रौतहटमा भीषण आगलागी,नियन्त्रणको प्रयास जारी

काठमाण्डु टुडे २०७९ चैत २६ गते १७:०४ मा प्रकाशित

काठमाण्डु ,२६ चैत -रौतहटको माधव नारायण नगरपालिका–४ विशुनपूर्वा मानपुरमा भीषण आगलागी भएको छ।

आगलागीमा परेर २१ भन्दा बढी घर जलेर नष्ट भएको छ ।माधवनारायण नगरपालिकाको वडा नं। ४ विसुनपुर्वा मानपुरमा आगलागी भएको हो । आइतबार दिउँसो २ बजे स्थानिय जिउत मुखियाको घरबाट सल्कीएको आगोले बस्तीका २१ घर जलेर नष्ट भएको छ ।

मुखियाको घरमा खाजा बनाउन चुलो बालेका बेला घरमा आगो लागेको थियो । तीव्र हावाको बेगका कारण क्षणभरमै उनको घरबाट छिमेकीको घरमा आगो सल्किदै बस्तीमा पुगेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले बताय ।

आगो नियन्त्रणमा लिन स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा चन्द्रपुर र गौर नगरपालिकाको वारुणयन्त्र परिचालन गरिएको छ ।

आगलागीका कारण मानविय क्षति अहिलेसम्म नभएको तथा सुरक्षाकर्मी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको र क्षतिको विस्तृत विवरण अझै आइसकेको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us