मन्त्रिपरिषद्का निर्णय हिमालय होटलबाट सार्वजनिक !

२०७६ जेठ १६ गते ११:०३

काठमाण्डु, १६ जेठ – सरकारले मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न नियमित रुपमा सञ्चार मन्त्रालयमा आयोजना गरिँदै आएको पत्रकार सम्मेलन यो पटक कुपण्डोलस्थित हिमालय होटलबाट सार्वजनिक गरिने भएको छ । सूचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले सामाजिक सञ्जालमार्फत नियमति पत्रकार सम्मेलनस्थल परिवर्तन गरेको जानकारी दिएका हुन्...

एकाबिहानै भूकम्पले हल्लायो

२०७६ जेठ १६ गते १०:५५

काठमाण्डु, १६ जेठ – मुगु केन्द्रबिन्दु भएर ४ दशमलव ६ म्यानेच्युटको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मुगुको जिमा केन्द्रबिन्दू भएर बिहीबार बिहान १० बजेर १ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको थियो । भूकम्पको धक्का मुगु आसपासका क्षेत्रमा पनि महसुस गरिएको...

यी हुन ‘संविधान पदक’ बाट सम्मानित हुने सभासद(नामसहित)

२०७६ जेठ १६ गते १०:४७

काठमाण्डु, १६ जेठ – सरकारले संविधान निर्माणमा योगदान पुर्याएका एक हजार एक सय नौ जनालाई संविधानसभा पदकबाट विभूषण गर्दैछ । गणतन्त्र दिवसको अवसरमा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा विषेश कार्यक्रम आयोजना गरी संविधानसभा पदक वितरण गरिरहेकी छन् । पदक वितरण बेलुका ५ बजेसम्म...

अझै नरोकिने भयो पानी, यस्तो छ मौसम विभागको अनुमान

२०७६ जेठ १६ गते १०:३२

काठमाण्डु, १६ जेठ – आजदेखि शनिबारसम्म देशका धेरै ठाउँमा हावाहुरी र मेघ गर्जनसहित वर्षा हुने सम्भावना देखिएको मौसमविद्ले बताएका छन् । जल तथा मौसम पूर्वानुमान महाशाखाले पश्चिमी तराई क्षेत्रबाहेक बाँकी भूभागमा आगामी तीन दिनसम्म मौसम बदली भई वर्षा हुने सम्भावना देखिएको हो । मौसमविद्...

युरोपा लिगको उपाधि चेल्सीले उचाल्यो

२०७६ जेठ १६ गते १०:२०

काठमाण्डु, १६ जेठ – युरोपको दोस्रो ठूलो क्लब प्रतियोगिता युरोपा लिगको उपाधि चेल्सीले जितेको छ । गएराति अजरवैजानको बाकुमा भएको लण्डन डर्बी फाइनलमा आर्सनललाई ४–१ ले पराजित गर्दै चेल्सी सिजनको च्याम्पियन बनेको हो । बाकु स्टेडियममा चेल्सीका लागि एडेन हाजार्डले २ तथा ओलिभ जिरुड...

भैंसेपाटीको केमिकल गोदाममा भाीषण आगालागी

२०७६ जेठ १६ गते १०:१४

काठमाण्डु, १६ जेठ – ललितपुरको भैंसेपाटीस्थित केमिकल गोदाममा बिहीबार बिहान आगलागी भएको छ । महानगरपालिका–१८ स्थित भैंसेपाटीमा किरणप्रसाद श्रेष्ठको सोडिय हाइड्रो सल्फिट गोदाममा बिहीबार बिहान ३ बजे आगलागी भएको हो । बिहानै लागेको आगो ६ घण्टापछि बिहान नौ बजे नियन्त्रणमा आएको छ । ललितपुर...

प्रधानमन्त्रीसँग को–को दिल्ली जाँदैछन् ?(नामसहित)

२०७६ जेठ १६ गते १०:११

काठमाण्डु, १६ जेठ – भारतका समकक्षी नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डल आज दिल्ली जाँदैछ । मोदीको शपथग्रहण बिहीबार साँझ ७ बजे भारतीय राष्ट्रपतिभवनमा हुँदैछ । ओली र मोदीबीच द्विपक्षीय वार्ता शुक्रबार बिहान हैदराबाद हाउसमा तय भएको छ । ‘शपथग्रहण...

अविवाहितलाई साढे ४ लाख सम्मको कमाइमा कर छुट

२०७६ जेठ १६ गते ६:४७

काठमाण्डु, १६ जेठ– बजेटले आयकरको दर वृद्धि गरेको छैन । बरु आयकर छुट हुने सीमा वृद्धि गरिएको छ । अब अविवाहितले चार लाखसम्म र विवाहितले चार लाख ५० हजारसम्मको आम्दानीमा कर तिर्नुपर्दैन । यसअघि अविवाहितले तीन लाख ५० हजार र विवाहितले चार लाखसम्मको आम्दानी...

चुरोट, मदिरा, पेट्रोलियम, सिमेन्ट र रडको मूल्यवृद्धि

२०७६ जेठ १६ गते ६:३४

काठमाण्डु, १६ जेठ– बजेटले पेट्रोल, डिजेलबाट पूर्वाधार करबापत थप एक रुपैयाँ उठाउने नीति लिएको छ । हाल यो शीर्षक (सडक मर्मतसम्भार कर) अन्तर्गत पेट्रोलबाट चार रुपैयाँ र डिजेलबाट दुई रुपैयाँ प्रतिलिटर असुल हुँदै आएको छ । १ साउनदेखि पेट्रोलबाट पाँच रुपैयाँ र डिजेलबाट तीन...

धुर्मुसलाई रुवाउने १६ पक्राउ !

२०७६ जेठ १६ गते ५:५९

काठमाण्डु, १६ जेठ– चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थल सुरक्षाका लागि लगाइएको जस्ताको बार भत्काउने कार्यमा संलग्न १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त रंगशाला बनाउने लागिएको विरोधमा रहेका स्थानीय नेकपा कार्यकर्ताले बुधबार बिहान एक किलोमिटर जति जस्तापाताको बार डोजर लगाएर भत्काएका...

बजेटमा राखिएको यो प्रावधानः जसले जनताको ढाड सेक्ने काम गर्छ

२०७६ जेठ १५ गते २२:१४

काठमाण्डु, १५ जेठ– पेट्रोल र डिजेलमा यसअघि लाग्दै आएको घरमा वृद्धि गरिएको छ । आर्थिक वर्ष ०७६/०७७ को अनुमानित आय तथा व्यवको विवरण सार्वजनिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले प्रतिलिटर एक रुपैयाँ कर वृद्धि गरेका हुन् । सरकारले यसअघि लिटरमा ४ रुपैयाँ कर लिँदै...

सरकारले ल्यायो १५ खर्ब ३२ अर्बको बजेट

२०७६ जेठ १५ गते १८:१५

काठमाण्डु, १५ जेठ – सरकारले आर्थिक वर्ष २०७६–७७ का लागि १५ खर्ब ३२ अर्बको बजेट ल्याएको छ । बुधबार संघीय संसदको संयुक्त बैठकलाई सम्वोधन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले ‘लोकप्रियतामुखी’ बजेट सार्वजनिक गरेका हुन् । सरकारले गतवर्षको राखिएको लक्ष्य २३ प्रतिशत राजस्‍व वृद्धिको अनुमानसहित...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us