पूर्वपश्चिम राजमार्ग अवरुद्ध

काठमाण्डु टुडे २०७६ असार २७ गते ९:०४ मा प्रकाशित

रौतहट, २७ असार भारी वर्षासँगै आएको बाढीका कारण पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

रौतहटको लाल बकैया नदी बन्जरहा बाँध फुटाएर सडक हुँदखै बस्ती पसेको छ । बाढीका कारण बन्जरहा, औरैया, बेलबिछ्वा, बडहरवासहित करिब आधा दर्जन बस्ती डुवानमा परेको प्रहरीले जनाएको छ । सडक अवरुद्ध भएपछि पूर्वबाट पश्चिम आउँदै गरेका र पूर्वतर्फ जाँदै गरेका सवारीको लामो लाइन लागेको छ । अवरोध खुलाउने प्रयास जारी रहे पनि वर्षातका कारण प्रभावित कठिनाई भएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us