पानी जहाजमा काम लगाइदिन्छु भन्दै ठगी, तीन सय जनाको ६ करोड झ्वाम

काठमाण्डु टुडे २०७६ असार ४ गते १४:०६ मा प्रकाशित

काठमाण्डु, ४ असार – सिंगापुरमा पानीजहाजको काममा लगाइदिने भन्दै करोडौं ठगी गर्ने एकजनालाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट गणेशस्थानका प्रवीन पौडेल छन् । उनलाई मकवानपुरबाट पक्राउ गरिएको हो ।

अपराध महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सहकुल थापाका अनुसार पौडेलले काठमाण्डुको विशालनगरस्थित ‘द एपेरिङ्क फर्म’ ट्रेनिङ सेन्टर खोलेर तीन सय जनाबाट ६ करोड भन्दा बढी रकम ठगी गरेको पाइएको छ ।

पौडेलले सिंगापुरको सोलास कम्पनीको पानीजहाजमा काम लगाइदिने भन्दै विभिन्न व्यक्तिलाई भारतको लखनउमा पठाएर तालिमसमेत दिने गरेको अनुसन्धानबाट खुलेको छ । पौडेलले सिंगापुरमा पाँच लाख नेपाली तलब हुने भन्दै ठगेको पाइएको एसएसपी थापाले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us