भोजपुर गोली काण्डः बोले फसिन्छ, नबोलेकै बेस !

काठमाण्डु टुडे २०७६ असार २७ गते ७:४० मा प्रकाशित

भोजपुर २७ असार बुधबार बिहान आँखा उपचार केन्द्र भोजपुरका प्रमुख विजय तामाङ कार्यालय जाने तयारीमा थिए ।

त्यहीबेला उनले गोली पड्केको आवाज सुने । त्यसलगत्तै अलि पर सडकमा मान्छे ढलिरहेको देखियो । सो घटनाका कारण उनको घरका सबैजना त्राहिमाम देखिए ।  त्यसैबेला गोलीको अर्को आवाज सनियो । त्यसबारे विजय अझै खुलेर बताउन सक्दैनन् । उनी मात्र होइन, भोजपुर बजारवासी कोही पनि खुला ठाउँमा सुनेरदेखेका कुरा गर्दैनन्रगर्न चाहँदैनन् ।
प्र्रतिबन्धित नेकपा (विप्लव समूह) का कार्यकर्ता र प्रहरीबीच बुधबार भएको मुठभेडपछि सदरमुकाममा छाएको सन्नाटा कायमै छ ।  कसैले केही कुरा गर्न खोज्यो भने सदरमुकामवासी केही थाहा नभएको भन्दै तर्किन्छन् । ‘को विप्लव, को प्रहरी, चिन्न सकिँदैन,’ विजय भन्छन्, ‘बेकारमा फसिन्छ । बरु त्यो घटनाबारे नबोल्नु नै बेस ।’ नागरिक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us