राजधानीमा रातभर वर्षा, पुल्चोकमा रुख ढल्दा प्रहरी कार्यालयमा क्षति

२०७६ असार २७ गते ११:५९

  काठमाण्डु, २७ असार -ललितपुरस्थित पुल्चोक सडक छेउको रातभरको वर्षाका कारण रुख ढलेको छ। महानगरीय प्रहरी प्रभाग पुल्चोक अगाडि ढलेको रुखले प्रहरी कार्यालयमा सामान्य क्षति भए पनि मानवीय क्षति नभएको एसएसपी रवीन्द्र धानुकले बताए। रुख ढलेका कारण केही समय सडक समेत अवरुद्ध भएको थियो।...

सप्तकोशीमा खतराको बत्ती, २९ ढोका खोलिए

२०७६ असार २७ गते ११:३४

काठमाण्डु, २७ असार -मंगलबारदेखि परेको अविरल वर्षाका कारण सुनसरीको सप्तकोशी नदीको बहाव अझै बढ्दै गएको छ । शुक्रबार बिहानको मापन अनुसार १ लाख ६० हजार १ सय क्युसेक रहेको छ । पानीको बहाव बढ्दै गएपछि कोशी ब्यारेजको २९ वटा ढोका खोलिएको छ भने खतराको...

कृषिमन्त्रीको खुलासाः मैले देखाएको थिएँ प्रधानमन्त्रीलाई भारतीय दूतावासको पत्र

२०७६ असार २७ गते ११:२५

काठमाण्डु, २७ असार– कृषिमन्त्री चक्रपाणि खनालले भारतीय दूतावासले फलफूल तथा तरकारीमा विषादी परीक्षण नरोक्न पठाएको दबाबमुलक पत्र आफूले प्रधानमन्त्री केपी ओलीलाई देखाएको खुलासा गरेका छन् । प्रधानमन्त्री ओलीले पत्रबारे आफूलाई कसैले जानकारी नगराउँदा फसेको भन्दै क्षमा मागेको भोलिपल्ट मन्त्री खनालको यस्तो दाबी आएको हो...

आज हरिशयनी एकादशी, घरघरमा तुलसी सारिँदै

२०७६ असार २७ गते ११:२२

काठमाण्डु, २७ असार -आज हरिशयनी एकादशी, घरघरमा तुलसी सार्ने चलन छ । आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारेर विशेष पूजा शुरु गरिन्छ । एक महिनाअघि जेष्ठ शुक्ल एकादशीका दिनमा मोठमा राखिएको तुलसीको बिरुवा मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका...

पूर्वपश्चिम राजमार्ग अवरुद्ध

२०७६ असार २७ गते ९:०४

रौतहट, २७ असार भारी वर्षासँगै आएको बाढीका कारण पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । रौतहटको लाल बकैया नदी बन्जरहा बाँध फुटाएर सडक हुँदखै बस्ती पसेको छ । बाढीका कारण बन्जरहा, औरैया, बेलबिछ्वा, बडहरवासहित करिब आधा दर्जन बस्ती डुवानमा परेको प्रहरीले जनाएको छ । सडक...

१३ दिनको नवजात शिशु चोरेर सुटुक्क दिल्लीतिर

२०७६ असार २७ गते ८:५४

सुनसरी, २७ असार बुधबार मध्यरात १३ दिने नवजात शिशु चोरी भयो । त्यही पनि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रसूति कक्षबाटै । जब आमाले छोरो हराएको थाहा पाइन् तब हल्लीखल्ली मच्चियो । त्यसको तीन घण्टामै प्रहरीले अभियुक्तलाई नियन्त्रणमा लिई बच्चा आमाबुबाको जिम्मा लगाएको छ...

