पाँचथर, २७ जेठ-भूमिसुधार तथा व्यवस्थामन्त्री रामकुमार सुब्बाले आगामी दुई वर्षमा मुलुकलाई सुकुम्बासीमुक्त बनाउने घोषणा गरेका छन् । पाँचथरको यासोकमा पापोहाङ लावती सङ्घद्वारा निर्मित पूर्वमन्त्री पद्मसुन्दर लावतीको शालिक अनावरण गर्न आउने क्रममा बिहीबार जिल्ला मालपोत कार्यालयका कर्मचारीलाई निर्देशन दिँदै उनले सुकुम्बासी समस्या चुनौतीपूर्ण भएपनि आगामी...
नुवाकोट, २७ जेठ– नुवाकोटमा बालुवाखानीमा पुरिएर तीन जनाको मृत्यु भएको छ । जिल्लाको खड्गभञ्ज्याङ गाविस–९ बुधसिंहघाटस्थित अवैध बालुवा खानीमा पुरिएर उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा मिनी ट्रक चालक दाङसिङ–४ का ३५ वर्षीय गंगासिंह भनिने विकास तामाङ, सोही ठाउँका सहचालक प्रकाश तामाङ र...
काठमाण्डु, २७ जेठ– प्रधानमन्त्री केपी शर्मा ओलीलाई सैनिक श्रीमती संघले धरहराको नवनिर्माण गर्न सहयोगस्वरुप २५ लाख हस्तान्तरण गरेको छ । प्रधानमन्त्री ओलीलाई सङ्घकी अध्यक्ष श्रीमती रीता क्षत्रीले प्रधानमन्त्री निवास बालुवाटारमा धरहरा पुनःनिर्माण कोषमा रहने गरी २५ लाखको चेक हस्तान्तरण गरेकी हुन्। सोही अवसरमा...
डोटी, २७ जेठ – बुधबार राति आएको बाढीले डोटीमा करोडौँको क्षति भएको छ । डोटीको लाटामाण्डौ गाविसको तिलतालीमा गएराति वर्षासँगै आएको बाढीले ठूलो क्षति गरेको हो । स्थानीय जिजौडाखोला, किनमणेखोला, बन्नाखोला र खुनखोलामा एक्कासि आएको बाढीले गाउँलाई पुरेको छ भने खेतीलाई नोक्सान गरेको छ ।...
काठमाण्डु, २७ जेठ– मधेस सम्बद्ध दलले थालेको रिले अनसनप्रति नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले ऐक्यबद्धता जनाएका छन् । बिहीबार पत्नी हिसिला यमीसहित गएका भट्टराईले अनसनप्रति ऐक्यबद्धता जनाउदै गठबन्धनले उठाएका जायज मागलाई सरकारले समम्बोधन गर्नुपर्ने बताएका थिए । गठबन्धनले संविधानमा संशोधन लगायतका माग...
काठमाण्डु , २७ जेठ – पूर्व कुमारीको प्रेम–जीवनलाई प्रमुख विषय बनाइएको चलचित्र ‘गाजलु’ भोलि शुक्रबार प्रदर्शनमा आउने भएको छ । चलचित्रले उठाएको विषय र समावेश गरिएका दृश्याङ्कनप्रति ‘कुमारी घर’को आपत्ति भएको कुरा बाहिर आएकाले चलचित्र ‘गाजलु’ विवादमा परेको भनियो । तर कुमारी घरका पदाधिकारीले चलचित्र हेरेपछि...
काठमाण्डु, २७ जेठ-नेपाल भ्रमणमा रहेका चीनको जनसेनाको केन्द्रीय सैनिक आयोग, नौसेनाका उपप्रमुख एडमिरल सुन जिआङगुओले बिहीबार प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग जङ्गीअड्डामा शिष्टाचार भेटवार्ता गरेका छन् । भेटवार्ताका क्रममा उनीहरुबीच आपसी द्विपक्षीय हित एवम् सैनिक सम्बन्धका बारेमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । छिमेकी मित्रराष्ट्रका...
नेपालगन्ज, २७ जेठ– बा“के जिल्लाको कोहलपुर नगरपालिकामा आजदेखि इलाका प्रशासन कार्यालय सञ्चालनमा आएको छ । इलाका प्रशासन कार्यालय सञ्चालनमा आएपछि कोहलपुर नपा र आसपासका सात गाविसका नागरिक नागरिकता, राहदानीलगायत प्रशासनिक कामका लागि नेपालगन्जस्थित जिल्ला प्रशासन कार्यालय जानुपर्ने बाध्यताको समेत अन्त्य भएको छ । ...
चिनको औद्योगिक क्षेत्र गोन्जाउबाट सिगात्सेसम्म रेल र सिगात्सेबाट क्रेनको सहायताले टेलरमा राखी चिनियाँ ढुवानी कम्पनीले केरुङसम्म ल्याएको सामान झार्दै कामदार । तस्बिर: रासस...
काबुल, २७ जेठ-पूर्वी अफगानिस्तानको पाक्टिका प्रान्तमा आतङ्ककारीविरुद्ध गरिएको चालकरहित विमान (ड्रोन) आक्रमणमा हक्कानी सञ्जालका एक प्रमुख कमाण्डर मारिएका छन् । सो आक्रमणमा सिराजुद्दिन खदेमी नाम गरेका हक्कानी सञ्जालका प्रमुख कमाण्डर मारिएका स्थानीय टेलिभिजन च्यानल टोलोले बिहीबार जानकारी दिएको छ । पाक्टिका प्रान्तको सर्वाजा जिल्लामा...
पोखरा, २७ जेठ-नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माआवादीद्वारा घोषित बिहीबारको बन्द सफल पार्न हिँडेका ४२ जना कार्यकर्तालाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ । बजार बन्द गराउँदै हिँडेका माओवादी कार्यकर्तालाई पोखराको चिप्लेढुङ्गा, महेन्द्रपुल, लेखनाथ नगरपालिकाको तालचोक, गगन गौडालगायतका स्थानबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका...
काठमाण्डु, २७ जेठ – बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग एवम् सत्य निरूपण तथा मेलमिलाप आयोगले आह्वान गरेको उजुरी दर्ताका क्रममा विभिन्न धाकधम्की आउने गरेको भन्दै पीडितहरुले आफूहरुलाई संरक्षण दिइनुपर्ने माग गरेको छ । आयोगले सुरु गरेको उजुरी दर्ता प्रक्रियाको वैशाख २८ देखि जेठ २१...