भारतमा आतंकवादी हमला, एक नेपालीसहित २६ पर्यटकको मृत्यु

काठमाण्डु टुडे २०८२ वैशाख १० गते ५:१५ मा प्रकाशित

काठमाण्डू, १० वैशाख– भारतको जम्मु–कश्मिर क्षेत्रमा आतंकवादी समूहले गरेको सांघातिक आक्रमणमा एक नेपालीसहित कम्तिमा २६ विदेशी पर्यटकको मृत्यु भएको छ ।

मृत्यु हुने नेपालीको सनाखत हुन बाँकी छ । उक्त हमलामा परी धेरै गैरसैनिक सर्वसाधारण घाइते भएका भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

घाइतेलाई उपचारका लागि अनन्तनागस्थित सरकारी मेडिकल कलेजमा भर्ना गरिएको छ ।

जम्मु–कश्मिरका स्वास्थ्यमन्त्री सकिना इटुले उपचाररत घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको बताए ।

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनालाई आतंकवादी हमलाको संज्ञा दिएका छन् । हमलामा संलग्नलाई नछाड्ने चेतावनी उनको छ ।
जम्मु–कश्मिरका मुख्यमन्त्री उमर अब्दुल्लाहले हमलाको निन्दा गरेका छन् । उनले आक्रमणलाई आमनागरिकविरुद्धको अपराधको संज्ञा दिए । ‘यो आतंकवादी हमला हो । यसबाट म स्तब्ध छु । आगन्तुकहरूमाथि भएको यो आक्रमण निन्दनीय छ’, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

हरियाली घासे मैदान र तालहरु भएको भएको पहलगाम क्षेत्र स्वदेशी तथा विदेशी पर्यटकका लागि आकर्षक गन्तव्य मानिन्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us