प्रकाश सपुतको नयाँ गीत ‘सकम्बरी’ डिशहोम गो एपमा एक्सक्लुसिभ रिलिज हुँदै

काठमाण्डु टुडे २०७९ चैत २६ गते १६:०२ मा प्रकाशित

काठमाण्डु ,२६ चैत -प्रकाश सपुतको नयाँ गीत सकम्वरी अन्य सवै माध्यम भन्दा पहिला डिशहोम गो एपले एक्सक्लुसिभ रिलिज गर्ने भएको छ ।

यहि चैत २८ देखी डिशहोम गो एप मार्फत प्रकाश सपुतका फ्यानहरुले सकम्बरी हेर्न सक्नेछन् । डिशहोम गो प्ले स्टोर र एप स्टोर बाट डाउनलोड गरेर प्रयोग गर्न सकिन्छ ।

यदी डिशहोम गो एप पहिलो पटक डाउनलोड गरेर प्रयोगगर्दै हुनुहुन्छ भने, सबै ईन्फरमेसन भरी रजिस्टर गरेमा डिशहोमले ३ महिना सम्म निशुल्क हेर्न सक्ने सुविधादिएको छ ।

डिश होमको यस एपमा लाईभ टि.भी.लगाएत विभिन्न भिडियो कन्टेन्टहरु (चलचित्र, सिरिज, रियालिटी सो सर्ट फिल्म, डकुमेन्ट्री) को समेत मज्जा लिन सकिन्छ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us