
काठमाण्डु, १६ जेठ – ललितपुरको भैंसेपाटीस्थित केमिकल गोदाममा बिहीबार बिहान आगलागी भएको छ ।
महानगरपालिका–१८ स्थित भैंसेपाटीमा किरणप्रसाद श्रेष्ठको सोडिय हाइड्रो सल्फिट गोदाममा बिहीबार बिहान ३ बजे आगलागी भएको हो ।
बिहानै लागेको आगो ६ घण्टापछि बिहान नौ बजे नियन्त्रणमा आएको छ । ललितपुर महानगरपालिका, काठमाण्डु महानगरपालिका र भक्तपुर नगरपालिकाको ४ दमकल, सुरक्षाकर्मी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको ललितपुर प्रहरीले जनाएको छ ।
आगलागीबाट गोदामका सामान जलेर नष्ट भएको ललितपुर प्रहरीले जनाएको छ । यद्यपि, आगलागीबाट कति क्षति भयो यकिन विवरण भने प्राप्त भइसकेको छैन ।
आगलागीको कारण प्रष्ट कारण खुलिसकेको छैन । तर, प्रहरीले विद्युत सर्ट भएर आगो सल्केको हुनसक्ने अनुमान गरेको छ ।
यसअघि पनि भैंसेपाटीको यती कार्पेट उद्योगमा आगलागी भएको थियो ।