राष्ट्रपतिको प्रेस सल्लाहकारमा किरण पोखरेल नियुक्त

काठमाण्डु टुडे २०७९ चैत २६ गते १४:२७ मा प्रकाशित

काठमाण्डु ,२६ चैत- राष्ट्रपति रामचन्द्र पौडेलको प्रेस सल्लाहकारमा पत्रकार किरण पोखरेललाई नियुक्त गरेका छन् ।

नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष पोखरेललाई राष्ट्रपति पौडेलले आइतबार प्रेस सल्लाहकारमा नियुक्त गरेका हुन् ।

खोटाङका पोखरेल सूचना आयोगका पूर्वआयुक्त समेत हुन् । राष्ट्रपति पौडेलले प्रेस संयोजकका रुपमा यसअघि खिला कार्कीलाई नियुक्त गरिसकेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us