कञ्चनपुर, १७ वैशाख– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीको ‘जनतासँग माओवादी तराई(मधेश जागरण अभियान’ माओवादीको मात्र नभएर राष्ट्रिय अभियानको रूपमा परिभाषित गरेका छन् । बुधबार कञ्चनपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले यो अभियानको प्रभावलाई अझ विस्तार गर्ने बताए । ‘यो अब केवल माओवादीको...
काठमाण्डू, १७ वैशाख– बुधबार नेपाल भ्रमणमा आएका भारतीय जनता पार्टी (भाजपा) विदेश विभाग प्रमुख विजय चौथाइवालेले उच्चस्तरीय राजनीतिक भेटवार्ता थालेका छन् । उनले बुधबार काठमाण्डू उत्रिएलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नीसमेत रहेकी परराष्ट्रमन्त्री आरजु राणासँग बुढानीलकण्ठस्थित देउवा निवासमा भेटवार्ता गरेका छन् ।...
काठमाण्डू, १७ वैशाख– विद्यालय शिक्षा ऐन शीघ्र जारी गर्नुपर्ने मागसहित आन्दोलनरत शिक्षकहरू र सरकारबीच अन्ततः सहमति जुटेको छ । शिक्षा मन्त्रालयमा भएको वार्तापछि शिक्षक महासंघ र सरकारबीच सात बुँदामा समझदारी बनेको हो। यद्यपि, सहमतिका केही बुँदाहरू कार्यान्वयनमा लैजान मन्त्रिपरिषद्को स्वीकृति आवश्यक पर्ने भएकाले सम्झौताको...
काठमाण्डू, १७ वैशाख– आर्थिक वर्ष २०८१/८२ मा नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) ६१ खर्ब ७ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार राजधानीमा आयोजना गरेको कार्यक्रममा सार्वजनिक गरेको प्रारम्भिक राष्ट्रिय लेखा अनुमानअनुसार, गत वर्षको तुलनामा देशको अर्थतन्त्रमा उल्लेखनीय विस्तार हुने...
काठमाण्डू, १७ वैशाख– गभर्नर नियुक्तिमा तोकिएको ६५ वर्षको उमेर सीमा हटाउने सरकारको निर्णय कार्यान्वयनमा सर्वोच्च अदालतले अस्थायी रुपमा लगाएको रोकलाई निरन्तरता दिएको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासले बुधबार यसअघि गत २ वैशाखमा जारी अन्तरिम आदेशलाई यथावत् राख्ने निर्णय गरेको...
काठमाण्डू, १७ वैशाख– कांग्रेस सांसद् खमबहादुर गर्बुजा ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीको सिफारिसमा बुधबार गर्बुजालाई राज्यमन्त्री नियुक्त गरेका हुन् । म्याग्दीबाट निर्वाचित कांग्रेस सांसद् श्रेष्ठ सभापति शेरबहादुर देउवानिकट हुन् । उनी काँग्रेसको म्याग्दी जिल्ला...
काठमाण्डू, १७ वैशाख– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पूर्व प्रधानमन्त्री माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले मुलुकको आर्थिक, सामाजिकलगायत क्षेत्रमा सुधारका लागि आज मागपत्र बुझाएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेटेर अध्यक्ष माधवकुमार नेपालसहितका पदाधिाकारीले मागपत्र बुझाएका हुन्। मागपत्रमा...
काठमाण्डू, १७ वैशाख– वैदेशिक रोजगार विभागको महानिर्देशकमा कमल प्रसाद भट्टराईलाई पठाइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको महानिर्देशकको रूपमा कार्यरत भट्टराईलाई विभागको महानिर्देशकमा पठाएको हो। श्रम मन्त्रालयले सुर्यबहादुर खत्रीको सरुवा गरेर मन्त्रालयमा फिर्ता बोलाएको थियो । उनको...
काठमाण्डू, १७ वैशाख– चालु आर्थिक वर्ष ०८१–८२ मा नेपालको आर्थिक वृद्धि ४.६१ प्रतिशतले हुने सरकारले प्रक्षेपण गरेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार राष्ट्रिय लेखा तथ्याङ्कको अनुमान सार्वजनिक गर्दै यस्तो प्रारम्भिक अनुमान गरेको हो । आर्थिक वर्ष २०८०र८१ मा आर्थिक वृद्धिदर ३.६७ प्रतिशत रहेको...
काठमाण्डू, १७ वैशाख– ‘फेक पत्र’को आधारमा पक्राउ परेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा भएका छन् । कारागार कार्यालय डिल्लीबजारका जेलर बाबुराम अर्यालले चौधरीलाई रिहा गरिएको जानकारी दिएका छन । सर्वोच्च अदालतका कर्मचारीले कारागार कार्यालय डिल्लीबजारलाई पठाएको ‘फेक पत्र’का आधारमा उनी बुधबार दिउँसो...
काठमाण्डू, १७ वैशाख– प्रहरीले काठमाण्डूको टोखा नगरपालिका–७ बानियाटारमा मंगलबार कुकुरलाई लठ्ठीले प्रहार गरी क्रुरतापूर्वक हत्या गर्ने एक जनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाण्डूको टोखा नगरपालिका–७ बस्ने अंकित भुजेल रहेको प्रहरीले जानकारी दिएको छ । आफूलाई र अन्य केही व्यक्तिलाई टोकेको आरोपमा भुजेलले...
काठमाण्डू, १७ वैशाख– नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न जारी भएको पत्र आधिकारिक नभएको सर्वोच्च अदालतले जानकारी दिएको छ । आन्तरिक छानबिनपछि त्यो पत्र कार्यान्वयन नगर्न भन्दै कारागार प्रशासन र प्रहरीलाई अर्को पत्र पठाइएको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिएका छन...