विराट भट्टको फिल्मलाई गाउँपालिकाबाट १० लाख, अध्यक्ष दुलहीको बुवा !

२०७६ असार ४ गते १७:०२

डोटी, ४ असार – डोटीको जोरायल गाउँपालिकाले विकास निर्माणको बजेट काटेर विराट भट्टको चलचित्रलाई सहयोग गरेको छ । गाउँपालिका अध्यक्षको उकल निर्णयबाट चलचित्र निर्माणका लागि १० लाख खर्च गर्ने भएको हो । नायक भट्टले निर्माण गर्न लागेको चलाचित्र ‘साङ्लो’ १० लाख रकम दिने गाउँपालिकाले...

गुठीलाई पर्यटन मन्त्रालय मातहत राख्न माग

२०७६ असार ४ गते १६:४९

काठमाण्डु, ४ असार – गुठी विधेयक विरुद्धको संघर्ष समितिले गुठीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहत राख्न सरकारसँग माग गरेको छ । समितिका संयोजक डा. महेशमान श्रेष्ठले गुठी संस्कृतिसँग सम्बन्धित भएकाले संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालयअन्तर्गत राख्न सरकारसँग माग गरेका हुन् । बुधबार...

सरकारमाथि खनिए पूर्वमन्त्री, विना तयारी विधेयक ल्याएको आरोप

२०७६ असार ४ गते १५:५९

काठमाण्डु, ४ असार – सत्तारुढ दल नेकपाका सांसद एवम् पूर्व कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले सरकारले सरोकारवाला निकायसँग पर्याप्त छलफल नगरी विधेयकहरु ल्याउने गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेकपाका प्रतिनिधिसभाका सांसद तामाङले पर्याप्त छलफल र तयारीविना नै आएकाले सरकारले ल्याएका...

भक्तपुर अस्पतालका सबै सेवा ठप्प

२०७६ असार ४ गते १५:४७

काठमाण्डु, ४ असार – वीर अस्पतालपछि दोस्रो जेठो सरकारी अस्पतालका रूपमा रहेको भक्तपुर अस्पतालमा कर्मचारी आन्दोलनका कारण आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प भएको छ । अस्पतालको सबै सेवा ठप्प पार्दै हातमा कालो पट्टी बाँधेर ३५ कर्मचारीहरु अस्पतालको प्राङ्गणमा धर्ना दिएर बसेका छन् ।...

बालुवाटारमा ओली र प्रचण्डबीच ‘वान टू वान’ वार्ता, सचिवालय बैठक बोलाए

२०७६ असार ४ गते १५:३३

काठमाण्डु, ४ असार – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार दिउँसो साढे दुई घन्टा ‘वान टू वान’ वार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साढे १२ बजे सुरू भएको बैठक दिउँसो तीन बजे सकिएको हो । दुई...

देशको शिर निहुरियो, मन्त्रीलाई धन्यवादः जर्नादन शर्मा

२०७६ असार ४ गते १५:१७

काठमाण्डु, ४ असार – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका नेता जनार्दन शर्माले रुकुमका लागि छुट्याइएको बजेट प्रधानमन्त्री केपी शर्मा ओली र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको जिल्लामा लैजान माग गरेका छन् । बजेट विनियोजन गर्ने क्रममा मन्त्रालयले नेता र आफूमुखी गरेको भन्दै शर्माले...

अब शिक्षा र स्वास्थ्यमा पनि प्रविधिको प्रयोग गरिन्छः प्रधानमन्त्री

२०७६ असार ४ गते १५:०२

काठमाण्डु, ४ असार – प्रधानमन्त्री केपी शर्मा ओलीले भूमि व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन सुरु गरिएको बताएका छन् । कलंकीमा बुधबार नमुना मालपोत कार्यालय घोषणा कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विकास र सेवाको काममा प्रविधिको प्रयोग गरेर जनतालाई छिटो र छरितो सेवा दिइने बताए । प्रधानमन्त्री...

नेकपाभित्रै यातायातमन्त्रीको राजीनामा मागियो

२०७६ असार ४ गते १४:३५

काठमाण्डु, ४ असार – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका सांसद लालबहादुर थापाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको राजीनामा माग गरेका छन् । मन्त्रालयको बजेट विनियोजन तथा योजना वितरणमा मन्त्री महासेठले आफ्नो जिल्ला धनुषालाई मात्रै प्राथमिकता दिएको भन्दै मन्त्रीलाई अनुशासनको कारबाही गर्नुपर्ने पनि प्रस्ताव गरेका...

बाबुसँग फाेनमा कुरा गरेलगत्तै २० वर्षीया युवतीकाे हत्या

२०७६ असार ४ गते १४:३१

फिदिम, ४ असार – मङ्गलबार पाँचथरको हिलिहाङ गाउँपालिका–६ को सिटे जङ्गलमा हत्या गरिएकी युवतीको साथमा रहेको नगद हत्याराले लुटेको खुलेको छ । पाँचथर जिल्ला प्रहरी कार्यालयका अनुसार एनएमबी माइक्रो फाइनान्स लिमिटेडको हिलिहाङ–३ गोपेटारस्थित शाखामा कार्यरत कर्मचारी सुजाता तामाङको साथमा रहेको रु ७८ हजार ५००...

जापानमा शक्तिशाली भूकम्प गयो

२०७६ असार ४ गते १४:२३

टोकियो, ४ असार – जापानको उत्तरी भेगमा बुधबार ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट १६ जना सामान्य घाइते भएका र केही पूर्वाधारमा क्षति पुगेको जापानी अधिकारीहरुले बताएका छन् । जापानको मौसम विज्ञान विभाले शुरुमा सुनामीको चेतावनी दिइए पनि परिस्थिति सहज बनेको जनाएको...

पानी जहाजमा काम लगाइदिन्छु भन्दै ठगी, तीन सय जनाको ६ करोड झ्वाम

२०७६ असार ४ गते १४:०६

काठमाण्डु, ४ असार – सिंगापुरमा पानीजहाजको काममा लगाइदिने भन्दै करोडौं ठगी गर्ने एकजनालाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट गणेशस्थानका प्रवीन पौडेल छन् । उनलाई मकवानपुरबाट पक्राउ गरिएको हो । अपराध महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सहकुल थापाका...

लोकसेवाको विज्ञापनबारे सर्वोच्चले दियो यस्तो आदेश

२०७६ असार ४ गते १३:५५

काठमाण्डु, ४ असार – सर्वोच्च अदालतले विज्ञापनका सम्बन्धमा परेका सबै रिटको फाइल एक साथ पेश गर्न आदेश दिएको छ । न्यायाधीशद्वय हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलासले यससम्बन्धी सबै रिटका फाइल एक साथ पेश गर्न आदेश दिएको हो । लोक सेवा आयोगले समावेशी सिद्धान्त...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us