धुर्मुसलाई रुवाउने १६ पक्राउ !

काठमाण्डु टुडे २०७६ जेठ १६ गते ५:५९ मा प्रकाशित

काठमाण्डु, १६ जेठ– चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थल सुरक्षाका लागि लगाइएको जस्ताको बार भत्काउने कार्यमा संलग्न १६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उक्त रंगशाला बनाउने लागिएको विरोधमा रहेका स्थानीय नेकपा कार्यकर्ताले बुधबार बिहान एक किलोमिटर जति जस्तापाताको बार डोजर लगाएर भत्काएका थिए ।
जिल्ला प्रहरी कार्यालय चितवनका एसपी दानबहादुर मल्लले बार भत्काउने कार्यमा संलग्न १६ जनालाई डोजरसहित पक्राउ गरिएको जानकारी दिए । कृषि तथा वनविज्ञान विश्वविद्यालय चितवनले भोगचलन गर्दै आएको जग्गाबाट सडक बनाउनुपर्ने माग सुनुवाई नगरेको आरोपमा बार भत्काइएको प्रहरीले जनाएको छ । रंगशाला निर्माणको नेतृत्व गरेका धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले चार मिटर छाडेर बाटो निर्माण गर्ने सहमति भएको चार दिनपछि बार भत्काइएको बताए । बार भत्काइएपछि धुर्मुस बुधबार रोएका थिए । उनले राजनीतिक प्रतिशोधका आधारमा घटना गराइएको प्रतिक्रिया दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us