एमाले सरकार नभएसम्म देश विकास हुँदैन : ओली

काठमाण्डु टुडे २०७९ चैत २६ गते १६:४३ मा प्रकाशित

काठमाण्डु, २६ चैत -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको सरकार नभएसम्म देशको विकास नहुने बताएका छन् ।

धादिङको रुवी भ्याली गाउँपालिकामा मिसन ग्रासरुट अभियान अन्तर्गत आइतबार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एमालेलेमात्रै देश विकास गर्ने बतायका हुन ।

‘कार्यक्रमा बोल्दै उनले भने एमालेको सरकार नबनीकन यो देश बन्दैन, यो देशमा विकास हुन सक्दैन’, एमालेको सरकार बाह्य तत्वहरुले जोडजाड गरेर नभई जनताले नै बनाउने छन।

उनले एमालेको सरकार बनाउन अरु सबै एकातिर भएपनि एमाले वडा पालिका हुँदै सबैतिर एमालेको बहुमत हुनुपर्ने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us