कान्छारामको ठाउँमा खमबहादुर ऊर्जाराज्यमन्त्री नियुक्त

काठमाण्डु टुडे २०८२ वैशाख १७ गते १९:४४ मा प्रकाशित

काठमाण्डू, १७ वैशाख– कांग्रेस सांसद् खमबहादुर गर्बुजा ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा नियुक्त भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीको सिफारिसमा बुधबार गर्बुजालाई राज्यमन्त्री नियुक्त गरेका हुन् ।

म्याग्दीबाट निर्वाचित कांग्रेस सांसद् श्रेष्ठ सभापति शेरबहादुर देउवानिकट हुन् । उनी काँग्रेसको म्याग्दी जिल्ला सभापति पनि हुन् ।
यसअघि रामेछापबाट निर्वाचित काँग्रेस सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ऊर्जाराज्यमन्त्री थिए ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई बर्खास्त गर्ने र डेडिकेटेड र ट्रंक लाइन बापतको बक्यौता महसुल नउठाउन दबाब दिने प्रधानमन्त्री केपी ओली र ऊर्जामन्त्री दीपक खड्काविरुद्ध तामाङले सार्वजनिक रुपमा बोल्दै आएका थिए ।

आफूविरुद्ध बोलेकामा माफी माग्न इन्कार गरेको भन्दै ओलीले गत साता तामाङलाई बर्खास्त गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us