काठमाण्डु, ३० जेठ– नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले नेपालका जनताले हरेक दशवर्षमा नयाँ विकल्प खोज्ने बताएका छन् । आइतबार नयाँ शक्ति नेपालको घोषणासभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । उनले यो अभियान विगतमा जस्तै निराशामा परिणत हुन नहुने सुझाव दिए ।...
काठमाण्डु, ३० जेठ– बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालको पार्टी घोषणा सभामा सहभागी हुन प्रधाननमन्त्री केपी शर्मा ओलीलाई पहिल्यै पत्र पठाइएको भएता पनि प्रधानमन्त्री कार्यालयले कार्यसूची नभएका कारण कार्यक्रममा नजाने बताएका थिए । तर, कार्यक्रम चल्दै गर्दा बाबुरामले ओलीलाई फोन गरेर सभामा सहभागी भइदिन...
काठमाण्डु, ३० जेठ– बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालको औपचारिक पार्टी घोषणा सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ शक्ति नेपाललाई शुभकामना दिँदै यसले आर्थिक विकास, सम्बृद्ध विकास लगाएका सान्दर्भिक नारा उठाएको भन्दै त्यसको सफलताको शुभकामना दिएका छन् । उनले भने,...
कञ्चनपुर, ३० जेठ- बेलौरी नगरपालिका– १४ भुडाका किसान टीकाराम पन्तसँग दुई बिगाहा जग्गा भए पनि उनले बैंकबाट ऋण पाउन सकेका छैन । आफ्नै स्वामित्वमा रहेको जग्गामा केराखेती गर्न उनले ऋणका लागि धेरै पटक बैंकमा धाए । तर हालसम्म पन्तले ऋण पाउनसकेका छैनन् । जग्गा...
काठमाण्डु, ३० जेठ– बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालको औपचारिक पार्टी घोषणा सभालाई सम्बोधन गर्दै भारतीय नेता केशी त्यागीले नयाँ नेपाल बनाउनका लागि बाबुराम भट्टराईले लिएको संकल्प पुरा हुनेमा विश्वास व्यक्त गरेका छन् । उनले भने, ‘बाबुराम भट्टराई दिल्ली आएका बेला भनेका थिए, भारतमा...
काठमाण्डु, ३० जेठ-नेपाल मोडल स्कुल बसुन्धरामा अध्ययनरत सुशान्त मैनालीले आइतबा आत्महत्या गरेका छन् । नेपाल मोडल स्कुल बसुन्धरामा कक्षा १० मा अध्ययनरत १६ वर्षीय मैनालीलाई एक तलामाथि रहेको विद्यालयको चर्पीमा झुन्डिएको अवस्थामा फेला पारिएको महानगरीय प्रहरी वृत्त महाराजगन्जका प्रहरी नायब उपरीक्षक विश्वमणि पोखरेलले जानकारी...
म्याग्दी, ३० जेठ- म्याग्दीको मुदी गाविसमा अवस्थित धौलागिरि हिमालको आधार शिविरमा फोहर बढेको छ । संसारको सातौँ (८,१६७ मिटर) अग्लो मानिएको धौलागिरि हिमालको आरोहण र धौलागिरि चक्रीय पदमार्गको भम्रणमा जाने पर्यटकले प्रयोग गरेर फालेका फोहर वस्तुले धौलागिरि आधार शिविर क्षेत्रमा प्रदूषण बढेको हो ।...
काठमाण्डु, ३० जेठ– करिष्मा मानन्धरको सुन्दरताबारे भनिरहन पर्दैन । आइतबार दरशरथ रंगशालामा उद्घोषणका लागि पुगेकी करिष्माले ‘कन्फिडेन्ट’का साथ उद्घोषण गरिन् । रातो सारी र रातो ब्लाउजमा प्रस्तुत भएकी करिष्माको प्रस्तुति शारिरीक सुन्दरताभन्दा कम थिएन । नयाँ शक्तिकी सदस्य करिष्माको कला राजनीति नै गर्ने पासाङ...
काठमाण्डु, ३० जेठ– राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता सुनिलबहादुर थापाले मुलुक राजनीतिक रुपमा असन्तुलन भएको बेला नयाँ शक्ति नेपाल जन्मिएकोले यसबाट मुलुकलाई सन्तुलित बनाउन मद्धत पुग्ने आशा पलाएको बताएका छन् । नयाँ शक्ति नेपालको पार्टी घोषणा सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । थापाले बाबुराम...
भक्तपुर, ३० जेठ– नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले आफ्नो पार्टीले राष्ट्रिय सरकारको गृहकार्य सुरु गरेको बताएकी छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा भुसालले हाल आफ्ना मन्त्रीहरुलाई सरकारबाट फिर्ता नबोलाउने भन्दै उनले नेकपा माओवादीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार निर्माणमा लागि विभिन्न...
कञ्चनपुर, ३० जेठ-कञ्चनपुरको भीमदत्तनगरपालिका– १२ ओदालीका ६० वर्षीय छत्रबहादुर रानाको नहरमा डुबेर मृत्यु भएको छ । आइतबार बिहान महाकाली सिँचाइको शाखा नहरमा रानाको शव देखा परेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । तत्कालै पुगेको प्रहरीले रानाको शवलाई नहरबाट निकाली परीक्षणका लागि महाकाली अञ्चल अस्पतालमा...
काठमाण्डु,३० जेठ– नयाँ शक्ति पार्टी घोषणा सभामा निम्तो मान्न पुगेका नेपालका लागि भारतका राजदूूत रञ्जित रेलाई उद्घोषकले स्वागत गर्दा कसैले ताली बजाएनन् । उद्घोषक पासाङ शेर्पाले ‘छिमेकी मुलुक भारतका राजदूत रञ्जित रेलाई जोडदार तालीका साथ स्वागत गरिदिन आग्रह गर्दछु’ भने । तर दशरथ रंगशालामा...