कोशी र गण्डकीमा चट्याङसहित वर्षाको सम्भावना

२०८२ वैशाख १० गते ६:५९

काठमाण्डू, १० वैशाख– स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहे पनि आज देशभरको मौसम सफा रहने छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र गण्डकीमा भने केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । महाशाखाका अनुसार आज दिउँसो...

युएईका उपप्रधानमन्त्री काठमाण्डूमा, द्विपक्षीय वार्ता आजै

२०८२ वैशाख १० गते ६:५६

काठमाण्डू, १० वैशाख– संयुक्त अरब इमिरेट्स (युएई) का उपप्रधानमन्त्री तथा विदेशमन्त्री महामहिम शेख अब्दुल्लाह बिन जायेद अल नाह्यान नेपालको दुईदिने औपचारिक भ्रमणका लागि काठमाडौँ आएका छन् । मंगलबार साँझ काठमाण्डू आइपुगेका उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्‌सिंह भण्डारी, परराष्ट्र मन्त्रालयका...

भारतमा आतंकवादी हमला, एक नेपालीसहित २६ पर्यटकको मृत्यु

२०८२ वैशाख १० गते ५:१५

काठमाण्डू, १० वैशाख– भारतको जम्मु–कश्मिर क्षेत्रमा आतंकवादी समूहले गरेको सांघातिक आक्रमणमा एक नेपालीसहित कम्तिमा २६ विदेशी पर्यटकको मृत्यु भएको छ । मृत्यु हुने नेपालीको सनाखत हुन बाँकी छ । उक्त हमलामा परी धेरै गैरसैनिक सर्वसाधारण घाइते भएका भारतीय सञ्चार माध्यमले जनाएका छन् । घाइतेलाई...

गभर्नर चयन समिति सदस्यबाट भट्टराईको राजीनामा

२०८२ वैशाख ९ गते १९:१५

काठमाण्डू, ९ वैशाख– नेपाल राष्ट्र बैंकको गभर्नर चयनका लागि गठित सिफारिस समिति सदस्य पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएका छन् । एक महिना बित्दासमेत समिति बैठक नबसेपछि भट्टराईले मंगलबार राजीनामा दिएका हुन् । अर्थमन्त्री विष्णु पौडेलले अहिलेसम्म बैठक बोलाएका थिएनन् । भट्टराईले बैठक नै नबस्ने...

देशभरका केन्द्राध्यक्षलाई काठमाण्डू आउन शिक्षक महासंघको निर्देशन

२०८२ वैशाख ९ गते १९:०३

काठमाण्डू, ९ वैशाख– शिक्षकहरुको बहिस्कार गर्ने चेतावनीबीच सरकारले कक्षा १२ को परीक्षा पूर्वनिर्धारित मितिमै गराउने तयारी गरेपछि आन्दोलनरत शिक्षकहरुको संस्था शिक्षक महासंघ थप कडा रुपमा प्रस्तुत हुने संकेत देखिएको छ । महासंघले परीक्षा बहिष्कारको घोषणा गर्दै सम्पूर्ण नेतृत्वसहित काठमाण्डू केन्द्रित जारी आन्दोलनमा जुट्न आह्वान...

नेप्से परिसूचकमा गिरावट, कारोबार रकम समेत घट्यो

२०८२ वैशाख ९ गते १८:५३

काठमाण्डू, ९ वैशाख– मंगलबार पनि शेयर बजारमा गिरावट आएको छ । नेप्से परिसूचक ९.९६ अंकले घट्दै २६८८.३२ विन्दुमा झरेको छ। परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन सोमबार ८ अर्ब ७७ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा मंगलबार ८ अर्ब ३२ करोड रुपैयाँको...

ज्ञानेन्द्रले आफ्नो मान्छे नभएको बताएपछि पूर्वपञ्च सुवेदी नजरबन्द मुक्त

२०८२ वैशाख ९ गते १८:४३

काठमाण्डू, ९ वैशाख– पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा राजसंस्था पुनर्स्थापनाका लागि गठित जनआन्दोलन समिति संयोजक पूर्वपञ्च नवराज सुवेदी नजरबन्द मुक्त भएका छन् । सरकारले सुवेदीको घरबाहिर परिचालित प्रहरी मंगलबारबाट हटाएपछि उनी नजरबन्द मुक्त भएका हुन् । प्रहरीले भने नजरबन्दमा राखिएको नभई सुवेदीकै सुरक्षाका लागि घरबाहिर प्रहरी...

पूर्वराजा शाहलाई मुर्खको संज्ञा दिँदै ओलीले भनेः चारजना गुण्डा उतारेर आगो लगाउँदैमा फर्किन्छु भन्ने नसोच्नु

२०८२ वैशाख ९ गते १८:१४

काठमाण्डू, ९ वैशाख–प्रधानमन्त्री केपी ओली पूर्वराजा ज्ञानेन्द्रप्रति कडा रुपमा प्रस्तुत भएका छन् । ७६औं नेकपा स्थापना दिवसका अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा ओलीले पूर्वराजाबारे कठोर टिप्पणी गरे । पैसामा खरद गरेका चारजना गुण्डा सहरमा उतारेर आगो लगाउन र मान्छे मार्न लगाएर राजतन्त्र फर्काउँछु भन्ने...

रवि लामिछानेलाई थुनेको विषयमा कारण देखाउ आदेश

२०८२ वैशाख ९ गते १७:५९

काठमाण्डू, ९ वैशाख– सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न माग गर्दै दायर बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले मंगलबार कारण देखाऊ आदेश जारी गरेको हो । लामिछाने पत्नी निकिता...

शिक्षामन्त्रीको राजीनामाबारे बोले प्रचण्ड

२०८२ वैशाख ९ गते १७:४९

काठमाण्डू, ९ वैशाख– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्दोलन नछाड्न शिक्षकहरुलाई आग्रह गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीको ७६औं स्थापना दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा उनले पटकपटक धोका भएकाले शिक्षकहरुको आन्दोलनले निकास नपाएसम्म निरन्तरता पाउनुपर्ने बताएका हुन् । उनले शिक्षकका जायज मागबारे सकार...

विद्या भण्डारीलाई ओलीको जवाफः म अझै २५ वर्ष बुढो हुन्न, स्वास्थ्यको पनि चिन्ता नगर्नु

२०८२ वैशाख ९ गते १७:३७

काठमाण्डू, ९ वैशाख– प्रधानमन्त्री केपी ओलीले आफू अझै बुढो नभएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीको ७६औं स्थापना दिवसका अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा ओलीले आफू अब २५ वर्षपछि मात्र बुढो हुने दाबी गरे । यस्तै उनले आफ्नो स्वास्थ्य अवस्थालाई लिएर चिन्ता व्यक्त नगर्न...

विद्या भट्टराईको राजीनामाबारे बोले ओली

२०८२ वैशाख ९ गते १६:२६

काठमाण्डू, ९ वैशाख–प्रधानमन्त्री केपी ओलीले शिक्षामन्त्री विद्या भट्टराईको राजीनामाबारे सार्वजनिक रुपमा प्रष्टीकरण दिएका छन् । नेपाल कम्युनिष्ट पार्टीको ७६औं स्थापना दिवसका अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा ओलीले भट्टराईले स्वास्थ्यका कारण राजीनामा दिएको दाबी गरे । शिक्षक आन्दोलनका एजेण्डा सम्बोधनका लागि आफूले अघि सारेको ७...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us