
काठमाण्डू, १७ वैशाख– नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न जारी भएको पत्र आधिकारिक नभएको सर्वोच्च अदालतले जानकारी दिएको छ ।
आन्तरिक छानबिनपछि त्यो पत्र कार्यान्वयन नगर्न भन्दै कारागार प्रशासन र प्रहरीलाई अर्को पत्र पठाइएको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिएका छन ।
उनले भने, ‘मुद्दा विचाराधीन भएकै अवस्थामा पत्र जारी भएको देखियो, ‘त्यसैले त्यो पत्र कार्यान्वयन नगर्नू भनी अर्को पत्र पठाइएको हो ।’ के कसरी पत्र जारी भएको भन्नेबारे सर्वोच्च अदालतले आन्तरिक अध्ययन सुरु गरेको उनले जानकारी दिएका छन ।