युरोपा लिगको उपाधि चेल्सीले उचाल्यो

काठमाण्डु टुडे २०७६ जेठ १६ गते १०:२० मा प्रकाशित

काठमाण्डु, १६ जेठ – युरोपको दोस्रो ठूलो क्लब प्रतियोगिता युरोपा लिगको उपाधि चेल्सीले जितेको छ । गएराति अजरवैजानको बाकुमा भएको लण्डन डर्बी फाइनलमा आर्सनललाई ४–१ ले पराजित गर्दै चेल्सी सिजनको च्याम्पियन बनेको हो ।

बाकु स्टेडियममा चेल्सीका लागि एडेन हाजार्डले २ तथा ओलिभ जिरुड र पेड्रो रोड्रिगेजले १–१ गोल गरे । आर्सनलका लागि एलेक्स इओवीले एक गोल फर्काए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us