अत्यावश्यक औषधिहरु नेपालमै उत्पादन गर्नुपर्छ: स्वास्थ्यमन्त्री गिरी

२०७९ माघ १७ गते १६:४२

काठमाण्डु, १७ माघ– स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले अत्यावश्यक औषधिहरु नेपालमै उत्पादन गर्नुपर्ने बताएका छन । आज (मंगलबार) औषधि व्यवस्था विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । उनले भने,‘यो विभागले प्रभावकारी काम गर्न सक्दा देशका नागरिकहरुको स्वास्थ्य स्थिती पनि राम्रो भएर...

गृह मन्त्रालयका कारण यो गठबन्धन नटुटोस् भन्ने मेरो कोसिस छ: प्रधानमन्त्री प्रचण्ड

२०७९ माघ १७ गते १६:३२

काठमाण्डु, १७ माघ– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृह मन्त्रालयका कारण गठबन्धन टुट्न नदिने बताएका छन । राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रालय आफूले नपाए सरकार छोड्ने चेतावनी दिएको छ । माओवादी केन्द्रको पदाधिकारी बैठकबाट निस्कदै गर्दा सञ्चारकर्मीले प्रधानमन्त्री प्रचण्डलाई यसबारे जिज्ञासा...

झापाबाट लागुऔषधसहित एक युवक पक्राउ

२०७९ माघ १७ गते १६:१४

झापा, १७ माघ– प्रहरीले भारतबाट ल्याउँदै गरेको लागुऔषधसहित झापामा एक युवक पक्राउ गरेको छ । पक्राउ पर्नेमा भद्रपुर–१० आदर्श टोल बस्ने ३२ वर्षीय सन्तोष विश्वकर्मा रहेका छन । सोमबार राति भद्रपुर–५ मेचीपुलमा प्रहरी बिट मेचीपुलबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ साइकलमा आउँदै गरेको...

नेपालले पिउने पानी निर्यात गर्नुपर्छ: अब्दुल खाँ

२०७९ माघ १७ गते १५:५१

काठमाण्डु,१७ माघ– खानेपानी मन्त्री अब्दुल खाँले नेपालले पिउने पानी निर्यात गर्नुपर्ने बताएका छन । पश्चिम नवलपरासीको बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निरीक्षणका क्रममा उनले यस्तो बताएका हुन । उनले पेट्रोलियम पदार्थ जसरी आयात हुन्छ त्यसैगरी जलश्रोतमा विश्वकै दोस्रो धनी मुलुक नेपालले पानी निर्यात...

बजारमा अहिले औषधिहरू जथाभाबी बेच्ने काम भइरहेको छ: राज्यमन्त्री कार्की

२०७९ माघ १७ गते १५:३९

काठमाण्डु,१७ माघ– स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा तोषिमा कार्कीले सामाजिक सञ्जालबाट आफ्नै ढंगले प्रचार गरी बजारमा विभिन्न खालका औषधिहरुको बिक्री भइरहेको बताएकी छन । उनले बजारमा विभिन्न खालका औषधिहरुको बिक्री भइरहेको भन्दै नियममन गर्ने संयन्त्र बनाउन आवश्यक रहेको पनि बताएकी छन् । मंगलवार औषधि...

रवि लामिछानेको नागरिकतासम्बन्धी फैसलाको पूर्णपाठ नआउँदासम्म गृह मन्त्रालयबारे निर्णय लिन्नँ: प्रधानमन्त्री प्रचण्ड

२०७९ माघ १७ गते १५:२१

काठमाण्डु,१७ माघ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको सर्वोच्च अदालतबाट फैसलाको पूर्ण पाठ नआएसम्म गृह मन्त्रालयको नेतृत्वबारे कुनै निर्णय नगर्ने बताएका छन् । आज (मंगलबार) पार्टीको स्थायी कमिटी बैठकमा उनले यस्तो बताएका हुन । उनले गृह मन्त्रालयबारे...

