोहनीसँग अमेरिकाको स्थायी बसोबास अनुमति प्रमाणपत्र (ग्रिनकार्ड) रहेको बताएका थिए...
काठमाण्डु, २९ जेठ – पछिल्लो समय नेपालमा विज्ञान र प्रविधिको विकासले तीव्र गति लिएसँगै वैज्ञानिक अनुसन्धानले परिणाममुखी सफलता हासिल गरेको छ । प्रविधिमा लगानी र प्रोत्साहन भएका खण्डमा नयाँ प्रविधिमा नेपालले फड्को मार्छ भन्ने दरिलो उदाहरण नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले चरितार्थ गरेको...