भक्तपुर, ४ असार-नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँडले काँग्रेस सहमति र चुनावको पक्षमा रहेको बताएका छन् । शनिबार नेपाल तरुण दल जिल्ला कार्यसमिति भक्तपुरले आयोजना गरेको ‘वर्तमान् संविधान कार्यान्वयनमा नेपाल तरुण दलको भूमिका’ विषयक विचार गोष्ठीमा बोल्दै उनले स्थानीय निकायको चुनाव चाँडै होस् भन्ने...
होस्टन, ४ असार( अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवार रहेका डोनाल्ड ट्रम्पले यसअघिदेखिको आफ्नो घोषित नीतिको बचाउ गरेका छन् । उनले अमेरिकी नागरिकले लाइसेन्सप्राप्त हतियार राख्न पाउने भनी यसअघिदेखि गर्दै आएको दाबीको शुक्रबार पनि बचाउ गरेका हुन् । साथै उनले होस्टनमा शुक्रबार रिपब्लिकनले...
एजेन्सी– बेलायतको योर्क सायर क्षेत्रमा अवस्थित ब्रिस्टल गाउँमा बिहीबार एक सांसदको हत्या भएपछि घटनाको विवरण बुझ्न प्रधानमन्त्री डेभिड क्यामरुन ब्रिस्टल पुगेका छन् । ब्रिस्टलमा प्रतिपक्षी लेवर पार्टीका नेता र प्रधानमन्त्री डेभिड क्यामरुनले एक संयुक्त समारोहलाई सम्बोधन गर्दै सम्बद्ध सबैलाई संयम बन्न आग्रह गरेका छन्...
पोखरा, ४ असार – कास्कीको भरतपोखरीबाट पोखरातर्फ आइरहेको ग १ ख ३४२६ नंको माइक्रोबस बिहान पोखरा– १७ को दोबिल्लामा पल्टँदा १५ जना घाइते भएका छन् । तीव्र गतिमा गुडिरहेको सो माइक्रोबस फुस्रे खोलामाथि बनेको पुलमा एक्कासि ब्रेक लगाउँदा सडकभन्दा तीन फि तल खसेको जिल्ला...
काठमाण्डु, ४ असार-नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले छलफलबिना ल्याइएको निर्वाचन तालिकाले निर्वाचन सम्भव नभएको बताएका छन् । काँग्रेस नागार्जुन–३ वडा कार्यसमितिले शनिबार यहाँ आयोजना गरेको कार्यक्रममा उनले सरकारले एकपक्षीय ढङ्गले तोकेको निर्वाचन तालिकाले निर्वाचन सम्भव नभएको बताए । उनले भने, ‘सरकारले व्यवस्थापिका–संसद्को प्रमुख प्रतिपक्षलाई...
काठमाण्डु, ४ असार – निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग पीडितमैत्री भए पनि मेलमिलाप र क्षमादान दिन सक्ने अधिकारसहितको व्यवस्था कानुनले नदिएको टिप्पणी गरिएको छ । व्यवस्थापिका–संसद्को सामाजिक न्याय तथा मानवअधिकार समितिद्वारा शुक्रबार आयोजित नेपालमा सङ्क्रमणकालीन न्यायको अभ्यास र यसका चुनौती...
काठमाण्डु, ४ असार-नेकपा एमालेले नयाँ संविधानबमोजिम पार्टीलाई सात वटा प्रदेशस्तरीय कमिटी बनाउने गृहकार्य पूरा गरेको छ । शनिबार बस्ने पार्टीको स्थायी कमिटीको बैठकमा प्रदेश कमिटीको खाकाबारे छलफल हुने पार्टीका सचिव योगेश भट्टराईले जानकारी दिएका छन् । गत जेठ २४ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको...
वालिङ, ४ असार-नेकपा एमालेका नेता माधवकुमार नेपालले वर्तमान सरकारले ल्याएको लोकप्रिय बजेट कार्यान्वयनका लागि चुनौती रहेको बताएका छन् । पुष्पलाल स्मृति प्रतिष्ठान स्याङ्जाको घोषणा कार्यक्रमलाई शनिबार यहाँ सम्बोधन गर्दै उहाँले बजेट कार्यान्वयन हुन नदिने षड्यन्त्र हुने भएकाले सचेत रहनुपर्नेमा जोड दिए । उनले भने,...
दाङ, ४ असार – यहाँका अग्निपीडितलाई जस्तापाता वितरण गरिएको छ । दाङको गङ्गापरस्पुर गाविका अग्निपीडितलाई सांसद एवम् नेपाली काँग्रेसकी केन्द्रीय सदस्य पार्वती डिसी चौधरीले रु दुई लाख बराबरको जस्तापाता सहयोग गरेका हुन् । शुक्रबार गङ्गापरस्पुर–८ बाँकी र वडा नं ६ खज्रौटा गाउँमा पुगी उनले...
मुस्ताङ, ४ असार – मुस्ताङ सदरमुकाम जोमसोममा हावाबाट बिजुली उत्पादन गर्ने प्रयास सफल भएको छ । बुद्ध पावर प्रालि पोखराको प्रयासमा साढे एक किलोवाट क्षमताको विद्युत् उत्पादन भएको हो । हावाको गतिको आधारमा उत्पादन बढ्दै जाने कम्पनीले दाबी गरेको छ । मदानी प्रकृतिकै पङ्खा...
मोरङ, ४ असार – मोरङको दोस्रो ठूलो सहर उर्लाबारीमा क्षयरोगीको सङ्ख्या बढेको देखिएको छ । गत आवमा ७० जना क्षयरोगी रहेको उर्लाबारीमा चालु आवको जेठ महिनासम्म रोगीको सङ्ख्या तीन जनाले बढेर ७४ पुगेको प्राथमिक स्वास्थ्य केन्द्र मङ्गलबारेका क्षयरोग कार्यक्रम संयोजक नारायण श्रेष्ठले बताए ।...
काठमाण्डु, ४ असार– संस्था घाटामा जाँदा पनि बोनस खुवाएको अभियोगमा नेपाल आयल निगमका केही पदाधिकारी अख्तियारको कारबाहीमा परे । अरुको लागि जे जस्तो भए पनि आयल निगमले आफ्ना कर्मचारीका लागि भने राम्रो सुविधा दिने गरेको छ । यहि आयल निगममा अहिले विभिन्न ६२ पदमा...