प्रधानमन्त्रीले आज मन्त्रीहरुलाई फेल पासको नम्बर दिने

२०७६ असार २७ गते ७:४६

भोजपुर २७ असार- धानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयगत कामको वार्षिक समीक्षा सुरु गरेका छन् । उनले नयाँ आर्थिक वर्षको बजेट पारित भइसकेको सन्दर्भमा चालु आर्थिक वर्षको मन्त्रालयगत कार्ययोजनाको प्रभावकारिता बुझ्न बिहीबार प्रगति विवरण लिएका छन् ।  प्रधानमन्त्री ओलीले ६ घण्टा बसेर १८ वटा मन्त्रालयको...

भोजपुर गोली काण्डः बोले फसिन्छ, नबोलेकै बेस !

२०७६ असार २७ गते ७:४०

भोजपुर २७ असार बुधबार बिहान आँखा उपचार केन्द्र भोजपुरका प्रमुख विजय तामाङ कार्यालय जाने तयारीमा थिए । त्यहीबेला उनले गोली पड्केको आवाज सुने । त्यसलगत्तै अलि पर सडकमा मान्छे ढलिरहेको देखियो । सो घटनाका कारण उनको घरका सबैजना त्राहिमाम देखिए ।  त्यसैबेला गोलीको अर्को...

आज भिषण पानी पर्ने, मौसमविदले भने- जिउ र बिउ जोगाउनूस्

२०७६ असार २७ गते ७:३५

काठमाण्डु, २७ असार- मौसम पूर्वानुमान महाशाखाले देशका २५ जिल्लामा साताभर मेघ गर्जनसहित पानी पर्ने भविष्यवाणी गरेको छ । सक्रियता बढाउँदै गएको मनसुनले देशभर आफ्नो फैलावट बढाइसकेको अवस्थामा २५ जिल्लामा बढी पानी पर्ने भविष्यवाणी गरेको हो । यो बेला खाद्यान्नका बीउ र मानिसको जीउ जोगाउन...

डुब्यो विराटनगर

२०७६ असार २७ गते ७:२४

विराटनगर, २७ असार- लगातारका वर्षाका कारण विराटनगरका अधिकांश क्षेत्र जलमग्न भएका छन् । कोशी अञ्चल अस्पताल डुबेको छ । सडकको पानी अस्पतालभित्र पस्दा औषधि पसलसहितका प्रशासनिक भवनसमेत नराम्रोसँग प्रभावित बनेका छन् । विराटनगरको दक्षिणी क्षेत्रका केही बस्तीमा पानीको सतह बढेपछि डुबानमा छन् भने बजार...

अयोग्य कम्पनीलाई सरकारले दियो मध्यरातमा पौने दुई अर्बको ठेक्का

२०७६ असार २७ गते ७:१८

काठमाण्डु, २७ असार एक लाख राष्ट्रिय परिचयपत्रसमेत समयमै छाप्न नसकेको फ्रान्सेली कम्पनीलाई सरकारले बिनाप्रतिस्पर्धा १६ मिलियन अमेरिकी डलर (पौने दुई अर्ब रुपैयाँ) को ठेक्का दिएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पन्जीकरण विभागले मध्यराति फ्रान्सेली कम्पनी आइडेमियासँग ठेक्का सम्झौता गरेको हो...

तीन मन्त्रीका पद धरापमा, को -को हुन् ?

२०७६ असार २७ गते ७:१३

काठमाण्डु, २७ असार- प्रधानमन्त्री केपी ओलीले विषादी प्रकरणमा भारतीय दूतावासको पत्रबारे मन्त्रालयहरुबाट बेलैमा जानकारी नगराइँदा आफू जनतासामू लज्जित हुनुपरेको बताएका छन् । त्यसबारे प्रधानमन्त्रीलाई जानकारी गराउनुपर्ने जिम्मेवार मन्त्रीहरु भने एकअर्कालाई आरोपित गर्दै पन्छिन खोजेका छन् । राजधानीमा बिहीबार आयोजित ‘संविधान कार्यान्वयन र प्रशासनिक पुनःसंरचना’...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us