गृह मन्त्रालय नपाउँदैमा सरकारबाट बाहिरिने भन्ने हल्ला सत्य होइन: सहमहामन्त्री बुर्लाकोटी

२०७९ माघ १७ गते १४:५६

काठमाण्डु,१७ माघ– राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले गृह मन्त्रालय आफूहरुले नै पाउनुपर्ने बताएका छन । गृह मन्त्रालयमा सभापति रवि लामिछानेलाई नै पठाउने वा अरु कसैलाई पठाउने भन्ने विषयमा छलफल भइरहेको उनले बताएका छन । उनले भने, ‘सभापतिलाई गृहमन्त्रीको रुपमा पठाउँदा के सजिलोरअप्ठेरो हुन्छ...

११ किलो चरेशसहित चार जना पक्राउ

२०७९ माघ १७ गते १४:४६

काठमाण्डु,१७ माघ– प्रहरीले कैलालीबाट ११ किलो ९०० ग्राम लागुऔषध चरेशसहित चार जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–३ चटकपुरमा गौरीशंकर अल्लो कपडा उद्योगका सञ्चालक ३४ वर्षीय नरेन्द्र सिंह धामी, सोही ठाउँका २० वर्षीय रुकुम सिंह धामी, बझाङ्गको केदारस्यु गाउँपालिका ७ बस्ने ४२...

नोटबन्दी गरी अनौपचारीक क्षेत्रमा रहेको पैसा अर्थतन्त्रको मुलधारमा ल्याउन एकीकृत समाजवादीको माग

२०७९ माघ १७ गते १४:०१

काठमाण्डु,१७ माघ– नेकपा एकीकृत समाजवादी पार्टीले देशको आर्थिक संकट समाधान गर्न भन्दै सरकारलाई २० बुँदे ज्ञापन पत्र बुझाएको छ । एकीकृत समाजवादीले नोटबन्दी गरी अनौपचारीक क्षेत्रमा रहेको वा लुकाइएको पैसा अर्थतन्त्रको मुलधारमा ल्याउनुपर्ने सुझाब दिएको छ । अनौपचारिक क्षेत्रमा रहेको वा लुकाइएको रकम अर्थतन्त्रको...

ज्ञानेन्द्र शाहीविरुद्ध नाराबाजी गर्ने राप्रपा नेपालका उपाध्यक्ष तामाङ पक्राउ

२०७९ माघ १७ गते १३:४५

काठमाण्डु,१७ माघ– प्रहरीले राप्रपा नेपालका उपाध्यक्ष लाक्पा तामाङलाई पक्राउ गरेको छ । प्रतिनिधिसभाका सांसद ज्ञानेन्द्र शाहीकोविरुद्धमा सिंहदरबारस्थित दक्षिण गेटमा उनले नाराबाजी गरेपछि प्रहरीले पक्राउ गरीएको प्रहरीले बताएको छ । उनलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । उनले शाहीलाई बुझाउन भनि साथमा लगेको भ्रष्टाचार सम्बन्धी...

गृह मन्त्रालय नपाए सरकार छाड्ने राष्ट्रिय स्वतन्त्र पार्टीको तयारी

२०७९ माघ १७ गते १३:२९

काठमाण्डु,१७ माघ–राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्री आफूले पाउनुपर्ने अडान दोहोर्‍याएको छ । आज बिहान राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बालुवाटारमा गएर नेकपा (माओवादी केन्द्रका) अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर गृह मन्त्रालयको नेतृत्व आफ्नो पार्टीलाई दिन माग राखेका छन । राष्ट्रिय स्वतन्त्र पार्टीको...

आमसञ्चार प्रतिष्ठान स्थापना गर्न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री प्रचण्ड

२०७९ माघ १७ गते १२:५३

काठमाण्डु,१७ माघ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सञ्चारकर्मीहरूको सीप र दक्षता अभिवृद्धि र अध्यवाधिक गर्न एवम् उच्चतम व्यवसायीक अभ्यासका लागि प्रेरित गर्न आमसञ्चार प्रतिष्ठान स्थापना गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन । आज (मङ्गलवार) नेपाल टेलिभिजनको ३८ औँ वार्षिकोत्सवका अवसरमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us